२०७७ कार्तिक १५, शनिबार

सिम्ता गाउँपालिकाले सोलार बाँड्यो

सुर्खेत । पुर्वि सुर्खेतको सिम्ता गाउँपालिकाले ९६ घरपरिवारलाई निशुल्क सोलार वितरण गरेको छ । गाउँपालिकाले अघि सारेको सिम्ता उज्यालो कार्यक्रम अन्तर्गत ९६ घरपरिवारलाई सोलार वितरण गरिएको हो । गाउँपालिकाका वडा नं. ६ राकममा १६ घरपरिवारलाई र अन्य वडामा १० घर परिवारका दरले ९ वटा वडामा गरी जम्मा ९६ घरपरिवारलाई सोलार वितरण गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जनक हमालले जानकारी दिए ।

गाउँपालिकाका दलित तथा अति विपन्न परिवारलाई उज्यालो दिन सोलार वितरण गरिएको सिम्ता गाउँपालिका सुर्खेतका प्रमुख कविन्द्र कुमार केसीले जानकारी दिए । सिम्ता उज्यालो, सवै वडामा पहुँचमार्ग र जनतासंग सिम्ता गाउँपालिका तीन वटा लक्ष्य लिएको सिम्ता गाउँपालिकाले सबै वडामा विद्युत लाइन विस्तारको काम पनि संगै अगाडि बढाएको उनले गरे । सिम्ता गाउँपालिका उपप्रमुख चन्द्रकला शाहीले सिम्ता उज्यालो गराउन गरिव, दलित तथा विपन्नलाई सोलार वितरण गरिएको बताइन ।सोलार प्राप्त गरेपछि स्थानीयले हर्षित हुँदै उज्यालोको सपना पूरा भएको प्रतिक्रिया दिएका छन् ।