२०७७ कार्तिक ४, मंगलवार

विज्ञानमा स्नातकोत्तर गरेका सुकदेव जम्दै संगीतमा

तपाईलाई लाग्ला विज्ञान विषयमा स्नातकोत्तर गरेका कोही व्यक्ति पुरै समय संगीतमा कसरी लाग्न सक्छ भनेर तर कर्णालीमा एक त्यस्ता व्यक्ति छन्, घर परिवारले नचहाँदा नचाहँदै विज्ञानमा स्नातकोत्तर गरेर संगीतमा नै रमाएका छन् ।

सुर्खेतको लेकबेशी–४, दशरथपुरमा जन्मिएका सुकदेव अधिकारी यतिबेला राजधानीमा गीत संगितको धुनमा मस्त रमाइरहेका छन् ।

तत्कालिन नेकपा माओवादीको अवलचिंग सांस्कृतिक परिवारबाट प्रगतिशिल गीत गाउँदै संगित यात्रामा हाम्फालेका अधिकारीले दर्जनौं गीत गाउँदै खयाती कमाइसकेका छन् भने सयौं स्टेज कार्यक्रममा आफ्ना प्रसतुति राखिसकेका छन् ।

‘क्याम्पस अध्ययन गर्दै गर्दामलाई यो क्ष्षेत्रमा ल्याउन स्व चेतन पुरीले महत्वपूर्ण भूमिका खेल्नु भएको थियो ।’ उनी भन्छन्, ‘उतीबेला म लोकदोहोरी प्रतिष्ठानमा आवद्ध भएँ । २०६८ तीर खेलौं दोहोरी टिभी कार्यक्रम नै मेरोलागि डेब्यु बनेको थियो ।’

२०५९ मा उनको प्रगतिशिल गीत ‘सब हामी एकजुट भई उठौं दलितका निम्ती लडनलाई’ भन्ने बोलो गीत उतिबेला अत्यन्तै चर्चामा आयो ।

 

त्यसपछि ‘विश्वासघाती’, गुराँस फुल्ने बन, ठूलो भो शीरको फुल लगायतका गीत उनका बजारमा आए । ‘सिस्ने हिमाल’ बोलको गीतले उनलाई संगीत क्षेत्रमा स्थापित नै गराइदियो ।

 

सन्देश मुलक गीत ‘वृद्धाश्रम’, लोकदोहोरी गीत ‘कल्ले बोलायो’ चर्चित गीत हुन अधिकारीका ।

उनी प्रगतिशिल गीत र व्यवसायिक गीतमा धेरै फरक हुने गरेको बताउँछन्, ।‘प्रगतिशिल गीतहरु समाज रुपान्तरणका पक्षमा, समाजमा रहेका गलत संसकारका विरद्धमा, जनचेतना अभिवृद्धिकालागि गाइने गरिन्छ ।

अर्थात विना कुनै स्वार्थ यस्ता गीतहरु गाईन्छ ।’ उनले भने, ‘तर व्यवसायिक गीतले बाँच्न सिकाउँछ ।

 

परिवार पाल्न सहयोग गर्छ ।’ उनी गीत संगितबाट बाँच्न कुनै गाहे नभएको बताउँछन्, ‘संघर्ष गर्नुपर्छ, जम्न सजिलो छ ।’ उनी भन्छ्, ‘मैले काठमाडौंमा गीत संगितकै कमाइबाट परिवार पालेको छु । गाउामा बुवा आमालाई खर्च दिने गरेको छु ।’ उनले भोलीका लागि मेहनत गरिरहेको बताए ।

‘म अहिलेसम्म नेपालका पय जिल्लामा हुने सांगितिक कार्यक्रममा सहभागि भइरहेको छु ।’ उनी भन्छन्, ‘कर्णालीका सबै जिल्लामा मेरो प्राय उपस्थिति रहन्छ ।’ पछिल्लो समयमा युट्युवका कारण कलाकारलाई नोक्सान भइरहेको बताउँछन् । ‘गीत चलेपछि केहि कलाकारले मात्रै रोयल्टी पाउने गरेका छन् ।’ उनी भन्छन्, ‘जो लगानीकर्ता हो उसलाई कहिल्यै पनि फाइदा नहुने अवस्था सिर्जना गरेको छ ।’ उनले लगानीकर्ता बचाउन राज्यले नै निश्चित मापदण्ड बनाउनुपर्नेमा जोड दिन्छन्, ‘सरकारले लगानीकर्ता तथा कलाकारलाई रोयल्टी दिने गरी कानून बनाउन जरुरी छ ।’ उनले भने, ‘जबसम्म राज्यले यस्तो नीति बनाउँदैन तबसम्म गीत संगित क्षेत्रको समुचित विकास हुन सक्दैन ।’

आमा बुवाको सपना लत्याएँ

गायक अधिकारीले आमा बुवाको सपना लत्याएको बताए । ‘विज्ञान अध्ययन गरेर छोरा जागिर गर्ला भन्ने सपना बुवाआमाको थियो ।’ उनी भन्छ्, ‘तर मेरो चाहना कला क्षेत्रमा भएका कारण उहाँहरुको अहिलेपनि चित्त दुखाइ जारी नै छ ।’ आफुले कला क्षेत्रमा पनि रामे भविष्य छ, म रामे काम गरिरहेको छु भन्ने कुरा बुवाआमालाई अहिलेसम्म बुझाउन नसकेको उनको भनाई थियो । यद्यपी आफु यसक्षेत्रमा सन्तुष्ट रहेको उनको भनाई थियो ।

बाँसुरीको सहयोगले बाँचेका सुकदेव

कुरा २०६५ सालको हो । उतीबेला विद्यालयबाट घर फर्कने बेलामा कागते खोला पर्दथ्यो ।कागते खोलामा पानी ट्यांकी थियो । त्यहाँ सबैजना पौडी खेल्ने गर्दथे तर सुकदेवलाई भने आउँदैनथ्यो । उनी छेउमा बसेर हेरिहेका थिए । उनका साथीले उनलाई हुत्याइदिए । उनले पानी धेरै खाए । तर उनीसँगै रहेका अन्य साथीले बाँसुरीको सहायतामा उनलाई ट्यांकबिाट माथि निकाले उनी बाँचे ।

२०६८ ती पनि उनको जीन्दगीमा सर्प धन्नै काल बनेको थियो । तीज कार्यक्रममा उनीसहित उनका दाजुभाइहरु जाने गर्थे । रातीको समयमा उनीहरु तीज गीत गाउन भन्दै गाउामा जाने गर्थे । तीज गीत गाएर फर्किंदा उनलाई सर्पले टोक्यो । धन्न उनका बुवा बैद्य भएका कारण ज्यान बचाउन सजिलो भयो । ‘उतिबेला गाउामा नै जडिबुटी गर्ने गरेका कारण मेरो ज्यान जोगियो ।’ उनी भन्छन, ‘त्यसपछि राती तीज गीतमा गाउँन जान कम गरें ।’

कलाकारलाई अवसर चाहियो

पछिल्लो समयमा गैर कलाकारले सर्ट मुभिहरु बनाइरहेको, डकुमेन्ट्रीहरु बनाइरहेकोले कलाकारलाई समस्या भएको बताए । ‘वास्तवमा स्थानीय तथा प्रादेशिक सरकारले कला र गला भएका युवाहरुको पहिचान गरेर उनीहरुलाई काममा लगाउनुपर्ने थियो ।’ उनी भन्छन्, ‘तर अहिले भनसुनका आधारमा कामहरु गैर कलाकारलाई दिने गरिएको छ । यसले कलाकारलाई निराश बनाएको मैले महसुस गरेको छु ।’ उनले राज्यले नै यसलाई रोकथाम गर्न आवश्यक नीति बनाउनुपर्ने सुझाव दिए । ‘राज्यले नै कला क्षेत्रमा लागेकालाई उपयुक्त अवसर प्रदान गर्न जरुरी छ ।’ उनी भन्छन्, ‘कलाकार देशका गहना हुन भन्ने तर व्यवहारमा राज्यले केहि नगर्ने परिपाटीको अन्तय गर्नुपर्छ ।’ उनले साहित्य क्षेत्रमा पनि राज्यले लगानी बढाउनुपर्ने बताउँछन् ।