२०७७ कार्तिक ४, मंगलवार

सामाजिक सेवा दिवसका अवसरमा प्रदेश अस्पतालका विरामिहरूलाई फलफुल वितरण (फोटोफिचर)

सुर्खेत । सामाजिक सेवा दिवसका अवसरमा आज कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रभातफेरी कार्यक्रम गरिएको छ । संगसंगै प्रदेश अस्पतालका विरामिहरूलाई फलफुल वितरण पनि गरिएको छ ।

बिहान ठिक ७ बजे मंगलगडीचाैकबाट प्रभातफेरि कार्यक्रमकाे गरिएको हो । भने त्यसलगतै प्रदेश अस्पतालका विरामिहरूलाई फलफुल वितरण पनि गरिएको छ ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजना तथा गैरसरकारी संस्था महासंघ , नेपाल पत्रकार महासंघ र समाज कल्याण परिषद्को समन्वयमा कार्यक्रम गरिएको थियोे । कार्यक्रममा अान्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले सामाजिक कार्य सबैले गर्न जरुरी रहेको बताए । उनले सुर्खेतका गैरसरकारी संस्था गाेलवद्व हुन अाग्रह गरे। गैरसरकारी संस्था महासंघ सुर्खेत शाखाका अध्यक्ष घनश्याम केसीले सामाजिक कार्य निजि स्वार्थ रहित भएको बताउँदै समाजलाई दिर्घकालिन फाइदा पुर्‍याउने काम गैरसरकारी संस्थाले गरिरहेको बताए ।