२०७७ मंसिर ९, मंगलवार

वुद्धीवहादुरले वुद्धी विग्रदा यसरी हत्या गरेका रहेछन् आप्नै आमालाई

hatya (1)जाजरकोट, भदौ १० । छोराले आप्नै आमाको हत्य गरेको सायद सन्नु भएको छैन होला तर यहाँ जग्गा नामसारी गर्न नमानेको कारण सक्ला गाविस वडा नं १, लैखमका बुद्धिबहादुर खत्रीले सावन २२ गते बञ्चरोले हानेर आमाको हत्या गरेका गरे ।

हत्याको गरेको दुई दिन अघि घर नजिकैको बारीमा खाल्डो खनेर दुई दिन पछि आमाको हत्या गरी लास गाडेको प्रहरीले जनाएको छ । सम्पत्तिको लोभमा बुद्धिबहादुरले ६५ वर्षकी आमा देउमतीको हत्या गरेको प्रहरीले भनाई छ । वुद्धीवहादुरको वावाको मृत्यू पछि आमाको नाममा रहेको जग्गा आफ्नो नाममा गर्न नमानेको भन्दै छोराले निर्ममतापूर्वक हत्या गरेको प्रहरीको अनुसन्धानवाट देखिएको छ ।

लैखम साँघुतरा नलसिंहगाड जलविद्युत आयोजना निर्माण गर्दा प्रभावित हुँने त्यसकाले त्यहाँका नागरिकलाई आयोजनाले मुआव्जा दिने भएपछि आमावाट वुद्धीवहादुरले आप्नो नाममा जग्गा नामसारी गर्न आमालाई दिदै आएका थिए । आमाले नामाने पछि जाजरकोट सदरमुकाम जाँदा वाटोमै भिरवाट खसालेर मार्ने योजना समेत रहेको वुद्धीवहादुरले स्वीकार गरेका छन् ।

आप्नै आमाको हत्य यसरी गरिएछ ?

गएको साउन २२ गते राति सुतिरहेको अवस्थामा बञ्चरोले प्रहार गरि देउमतीको हत्या गरेको बुद्धिले प्रहरी समक्ष बयान दिएका छन् । हत्या गर्नुको दुई दिन अघि नै श्रीमतीलाई खाल्डो खन्दा कसैले नदेखुन भनी आवतजावत गर्ने मानिसको निगरानी गर्न लगाएका थिए । खाल्डो खनी तयार भएको दुई दिन पछि अर्थात सावन २२ गते वुद्धीवहादुरले म सेपुखोला जान्छु मेरो उत्तै रात्ती वसाई हुन्छ ,छोराछोरी डराउछन् सासु वुहारी संगै सुत्नुहोला भनी सल्लाह गरेर हिडेका थिए । तर वुद्धीवहादुर रात्ती फर्करे आपmु छुट्टै कोठा सुत्ते ।

सुतेको श्रीमान्लाई उनकी श्रीमतीले तीन पटक सम्म उठाउने प्रयास गरिन तर वुद्धीवहादुर नउठेपछि अन्तिम पटक ओडेको कपडा निकालेर वुद्धीवहादुरलाई आफु र सासु सुत्तेको ल्याएको प्रहरीको वयानको क्रम्मा वुद्धीले वताउको निर्मित प्रहरी प्रमूख हिग्मत वोहराले वताउनुभयो ।
बुद्धिले साउन २३ गते आमा हराएको भनी गाउँमा हल्ला गरेका थिए । उनले प्रहरी चौकी सेपुखोलामा गएको भदौ २ गते आमा हराएको भन्दै खोजी गरिदिन हुलिए समेतको निवेदन दिएका थिए । तर बुद्धिको व्यवहार अस्वभाविक र शंकास्पद देखिएपछि प्रहरीले निगरानीमा राखेको थियो ।
घटनास्थल लैखम विद्युत आयोजनाको बाँध निर्माण स्थलसँगै जोडिएको गाउँ हो । आयोजनाले यसअघि विद्युतगृह निर्माणस्थल खगेनकोट–१, दल्लीमा एक सय रोपनी जग्गाको मुआब्जा वितरण गरिसकेको छ । पछिल्लो समय आयोजनाले सक्ला–१ लैखम, सक्ला–२ सेपुखोला, सक्ला–९ काप्तीका प्रभावित नागरिकलाई मुआब्जा दिने निर्णय गरेको छ ।

केही समयमै निवेदन संकलन गरि मुआब्जा दिइने आयोजना विकास समितिले जनाएको छ । आयोजनाले प्रतिरोपनी ४ लाख ७५ हजार रुपैयाँका दरले मुआब्जा दिने गरेको छ । बुद्धिकी आमा देउमतीको नाममा लैखममा एक रोपनी पाँच धुर जग्गा रहेको प्रहरीको भनाई छ ।

सासु मार्न बुहारीले यसरी दवाव दिएका रहेछन् ?

आप्नो जेठाजुको छोरालाई समेत अंश लाग्ने सासुको नाममा रहेको जग्गा आफ्नो नाममा गराउन बुद्धिकी पत्नी शर्मिलाले पटक पटक दवाव दिने गरेकी थिइन् । देउमतीका श्रीमानको केही वर्षअघि मृत्यु भएपछि जग्गा देउमतीको नाममा नामसारी गरिएको थियो । जग्गा शर्मिलाका नाममा गर्न देउमती राजी नभएपछि हत्या योजना बुनिएको खुलेको छ ।

देउमतीका जेठा छोरा र बुहारीको समेत मृत्यु भइसकेको छ । जेठा छोरातर्फका नाती कामका लागि भारतमा रहेको र नातिनी कोहलपुरमा बसेर पढिरहेकी छिन् । देउमतीका नाममा रहेको जग्गा शर्मिलाका नाममा गराउन यसअघि कोशिस गरिएको थियो । तर मालपोत कार्यालयले अंशियार अरु पनि भएको अवस्थामा उनीहरुको सहमतीबिना नामसारी गर्न नमिल्ने बताएपछि बुद्धिका दम्पती रित्तै फर्किएका थिए ।
घरमा गइसकेपछि पनि शर्मिलाले जग्गा जसरी पनि आफ्नो नाममा गराउन दवाव दिइरहेको प्रहरीले बताएको छ । ‘पटक पटक कि जग्गा आफ्नो नाममा गर्न कि त आमालाई नै मार्न दवाव दिएको देखिएको छ’ घटनास्थल पुगेर फर्किएका प्रहरी निरीक्षक सुवास भट्टले भन्नुभयो, ‘नत्र छोडेर जाने धम्कीसहित बुद्धिलाई मानसिक रुपमा टर्चर दिने गरेको देखिन्छ । अन्त्यमा श्रीमान् श्रीमतीकै योजनामा हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’

यसी निकाल्यो प्रहरीले निकाल्यो लास ?

खाडलमा पुरिएको लासलाई प्रहरी निरीक्षक भट्टको नेतृत्वमा गएको प्रहरी टोलीले शनिबार मात्र उत्खनन् गरेको छ । लास सडिसकेको अवस्था भेटिएको भट्टले बताउनु भयो । लास अन्यत्र लिन सक्ने अवस्थामा नभएपछि प्राथमिक स्वास्थ्य केन्द्र दल्लीका चिकित्सकलाई लैखम बोलाएर पोष्टमार्टम गरिएको प्रहरी निरीक्षक भट्टले बताउनुभयो । हत्या अभियोगमा बुद्धिबहादुर र उनकी श्रीमती शर्मिलालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले बुद्धिबहादुर र शर्मिलालाई पक्राउ गरेको छ । जिल्ला अदालत जाजरकोटले अनुसन्धानका लागी ५ दिन थुनामा राख्न आदेश दिएको छ । हत्यामा संलग्न दुवै लोग्ने स्वास्नीलाई आजीवन कारावासको सजाय माग गदै जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी गरिरहेको निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक बोहराले बताउनुभयो ।

आमा वावुको जेलपछि छोराछोरीको बिचल्ली

अबको १५ दिनभित्र हत्यको सवै अनुसन्धान प्रक्रिया सकिने उहाँको भनाई छ । लोग्ने स्वास्नी नै हत्या अभियोगमा पक्राउ परेपछि उनीहरुका छोराछोरीको विचल्ली भएको छ । डेढ वर्षको छोरा शर्मिलाको साथमै छ भने ९ र ४ वर्षकी दुई छोरी र ७ वर्षका छोराको घरमा हेरिदिने कोही नहुँदा बिचल्ली भएको हो । सासु र आमा मार्ने जेल गएपछि निर्दोस वालवालिकाको शिक्षा दिक्षा ,पालन पोषन वारे सर्वत्र चिन्ता वढेको छ ।
हेमन्त के सी रासस जाजरकोट