२०७७ कार्तिक १४, शुक्रबार

सरकारको उपस्थितिको सन्दर्भ

जितबहादुर शाह

ताल्चा विमानस्थलको छेउमा पुगेपछि गाडी अगाडि बढ्न सकेन । कारण बाटोमा ट्रक दुइदिन अघिदेखि विग्रिएर बसेको थियो । ट्रकको सामान प्लेनबाट आउनु पर्नेमा आएको थिएन ।

त्यसको पनि कारण थियो । महङ्गो भाडा पाउने भएकाले प्लेनहरु हुम्लातिर उडिरहेका थिएँ मानसरोवार जाने विदेशी यात्रीहरु लिएर । हामीले त्यही बाटोमै गाडी छोडेर आफूमात्रै अघि लाग्यौं । हामीमात्र होइन रारा भ्रमणमा आएका आन्तरिक एवम् बाह्य पर्यटक सवैको हालत हाम्रो जस्तै थियो ।

सवैले गाडीहरु बाटोमै अलपत्र छोडेर पैदल यात्राका लागि साहस गरिरहेका थिए । भोलिपल्ट फर्कदा प्लेनबाट सामान आएपछि विग्रिएको उक्त मालबाहक ट्रक त बनेछ तर फेरि एक किलोमीटरको दूरीमा अर्को ट्रक विग्रिएछ बीच बाटोमै ।

पहिलो दिन माथितिर जाँदा एउटा ट्रकले दुःख दियो । अव तलतिर फर्कौं भन्दा फेरि अर्को ट्रकले दुःख दिने भयो भनेर यो मनमा पिरलोको पहाड अग्लिएको महसुस भयो । जुनसुकै कुराको पनि सीमा हुँदो रहेछ । त्यतिबेला दुःख पाइरहेका मानिसहरुको पनि सीमा नाघिसकेको थियो ।

जाममा परेका सवै गाडीका स्टाफ र यात्रीहरु मिलेर ट्रकको साहुलाई बोलाए । ट्रक तान्नका लागि डोजर बोलाए । अनि सवै लागेर बीच बाटोमा क्लज प्लेट गएर बसेको ट्रकलाई तान्ने र धकेल्ने अभियान सुरु भयो ।

डोजरले अगाडिबाट तान्दै थियो भने अरुहरु सारा मानिसले पछाडि र वरिपरिबाट धकेल्दै थिए ट्रकलाई । ट्रक भने हलचल नगरेर गजधम्म बसिरहेका थियो रिसाएको कालो पहाड झै । विपतको यो बेलामा मानिसहरुले सरकार खै भनेर हारगुहार र सत्तोसराप गरिरहेका थिए । मैले केही हाँसो र केही साँचो मिसाएर ‘म छु हजूर’ भन्दै पीडालाई विषयान्तर गर्दै थिएँ ।

एवम् रितले तान्ने र धकेल्ने कार्यले मात्र सम्भव नभएपछि डोजरले ट्रक हिँड्नेतिरको बाटो ओरालो हुने गरी माटो फाल्यो । ट्रक र सयौं मानिसहरुको तीन घण्टासम्मको अनवरत परिश्रम पश्चात साना गाडी आवतजावत गर्न मिल्ने गरी ट्रकलाई साइड लगाउन सकियो । त्यसपछि भने मानिसहरु खुशीले मुस्कुराउँदै गन्तव्यतिर लागे । हामीले पनि त्यसै ग¥यौं ।

मलाई भने पीडामा पर्दा मानिसहरुले सरकार खै भनेर हारगुहार र सत्तोसराप गरेका स्वरहरुले यात्राभरि चिमोटिरहे । मानिसहरुले केही होला भनेर सत्तामा पठाए नेताहरुलाई । त्यत्तिमात्र नभइ दललाई समेत बहुमत पुग्नेगरी जिताए ।

तथापि सरकार त हराएछ गाउँ र बस्तीबाट । दुख र पीडामा सरकारको उपस्थिति नहुँदो रहेछ गाउ र वस्तीहरुमा । साँच्ची मैले पनि सरकार कतै देखिन । सुर्खेतबाट रारासम्म पुग्दा पनि कतै देखिन । कालीकोटसम्म परीक्षाका गोप्य सामग्री लिएर जाँदा पनि कतै देखिन । जुम्लामा किसानका स्याउका रहरलाग्दा दाना बारीमा झरेर कुहिन लाग्दा पनि कतै देखिन । सिञ्जाको सडकमा हिलोमा गाडी डुब्न लाग्दा पनि देखिन ।

राराको छेउमा पुग्दा बाटोमा पहिरो आएर दुइघण्टा बढि पैदल हिड्दा पनि देखिन । रारामा पुगेर होटलको साहूजीलाई ‘आलु त उसिनेर देऊ’ भन्दा ‘सक्दिन’ भनेर ओठे जवाफ पाउदा पनि सरकारलाई कतै देखिन । यस्तो लाग्छ सरकार अरु केही विशेष काम परेको कारण विदा लिएर बसेको होला आजभोलि ।

वा विरामी भएर आफ्नै उपचारमा जुटेको होला आजभोलि । ताल्चामा गोर्खाबाट आएका एक जोडी अधबैशेका कुराहरु सुन्दा उनीहरु प्लेन नआएका कारण बेखर्ची भएर हप्ता दिन देखि ताल्चाकै विवेक गेष्टहाउसमा बसिरहेका रहेछन् ।

प्लेनहरु भने बढी रकम असुल्ने स्थानतिर उडिरहेका रहेछन् । सायद सरकारको उपस्थिति नागरिकको सेवासुविधासँग गाँसिएका यस्ता कुराहरुमा पनि देखिनुपर्छ जस्तो लाग्छ । साँगुरो, हिलाम्मे र जतिबेला पनि माथिबाट र तलबाट पहिरो जान सक्ने जोखिमपूर्ण सडकमा ठूला ट्रकहरु त्यो पनि तोकिए भन्दा बढि भार बोकेर सकिनसकी घस्रिदारहेछन् ।

सडकमा कुद्ने गाडीहरु ठूला भए पनि गाडी चलाउने गुरु भने आधारभूत तहकै पढाइ छोडी उमेर बढाएर नागरिकता र लाइसन्स हात पारेका र देख्दैमा चिचिला नावालक भन्न लायक अनुहा र हरु हुँदा रह ेछन् । सायद यस्ता सवालहरुमा पनि सरकार कतै त देखिनु पर्ने हो । तथापि नदेखिदो रहेछ ।

बरु उल्टै कसैले देख्छन कि भनेर लुकेर बस्दो रहेछ । मैले त पत्रपत्रिकामा अध्ययन गरेको र कतै कतै त आफ्नै आँखाले पनि देखेको, सुशासन भएका विकसित मुलुकहरुमा सरकार जनजीवनसँग सँगै जोडिएर हिड्दो रहेछ । यहाँ त जनताले दुर्घटना भयो, दुःख पाइयो भनेर हारगुहार गरेपछि मात्र त्यसको भोलि वा पर्सिपल्ट औपचारिकता निर्वाह गर्ने गरी सरकार यदाकदा देखिने गर्दछ । समुन्नत देशहरुमा भने घटना घटेको निमेषभरमै सरकार उपस्थित हुने गर्दछ ।

सरकार कतै कसैले अख्तियारको दुरुपयोग ग¥यो भने पनि उपस्थित सरकारको उपस्थितिको सन्दर्भ हुने गर्दछ । सरकार नागरिकको पीडामा उपस्थित हुने गर्दछ । यहाँसम्मकी कतै बच्चा रोएको आवाज सुन्यो भने सरकार उक्त घर पुग्छ । पतिपत्नीको कलहको कारण अस्वाभाविक आवाज बाहिर सुनियो भने पनि सरकार भित्र पस्ने गर्दछ ।

कतै विद्यालय जाने बालक सडकमा देखियो भने पनि सरकार उपस्थित हुन्छ । कतै उपचारको अभावमा नागरिक मृत्युको मुखमा पर्ने स्थिति भयो भने पनि सरकार त्यहाँ उपस्थित हुन्छ । यहाँ त सुन्ने कान र देख्ने आँखा नभए जस्तै गरी यस्ता कुराहरुमा विल्कुल बेखबर हुन्छ सरकार ।

जुम्लाको सिञ्जा क्षेत्रका शिक्षकहरुसँग भलाकुसारी गर्दा जानकारी भएको थियो, हिजोअस्ती विद्यालयको राहत र निजीस्रोतको शिक्षकका काम गर्नेहरु अहिले गाउँका जनप्रतिनिधिहरु भएका छन् रे । अलि अलि पढेलेखेका हुँदा अरुको तुलनामा तिनैलाई कामको चटारोले भ्याइ नभ्याइ छ रे । ठेकेदार पनि आफै भएका छन रे ।

कसैलाई कसैसँग बोल्ने फुर्सद पनि छैन रे । सवैले डोजर र स्क्याभेटर खरिद गरी बाटो खनेर विकासको मुल फुटाउदैछन रे । छिटो देखिने विकास भनेकै त्यही हो रे । एकपन्थ दुइकाज, एकातिर आफूलाई पनि हुने अर्कोतिर जनताको आँखामा बाटो पनि देखिने । शिक्षामा त कसैको चासो नै छैन रे । किनभने त्यसको असर छिटो देखिदैन रे ।

शिक्षामा त काम गर्ने कर्मचारी पनि छैनन रे । आफूलाई साथ दिने शिक्षक काजमा ल्याएर काम चलाएका छन् रे । यस्तै गर्नका लागि स्रोतब्यक्तिलाई लखेटेका हुन् रे । त्यही भएर शिक्षाको संरचनाको काम छैन भनेर नाम मात्रको बनाइएको हो रे । भलाकुसारीकै क्रममा कालीकोटका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख महेशदत्त देवकोटाले आफ्नो कार्यालयको भोगाइलाई यसरी अभिब्यक्त गरे– ‘कार्यालयकै कामविशेषले म कतै जिल्ला बाहिर जानु प¥यो भने म पछिको निमित्त हाकिम हुने एकजना कार्यालय सहयोगी छन् ।

कहिलेकाही त उपस्थित नभइ नहुने बैठकहरुमा आफू जिल्लाबाहिर हुँदा उनैलाई जान भन्छु । उनलाई पनि के–के न भएको अनुभूति हुँदो रहेछ क्या रे, बैठकमा सानका साथ प्रमुख जिल्ला अधिकारीको छेउमा बसेर ‘कार्यालयको प्रतिनिधिको तर्फबाट बैठकमा सहभागी भएको अवस्था’ भनेर फेसबुकमा फोटो शेयर गरेका हुन्छन् ।’ त्यही अफिस हो कुनै बेला उपसचिवको नेतृत्वमा आधा दर्जन जति अधिकृत र दर्जन जति अधिकृत स्त रकै स्रोतब्यक्तिहरुले जिम्मेवारी सम्हालेको अवस्था थियो ।

अव सायद त्यो जनशक्ति चाहिएन क्या रे । शिक्षामा विकास धेरै भएको महसुस गरेर होला, अनुगमन पनि गर्न पर्दैन क्या रे । त्यसैले यसलाई डाउनसाइजिङ गरिएको होला । त्यही भएर तल तल सम्मका सरकारहरुमा पनि शिक्षाका कर्मचारी नपठाएको होला । यो पङ्तिकार शिक्षातिरको भुक्तभोगी भएकोले अलि बढी शिक्षा तिरका कुरा उठाउनु स्वाभाविक पनि हो । तथापि ब्यथा सवैतिर उस्तै छ । थाङने कर्मचा री भन्नेहरुले समायोजन टुङ्गिसक्यो भने पनि स्वास्थ्यको समयोजन अहिलेसम्म टुङ्गिएको छैन ।

शिक्षाक ा े अनङ्कित कर्मचारीहरुको पनि बाँकी नै छ । समायोजन भएका ठाउहरुमा पनि अस्तब्यस्त छ । कतै कर्मचारीले काम पाएका छैनन् भने कतै कामले कर्मचारी पाएको छैन । काम त झन राम्रो गर्नका लागि पो गर्ने हो, भताभुङग गर्नका लागि किन ग िरएक ा े हा ेला ? अस्तव्यस्तको अवस्थालाई समुन्नति भन्ने जमाना आएछ क्या रे ।

एकजना साथीले यो संघियता टिक्छ र ढल्दैन भन्ने कुरामा यसरी तर्क दिएका थिए – ‘यसमा सबै नेता र कार्यकर्ताले रोजगारी पाएका छन्, जागीर पाएका छन्, सेवासुविधा पाएका छन् । त्यसैले जनताले केही नपाए पनि यो संघीयता टिक्ने कुरामा कुनै शंका छैन ।’ मलाई पनि उनले भनेको कुरामा दम छ जस्तो लाग्छ । त्यसैले त यहाँ सरकार कता छ भनेर दिउसै दियो बालेर खोज्ने अवस्था हुँदा पनि सरकारकै जीहजूरी र चाकरी चलिरहेको छ ।

सरकारले गरेका नराम्रा कामहरुको आलोचना र विरोध गर्ने नागरिकको अधिकार त छैन भने पनि हुन्छ किनभने विरोध गर्नेलाई मिलाइ मिलाई तह लगाउने काम जारी छ भने जीहजूरी गर ेर पछिपछि ला ग्न ेहरुलाई सेवासुविधामा बढोत्तरी गर्ने क्रम पनि जारी छ । यत्तिखेर मलाई भने हिन्दी फिल्म अन्धाकानूनका े सम्झना आइरहेको छ ।

अभिताव बच्चनले अभिनय गरेको उक्त फिल्ममा आफ्नी सानी छोरी रुदा उनले ‘रोते रोते हाँस्न सिको हाँस्ते हाँस्ते रोना’ गीत गाएर छोरीलाई फकाउछन् । पछि अभिताव जेलमा परेको बेला आँखा भरि आँशु पारेका आफ्ना बाबा अभितावाई छोरीले पनि त्यही गीत गाएर फकाउछिन । त्यसरी नै यो अहिले सत्ता र सरकारका मान्छेहरुले आफू सत्ता जाने समयमा पुरानो सत्ता र रकारलाई ‘उठ जनता नमानी डर, यो सरकारको भरोसा के छ र । चेतना भया ।