२०७७ कार्तिक ४, मंगलवार

पदक जित्ने छिञ्चुका खेलाडी सम्मानित

छिञ्चु तेक्वान्दो दोजाङबाट काठमाडौंमा गत भदौमा भएको तेस्रो अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा उधारो खर्चमा पठाएका १२ जना खेलाडीमध्ये ८ जनाले पदक जित्न सफल भएका छन् । तीन खेलाडीले स्वर्ण, चार जनाले रजत र एक जनाले काँस्य पदक पदक जित्ने छिञ्चुका खेलाडी सम्मानित जितेका छन् । दिनेश मगर, शिव परियार र महेन्द्र सुनारले स्वर्ण पदक प्राप्त गरेका छन् भने हेमन्त बाकावल, तिलक सुनार, पार्वती विक, जोहन रानाले रजत पदक र भरत सुनारले काँस्य पदक जित्न सफल भएका हुन् ।

दोजाङका मुख्य प्रशिक्षक अमर विकले प्रतिया ेगितामा सहभागी गराउनका ला िखर्च नभएपछि ख ेलाडीहरुलाई गाडीभाडा र खाना खर्च उधारोमा पठाइएको बताए । कसैको सहयोग विनापनि खेलाडीहरुले पदक जित्न सफल भएपछि खुसीयालीमा खेलाडीहरुलाई मंगलबार दोजाङले सम्मान गरेको छ ।

खेलाडी सम्मान कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य ठम्मरबहादुर बिष्टले राज्यले खेलकूदलाई पूर्णरुपमा उप ेक्षा नगरेको भन्दै हुनुपर्ने जति सहयोग नगरेको स्वीकार गरे । कर्णाली प्रदेश तेक्वान्दो संघका अध्यक्ष एवम् सुर्खेत उद्योग बाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले खेलाडीहरुलाई सहयोग गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा भेरीगंगा नगरकार्यपालिक ाका सदस्य एवं वडा नं. १ का वडाध्यक्ष नवराज कार्की, वडा नं. १२ का वडाध्यक्ष हरिप्रसाद कँडेलले नगरपालिकाको तर्फबाट अबका दिनमा खेलकूदका ला गि आ वश्यक सहया ेग गर्न े प्रतिबद्धता जनाए । पत्रकार महासंघका अध्यक्ष गणेशकञ्चन भारतीले पनि खेलाडी हरुलाई हौसला र सहयोगको आवश्यकता रहेकोमा जोड दिए ।

सो अवसरमा पदक विजेताहरुलाई सम्मान गरिएको थियो । स्वर्ण पदक विजेताहरुलाई कर्णाली प्रदेश तेक्वान्दो संघका अध्यक्ष लक्ष्मण कँडेलले उपहारसमेत प्रदान गरेका थिए ।

दोजाङ सञ्चालन समितिका अध्यक्ष लोकबहादुर खत्रीले पनि खेल क्ष ेत्रलाई उप ेक्षा गरिएका े बताए । उनले खेलबाटै आफ्नो ठाउँको पहिचान दिन सकिने भएकोले खेलकूद क्षेत्रमा पनि लगानी गर्न आग्रह गरे ।