२०७७ कार्तिक १२, बुधबार

तीन वर्षमा विपत्तीका कारण एक सय सातको मृत्यू बीमा कार्यक्रम प्रभावकारी हुने सरकारको अपेक्षा

सुर्खेत ।
कर्णाली प्रदेशमा गएको तीन वर्षमा एक सय सात जनाको मृत्यू भएको छ भने अर्बौं रुपैंंया बराबरको आर्थिक क्षति भएको पाइएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा मात्रै कर्णाली प्रदेशमा विभिन्न विपद्का कारण ८२ करोड १५ लाख ६२ हजार तीन सय बिस रकम बराबरको क्षति भएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका एक तथ्यांक अनुसार प्राकृतिक विपत्ति तथा विपद्का घटनाका कारण गएको आर्थिक वर्ष २०७५÷०७६ मा गएका जम्मा २ सय ४० बाढी, दुई सय सात पहिरो, ३९ स्थानमा चट्याङ, एक सय ५४ स्थानमा हावाहुरी र दुई सय ८ स्थानमा आगलागीका कारण ५४ जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् । त्यस्तै ७ सय चौपायमा षति हुँदा सात सय ५१ घरमा क्षति भएको छ । दैलेखमा दुई जनाको मृत्यु हँुदा १० जना घाइते भएका छन् । सुर्खेतमा पाँच जनाको मृत्यु, तीन जना घाइते, जाजरकोटमा १४ जनाको मृत्यु, चार जना घाइते, सल्यानमा आठ जनाको मृतयु, एक जना घाइते भएका छन् । त्यस्तै रुकुम पश्चिममा एक जनाको मृत्यु , डोल्पामा १८ जनाको मृत्य, तिन घाइते र आठ जना बेपत्ता, जुम्लामा दुई जनाको मृतयु र कालिकोटमा १२ जना घाइते भएका छन् । हुम्लामा तीन जनाको मृत्यु हुँदा ५ जना घाइते र मुगुमा एक जनाको मृत्यु भएको छ ।

प्देश प्रहरी कार्यालय सुर्खेतका डिएसपी लोकनाथ तिमिल्सेनाका अनुसार कर्णाली प्रदेशमा आर्थिक वर्ष २०७३÷०७४ मा एक सय ४८ स्थानमा बाढी, एक सय २२ स्थानमा पहिरो, ४१ स्थानमा चट्याङ, ८९ स्थानमा हावाहुरी र दुई सय सात स्थानमा हावाहुरीका कारण ३६ करोड ८५ लाख ९१ हजार नौ सय १७ रुपिँया बराबरको क्षति भएको छ । भने १७ जनाको मृत्यु भयो । अनि ६० जना घाइते भए ।
सोही आर्थिक वर्षमा दैलेखमा एक जनाको मृत्यु भयो भने १४ जना घाइते भए । सुर्खेतमा एक जनाको मृत्यु, तीन जना घाइते, जाजरकोटमा पाँच जनाको मृत्यु, २३ जना घाइते, सल्यानमा दुई जनाको मृत्यु, तिन जना घाइते भएका छन् । त्यस्तै रुकुम पश्चिममा एक जनाको मृत्यु हुादा तीन जना घाइते, डोल्पामा एक जनाको मृत्यु, जुम्लामा चार जना घाइते र कालिकोटमा छ जनाको मृत्यु हुँदा ११ जना घाइते भएका छन् । तर हुम्ला र मुगुमा भने कुनै मानविय क्षति भएन ।

आर्थिक वर्ष २०७४÷०७५ मा कर्णाली प्रदेशमा २ सय १८ बाढी, ९३ स्थानमा पहिरो, १८ स्थानमा चट्याङ, एक सय ८४ स्थानमा हावाहुरी र एक सय ९१ स्थानमा आगलागीका कारण ४८ करोड, ४६ लाख, ९९ हजार एक सय ५१ रुपिँया बराबरको अनुमानित क्षति भएको छ । प्राकृतिक विपत्तिका कारण ३६ जनाको मृत्यु भएको थियो भने ७९ जना घाइते भएका छन् । दैलेखमा पाँच जनाको मृत्यु हँुदा १४ जना घाइते भएका छन् । सुर्खेतमा सात जनाको मृत्यु, १५ जना घाइते, जाजरकोटमा तीन जनाको मृत्यु, १६ जना घाइते, सल्यानमा चार जनाको मृतयु, १४ जना घाइते भएका छन् । डोल्पामा ११ जनाको मृत्यु हुँदा १० जना घाइते, जुम्लामा एक जनाको मृत्यु, र कालिकोटमा पाँच जनाको मृत्यु हुँदा १० जना घाइते भएका छन् । तर हुम्ला, रुकुम पश्चिम र मुगुमा भने कुनै मानविय क्षति भएको छैन ।

दैलेखमा दुई जनाको मृत्यु हँुदा १० जना घाइते भएका छन् । सुर्खेतमा पाँच जनाको मृत्यु, तीन जना घाइते, जाजरकोटमा १४ जनाको मृत्यु, चार जना घाइते, सल्यानमा आठ जनाको मृतयु, एक जना घाइते भएका छन् । त्यस्तै रुकुम पश्चिममा एक जनाको मृत्यु , डोल्पामा १८ जनाको मृत्य, तिन घाइते र आठ जना बेपत्ता, जुम्लामा दुई जनाको मृतयु र कालिकोटमा १२ जना घाइते भएका छन् । हुम्लामा तीन जनाको मृत्यु हुँदा ५ जना घाइते र मुगुमा एक जनाको मृत्यु भएको छ ।

बीमाले ल्यायो उत्साह

कर्णाली प्रदेश देशकै सबैभन्दा बढी जोखिम रहेको प्रदेश हो । यो प्रदेशमा कर्णाली सरकारले प्रति व्यक्ति ७ रुपैंया तिरेर १७ लाख ७० हजार जनाको दुर्घटना बीमा गराएको छ । दुर्घटना बीमा गराएपछि एकातीर राज्यले राहत स्वरुप बाँडने लाखौं रकम जोगिएको छ भने अर्कोतर्फ जनताले थोरै भएपनि राहत महसुस गर्ने अपेक्षा सरकारको छ । सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी अब काज क्रिया गर्न नसक्ने परिवारलाई धेरे ठूलो सहयोग पुग्ने बताउँछन् । ‘कर्णालीका अधिकांश जनतासँग कात्रो किन्नेसम्मको पैसा छैन । आर्थिक अवस्था दयनीय छ ।’ मन्त्री भण्डारीले भने, ‘यो बीमा कार्यक्रमले कम्तीमा ती लाखौं गरिब जनताले आफन्तको सदगत गर्न सक्ने र त्यसले उक्त परिवारलाई थप आर्थिक हानी नोक्सानीको वातावरण अन्त्य गर्ने हाम्रो अपेक्षा छ ।’

बीमा कार्यक्रम यदि तीन वर्ष पहिले लागु भएको भए १०७ जनाले एक करोड सात लाख बराबर बीमा रकम क्षतिपुर्ती वापत प्राप्त गर्ने थिए । ‘पहिला हामीसँग त्यस्तो कुनै पनि योजना थिएन ।’ मन्त्री भण्डारीले भने, ‘तर अब थोरै भएपनि जनताले राहत पाउने छन् ।’ उनका अनुसार प्रत्येक जिल्लाका एक हजार जोखिमपूर्ण अवस्थामा रहेका घरलाई पनि बीमा गरिने भएको छ । उक्त घर बाढी पहिरो तथा अन्य कुनै कारणले क्षति भएको खण्डमा रु पाँच लाख पाउने गर िबीमा गरिएको छ भने उक्त घरमा रहेका बढीमा पाँच जनाको ज्यान गएको खण्डमा प्रतिव्यक्ति पाँच लाख थप पाउने गरी राष्ट्रिय बीमा कम्पनीसँग सम्झौता गरिएको मन्त्री भण्डारीको भनाई छ ।