२०७७ कार्तिक १०, सोमबार

कवर्ड हल निर्माणमा ढिलासुस्ती: निमार्ण अवधि सकियो, काम आधा पनि भएन

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्माणधिन कवर्ड हलको निर्माण अवधि सकिएको छ । तर कवर्डहल निर्माणको काम भने सकिएको छैन । कवर्डहलको निर्माण समिति चेत अधिकारीको अध्यक्षतामा रहेको छ । एक वर्ष अगाडी काम सुरु भएको कवर्ड हल निर्माणको सम्झौता अवधि गएको साउन मसान्तमा सकिसकेको छ । तर काम भने निर्माण समितिले अनुमान गरेको कुल लागतलाई हेर्ने हो भने आधा पनि हुन सकेको छैन ।

करिव ३ वर्ष अगाडी सुर्खेतको विरेन्द्रनगरमा स्थित खुलामञ्चमा कवर्ड हल निमार्णको लागि धार्मिक महोत्सव गरियो । सुर्खेत जिल्ला व्याडमिन्टन संघको आयोजनामा विसं २०७३ कार्तिक २५ गते देखि मंसिर २ गतेसम्म महोत्सव सुर्खेतको उक्त कवडै हल निमार्ण स्थल नजिकै भयो । सुर्खेत जिल्ला लगाएत हालको कर्णाली प्रदेशका विभिन्न जिल्लाका स्थायि घर भई विभिन्न सिलसिलामा सुर्खेतमा वसोवास गर्दै आएका खेलाडि र खेलप्रेमिहरुले निकै हर्ष मनाए कवर्ड हल बन्छ भनेर ।

विविध कारणले त्यो खुसि ३ वर्ष वितिसक्दा पनि आउन सकेको छैन । अर्थात कवर्ड हल अझैँ निर्माणको काम सकिन सकेको छैन ।

धार्मिक महोत्सवमा उतसाहका साथ कवर्ड हल निर्माण्का लागि भनेर सक्दो सहयोग गरे । धार्मिक महोतसवमा कुल रकम १ करोड ३० लाख संकलन भएको धार्मिक महोतसव मुल समारोह समितिका अध्यक्ष चेत अधिकारीले जानकारी दिए । उनका अनुसार सहयोग गर्ने भनेर घोषणा गरिएको रकममध्ये केही रकम अझै उठ्न सकेको छैन । जम्मा नगद १ करोड ३० लाखमध्ये करिब ६५ लाखको हाराहारीमा रकम अझैं उठ्न नसकेको उनको दावी रहेको छ ।

तर २ वर्ष पछि अर्थात गएको वर्ष मात्र कवर्ड हलको उद्घाटन भएर काम सुरु भयो । उद्घाटन कर्णाली प्रदेहका मुख्यमन्त्री महेन्द्रबहादुर हाहीको प्रमुख आतिथ्यतामा गरिएको थियो । तर अझैपनि निर्माण सम्पन्न हुन नसक्दा सरोकारवालाहरुले निराशा छाएको बताउँछन् ।

गएको आर्थिक वर्ष २०७५÷०७६ मा कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट कवर्डहल निर्माणको लागि ५० लाख रकमसमेत प्राप्त भयो । जम्मा १ करोड ८० लाख रकम हुँदा पनि निर्माण समितिले रकम अभावले डिला भएको भनेर आलटाल गरिरहेको छ । कवर्ड हल निर्माणको लागि अहिले प्रयाप्त रक मभने सकिएको छैन । निर्माण समितिका अध्यक्ष चेत अधिकारील उक्त कवर्डहल निर्माणको लागि जम्मा ३ करोड रकम लाग्ने अनुमान गरिएको बताए । उक्त अनुमान अनुसार कवर्ड हल निर्माणको लागि १ करोड २० लाख रकम अपुग हुने देखिन्छ । अध्यक्ष अधिकारीका अनुसार अपुग हुने करिब १ करोड २० लाख रकमको लागि प्रदेश सरकारको नै भर रहेको छ ।

अहिले उपलब्ध रहेको कुल १ करोड ८० लाख रकमको काम सक्न करिब ६ महिना उझैँ लाग्ने उनले बताए । त्यसपछि मात्र कर्णाली प्रदेश सरकारसंग वजेटको लागि आव्हान गर्ने हुनाले यो वर्ष पनि कवर्ड हल बन्ने छाँटकाँट देखिदैन । व्याडमिन्टन संघ सुर्खेतका अध्यक्ष महेश केशर खनालले निर्माणको लागि रकम संघका १५० जना खेलाडि सदस्यहरुबाट पनि केहि मात्रामा संकलन गरिने बताए । कबर्ड हलको स्टिलको जिम्मा रु ७४ लाखमा काठमान्डौंको गुरु मयलले पाएको छ ।

भने ज्याला ठेक्का निमार्ण समितिले नै लिएको छ । हालसम्म छानोको काम भइरहेको बताउँदै खनालले सिटलका लागि काठमांडौको कमपनि हुँदा पनि ३ महिना जति ढिला भएको दावी गरे ।
जिल्ला खेलकुद विकास समितिका निवर्तमान सदस्य दिपेनद्र केशर खनालले विद्युतमा केही समस्या भएकाले ढिला भएको बताए । यस्तै गतिमा निर्माण कार्य हुने हो भने यो आर्थिक वर्षमा पनि कवर्डहल निर्माण सम्पन्न हुन मुस्किल देखिन्छ ।