२०७७ कार्तिक ६, बिहीबार

प्रयोगात्मक अनुसन्धान गर्न मन्त्री रावलको आग्रह

सुर्खेत। कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले प्रयोगात्मक अनुसन्धान गर्न अनुसन्धानकर्तालाई आग्रह गरेका छन् ।

विश्व बैंकको सहयोगमा नेपालमा बहुक्षेत्रीय पोषण योजनाको प्रारम्भिक बालविकास रणनीति २०७६ देखि २०८० का लागि योजना बन्दै गरेको अवस्थामा यसको कार्यान्वयन, सम्बन्धित पक्षको जिम्मेवारी, संस्थागत वातावरण पहिचान बारेमा जानकारी लिन आयोजना गरिएको प्रादेशिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रावलले यस्तो बताएका हुन् ।

‘‘नेपालमा काठमाडौंमा बसेर अनुसन्धान गर्ने प्रणालीको विकास हुँदा वास्तविकरुपमा जनताको पक्षमा कसरी रुपान्तरण ल्याउन सकिन्छ भन्ने कुरा अनुसन्धानमा खुल्न सकेन ।’’ मन्त्री रावलले भने, ‘‘सुकिलामुकिलालाई राखेर उनीहरुको धारणा बमोजिम अनुसन्धान गर्ने परिपाटी अन्त्य गरौँ । तल्लो तहमा प्रयोगात्मक अनुसन्धान गर्न मन्त्री रावलको आग्रह जो र जसलाई दिनपर्ने हो, अनुसन्धानकर्ताहरु पुग्नुस् र त्यसका आधा रमा अनुसन्धान रिपोर्ट दिनुहोस् ।’’

मन्त्री रावलले एकीकृत बाल विकास कार्यक्रम लागू गर्नुपर्नेमा जोड दिँदै क र्णालीमा लामा र खसहरुको बाहुल्यता रहेकाले गाउँ तथा नगरपालिका छनौट गर्दा एउटा हिमाली क्षेत्रमा रहेको लामा बस्ती, अर्को दैलेख वा सल्यान र सुर्खेतको वीरेन्द्रनगर राजधानी भएकाले छनौट गरी काम गर्न आग्रह गरे ।

त्यस्तो गर्न सके कर्णालीको वास्तविक रिपोर्ट प्राप्त गर्न सकिने र त्यसले प्रदेश सरकारलाई आवश्यक नीति तथा बजेट र कार्यक्रम निर्धारण गर्न सहयोग पु¥याउने अपेक्षा उनको थियो । अनुसन्धान टोलीका टिम लिडर दीपक थापाले यहाँका सरोकारवाला निकायसँग सल्लाह गरेर मात्रै तीनै तहमा काम सुरु गरिने जानकारी दिए । विश्व बैंकले सेतो गुराँस राष्ट्रिय विकास सेवा तथा अन्य संस्थासँग मिलेर उक्त अनुसन्धान अघि बढाउने थापाको भनाइ थियो ।