२०७७ कार्तिक ७, शुक्रबार

गैसस महासंघ कर्णालीमा अधिकारी

सुर्खेत । गैर सरकारी संस्था महासंघ नेपाल कर्णाली प्रदेश समितिको दोस्रो साधारणसभा सभाले अध्यक्षमा हरिप्रसाद अधिकारीलाई सर्वसम्मत चयन गरेको छ । समितिको सचिवमा चन्द्रप्रसाद शर्मा, उपसचिवमा हरिप्रसाद शर्मा, सदस्यहरुमा रामविक्रम शाह, खड्कबहादुर दमाई, यज्ञ वि.क.लाई समेत चयन गरेको छ ।

साधारण सभाले गैसस महासंघ कर्णालीमा अधिकारी गैससहरुको प्रोफाइल बनाउने, जिल्ला शाखाको क्षमता विकास गर्ने, कर्णाली प्रदेशका स्थानीय तहमा समन्वय समिति मंसिरभित्र गठन गरिसक्ने, महासंघको प्रदेश स्तरमा जिल्लामा घुम्ती बैठक गर्ने निर्णय गरेको छ । कार्यक्रम महासंघका केन्द्रीय सचिव डिल्लुप्रसाद घिमिरे, केन्द्रीय सदस्य दिप ेन्द्र डिसी, प्रदेश इञ्चार्ज खिमबहादुर शाही, कृष्णकला शाही लगायतले शुभकामना दिएका थिए ।