२०७७ माघ ७, बुधबार

विकाशमा अनुगमन र नियमन – सम्पादकिय

cropped-logosस्थानिय स्तरमा विकासे काम वर्षेनी हुन्छन । ति कामले गुणस्तरीयता पाउने र जनताका पक्षमा भन्दा पनि बाडिचुडि खाने प्रबृति बढेको देखिन्छ ।

स्थानिय स्तरमा आम नागरिकका जनजिविका संग सम्बन्धित काम र नेपाल सरकारले स्थानिय निकायहरु मार्फत वितरण गर्ने बजेट समानुपातिक रुपमा विनियोजन नहुनु र भैहालेमा पनि गुणस्तरीय काम नहुनुनले विभिन्न समस्याहरु उत्पन्न भएका छन । खासगरि बजेटमुखि विकास आयोजनाहरुमा अनुगमन र पारदर्शिताको खाचो देखिन्छ ।

त्यसकारण पछिल्लो समय स्थानि नागरिकहरु समेत सचेत हुने थालेका छन । ति नागरिकहरुको सचेतताका कारण विकाशे आयोजनामहरुमा सरकारी रकमको दुरुपयोग रोक्न सकिन्छ । नागरिकहरुले गाविसमा भईरहेको विकासे कामहरुको प्रभावकारी अनुगमन भएमात्रै खास विकाशको लगानि सहि सदुपयोग हुने बताउछन ।

समयमा अनुगमन नहुँने र भएपनि प्रभावकारी रुपमा नहुँदा बेथिती मौलाईरहेको चिन्ताप्रति नागरिकको चासो देखिन्छ । त्यस्तै उनीहरुले गाविसको वजेट शिर्षक अनुसार नै खर्च हुनुपर्नेमा जोड दिएका छन् । हाल एक शिर्षकको बजेट अर्कै शिर्षकमा खर्च गरिरहेको पाईएकाले यसलाई रोक्नुपर्ने देखिन्छ ।

त्यसका लागि जस्ले रकम खर्च गर्ने हो सोहि पक्ष वा राजनितिक दलहरु होइन कि तेस्रो पक्षलाई सशक्त भुमिका दिएर त्यसको प्रभावकारी अनुगमन र नियमनको कार्य गर्न जरुरी छ । नत्र विकाशमा लगानि बालुवामा पानी हुने अवस्थाको श्रृजना हुन बेर लाग्दैन । समयमै प्रभावकारी सयन्त्र बनाएर स्थानिय स्तरमा आम नागरिकहरुको चासो र मुद्यालाई सम्बोधन गर्दै अनुगमन र नियमनको कार्य प्रभावकारी बनाउ ।