२०७७ कार्तिक ५, बुधबार

चालकलाई फूलमालासँगै शुभयात्राको कामना

सुर्खेत । सुर्खेत बसपार्कबाट लामो तथा छोटो दुरीका गाडि चालकलाई फूलमालासँगै शुभयात्राको शुभकामना प्रदान गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले विजया दशमी तथा दिपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) पूर्णचन्द्र जोशीले चालकलाई फूलमाला लगाएर शुभयात्रासहितको कामना गरेका हुन् ।

दशैं तिहार जस्ता महत्वपूर्ण चार्ड पर्वको समयमा यात्रुहरुको भीडभाड हुने र तिब्र गतिमा सवारी चलाउँदा दुर्घटना हुने भएकोले चालकले ध्यान दिएको खण्डमा धेरै हदसम्म दुर्घटना न्यूनिकरण हुने बताउँदै डिआइजी जोशीले चालकले गम्भीरता पूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नु पर्ने बताए । समुदाय प्रहरी साझेदारीको समेत संलग्न रहेको उक्त कार्यक्रममा यात्रुहरुलाई पुष्पगुच्छा प्रदान गर्दै तपाईको यात्रा शुभ रहोस् भन्दै डिआइजी जोशीले दशैं तथा दिपावलीको समेत शुभकामना दिए ।

यात्राका लागि गाडिमा बसिरहेका यात्रुहरु र चालक समेत यस कार्यले हर्षित भएका थिए । कार्यक्रममा सुर्खेत जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिल्ली राज पन्तले चालक चनाखो हुन सकेको खण्डमा दशैं तिहार जस्ता पर्वहरुको समयमा मात्र नभई सधैंको लागि सवारी दुर्घटनालाई न्यूनिकरण गर्न सकिने बताए । ट्राफिक प्रहरुलिे आफ्नो कर्तव्य र जिम्मेवारीलाई कुशलता पूर्वक पूरा गर्ने बताउँदै कर्णाली ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख रामेश्वर प्रसाद यादवले सबैले आफ्नो जिम्मेवारी निर्वाह गर्न सबै ट्राफिक प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत गरेका थिए ।

सर्वसाधारणहरुलाई तोकिएको गन्तव्यमा पु¥याउनु यातायात व्यावसायिकहरुको कर्तव्य भएकोले त्यस तर्फ सचेत रहन यातायात व्यावसायीहरुलाई एसपी यादवले आग्रहसमेत गरेका थिए ।