२०७७ मंसिर १०, बुधबार

३ श्रष्टा सम्मान

cropped-logosसुर्खेत, भाद्र १० । 

मध्यपश्चिमाञ्चल गजल मञ्चले आफ्नो दोस्रो बार्षिकोत्सवको अवसरमा तीन स्रष्टालाई सम्मान गरेको छ । नेपाली गजलको क्षेत्रमा विशेष योगदान दिएको भन्दै दाङ स्थायी निवासी गजलकार टीकाराम उदासीलाई ‘मोती साधना सम्मान २०७३’ प्रदान गरेको छ ।

मध्यपश्चिमाञ्चल गजल मञ्चले यसै वर्षदेखि प्रत्येक वर्ष प्रदान गर्ने गरी स्थापना गरेको ‘मोती साधना सम्मान’ पहिलो पल्ट उदासीलाई प्रदान गरेको हो । त्यस्तै गजल मञ्चको संस्थागत विकासमा विशेष योगदान गरेको भन्दै कालीकोट स्थायी निवासी गजलकार पुष्प आचार्य ‘पीडित’ र दाङ जन्मथलो भई सुर्खेतलाई आफ्नो कर्मथलो बनाएका चर्चित गजलकार ऋषि शर्मा ‘सुदामा’ लाई ‘मध्यपश्चिम गजल सम्मान २०७३’ प्रदान गरेको छ ।

बार्षिकोत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि साहित्यकार डा. महेन्द्र कुमार मल्लले मध्यपश्चिमाञ्चल गजल मञ्चले आयोजना गरेको यो कार्यक्रम र यस संस्थाले गरेका कार्यहरुको स्रहाना गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष खगेन्द्र अधिकारी ‘अमृत को सभापतीत्वमा भएको हो ।