२०७७ मंसिर १५, सोमबार

जिशिअ हमाललाई नागरिक अभिनन्दन

jiसुर्खेत, भदौ १० ।
सुर्खेतका जिल्ला शिक्षा अधिकारी दीपा हमाललाई नागरिक अभिनन्दन गरिएको छ । सुर्खेत महिला जेसीजले हरेक वर्ष गर्दै आएको नागरिक अभिनन्दनबाट यस वर्ष जिल्ला शिक्षा अधिकारी हमाललाई गरिएको हो ।

जेसीज सप्ताह २०७३ को अन्तिम दिनमा महिला भएर शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गरी आम महिलाहरुको प्रेरणा बनेको भन्दै वर्ष २०१६ को उत्कृष्ट नागरिक अभिनन्दनद्वारा हमाललाई सम्मान गरिएको हो ।

सम्मान ग्रहण पछि जिल्ला शिक्षा अधिकारी हमालले समाजमा अहिले पनि लैंगिक विभेद हुनुको प्रमुख कारण महिला बेरोजगारी हुन भएको भन्दै सरकारले महिलालाई स्वरोजगार बन्नेतर्फ प्रेरित गर्ने कार्यक्रम ल्याउनुपर्ने बताइन । पारिवारिक सहयोग बिना महिला अगाडी बढ्न नसक्ने भन्दै उनले महिलाहरु धेरै भूमिकामा बाधिने भएकाले नेतृत्व तहमा पुग्न नसकेको उल्लेख गरिन् ।

सुर्खेत महिला जेसीजले आफ्नो सप्ताहमा, नेतृत्व विकास सम्बन्धी तालिम, रक्तदान, राहात वितरण, नृत्य प्रतियोगिता लगायतका कार्यक्रमहरु पनि गरेको थियो । सप्ताह औपचारिक रुपमा मंगलबार सम्पन्न भएको छ । सप्ताहको समापन सुर्खेत महिला जेसीज वर्ष २०१६ का अध्यक्ष प्रतिमा मल्लाहाको अध्यक्षतामा गरिएको हो ।