२०७७ कार्तिक ११, मंगलवार

स्थानिय तहले वैदेशिक रोजगार रोक्ने नीति कहिले ल्याउने ?

सुर्खेत। देशमा रोजगारीको अवसर नपाएपछि बेरोजगार युवा विदेशिने क्रम दिन प्रतिदिन बढिरहेका बेला सरकारले स्वदेशमै रोजगारिको सृजना गर्नुपर्नेमा यूवाहरुले जोड दिएका छन । एकाउन्टबिलिटी ल्याबले मंगलबार वीरेन्द्रनगरमा आयोजना गरेको स्थानिय तहको निती निर्माणमा बैदेशिक रोजगार विषयक छलफलमा सहभागी सुर्खेतका यूवाहरुले यस्तो बताएका हुँन । देशका लागी चाहिने आवश्यक उर्जावन जनशक्ति ठुलोमात्रमा दिनहुँ बिदेशिदा पनि सरकारले यस्लाई गम्भिरताका साथ नलिएको भन्दै उनिहरुले दुख समेत व्यक्त गरे । कार्यक्रम्मा बोल्दै एकाउन्टबिलिटी ल्याबका प्रतिनिधी एवंम तन्नेरी चासो सुर्खेतका अध्यक्ष दिनेश गौतमले स्थानिय तहले बाटो र विद्युत लगाएतका विषयलाई प्राथामिक्ता दिए पनि बैदेशिक रोजगारको विषय भने छुन नसकेको भन्दै यस्लाई व्यवस्थित बनाउँने काम राज्यको नै दायीत्य भएको भएको बताउनुभयो ।

स्वदेशमै केही उद्यम गर्न चाहाने यूवाहरुलाई सहजै व्यवसाय गर्ने वातावरण नभएको भन्दै गौतमले सरकारले प्रदान गर्ने अनुदानमा यूवाहरुलाई बाईस गरिने, झण्जटिलो व्यवसाय दर्ता प्रकृया र अव्यवसस्थित कर प्रणाली नै बाधक भएको बताउनुभयो ।

त्यस्तै यूवा गैरसरकारी संस्था कर्णाली प्रदेशका अध्यक्ष गगंनसिह ठकुरीले यूवाहरुलाई उद्यमशिलतामा आक्रर्शन गर्न सरकारले केही गर्ने ईच्छा शक्ति भएका तर आर्थिक अभाब भएका यूवाहरुलाई सुन्य लगानिमा व्यवसाय गर्ने वातावरण तयार पार्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै भैरब यूवा शसक्तिकरण केन्द्रका अध्यक्ष ललित भट्टराईले स्थानिय तहको आवश्यकतालाइ पहिचान गरि यूवाहरुलाई स्वदेशमै स्वरोजगारमुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

स्वदेशमै रोजगारीको सम्भावना नहुँदा हजारौं युवाहरु विदेशिन बाध्य भएका हुन । स्थानीय सरकारहरुले पनि यूवा रोजगारीमा त्यति चासो नदिएकाले विदेश जाने यूवाको संख्या बढ्दै गएको पाईन्छ । विदेशबाट कमाएको पैसाले घरधन्दा धान्नका लागि यूवाहरु विदेशिने गरेका हुन । यस अवस्थामा यहाँका स्थानीय तहहरुले युवा स्वरोजगारका कार्यक्रम ल्याउन आवश्यक देखिन्छ ।