२०७७ मंसिर १३, शनिबार

लाइन्स क्लव अफ शिवविहारको अध्यक्षमा श्रेष्ठ

cropped-cropped-logos-1.jpgसुर्खेत, भदौ १० ।
लाइन्स क्लव अफ सुर्खेत शिवविहारको अध्यक्षमा मिलन श्रेष्ठ चयन भएका छन् । लाइन्स क्लव अफ सुर्खेत शिवविहारको बिहीबार भएको भेलाले श्रेष्ठलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

यस्तै, भेलाले प्रथम उपाध्यक्षमा बालकृष्ण श्रेष्ठ, द्धितीय उपाध्यक्षमा प्रवेशमान मानन्धरलाई चयन गरेको छ । २० सदस्यीय कार्यसमितिको सचिवमा लवमान श्रेष्ठ र कोषाध्यक्षमा सुवास श्रेष्ठ चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष मिलन श्रेष्ठले आफ्नो पदभार ग्रहण गर्दै लाइन्स क्लव आफ सुर्खेत शिवविहारलाई सामाजिक सेवाको काममा थप क्रियाशिल बनाउने प्रतिबद्धता व्यक्त गरे । आफूलाई अध्यक्षको जिम्मेवारी दिएकोमा लायन्सहरुलाई धन्यवाद समेत व्यक्त गरेका छन् ।

भेलाका प्रमुख अतिथि रिजन चियर पर्सन लायन कल्पना कार्कीले नयाँ गठित कार्यसमितिलाई बधाई दिँदै आफ्नो कार्यकाल सफलताको लागि शुभकामना दिएकि थिइन । यसैगरी भेलामा विशेष अतिथिका रुपमा जोन चियर पर्सन एमजेएफ लायन विजय पराजुलीले पनि आफ्नो भनाई राखेका थिए । नव गठित समितिमा शिक्षा निर्देशकको रुपमा लोकप्रसाद ढकाल, स्वास्थ्य निर्देशकमा दुर्गाप्रसाद श्रेष्ठ, आर्थिक निर्देशकमा राजनप्रकाश शाक्य चयन भएका छन् ।

यसैगरी कयाविनेट सदस्यहरुमा लोकप्रसाद ढकाल, दलबहादुर खत्री, हरीविक्रम जिसी, विष्णुविक्रम जिसी, ईश्वर कुमार श्रेष्ठ, अजय कार्की, अम्मरबहादुर शाही, गोरख रावत र सुरेश मानन्धर चयन भएका छन् । कार्यक्रममा डिस्ट्रक अफिसरहरु लायन्स दिपककुमार पन्त, बसन्तकुमार रेग्मी, किशोरकुमार रेग्मीले शुभकामना मन्तव्य राखेका थिए ।