२०७७ कार्तिक ११, मंगलवार

चन्द समूहका नगर इन्चार्ज पक्राउ

सल्यान — नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका बन्गाडकुपिण्डे नगरपालिका इञ्चार्ज कालुराम बादीलाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी, विशेष ब्युरोले बादीलाई च्यूराबाट पक्राउ गरेको हो । टोलीले उनलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, सल्लीबजारमा बुझाएको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी ढकेन्द्र खतिवडाका अनुसार सरकारले चन्द समूहमाथि प्रतिबन्ध लगाएपछि करिब दुई दर्जन कार्यकर्तालाई पक्राउ गरिएको छ ।ekantipur