२०७७ कार्तिक ४, मंगलवार

५ नम्बर प्रदेशकी मन्त्रीले जब कर्णालीमा धान काटिन् (फोटो फिचर)

सुर्खेत ।प्रदेश नम्बर ५ की भुमी व्यवस्था कृषी तथा सहकारी मन्त्री आरती पौडेलले सुर्खेतका विभन्न स्थानको अवलोकन गरेकी छन् । स्थानीय स्तरबाट सन्चालन गरिएका विभिन्न कृषी फर्म,कृषी विद्यालय तथा कृषी सहकारी र समुहहरुको अबलोकन गरेकी हुन् ।

मन्त्री पौडेलले सुर्खेतको बराह ताल गाउपालीकामा रहेको जनज्योति माध्यामीक विदालय र सो संग सम्बन्धीत रहेका समुह तथा कृषी र्फमहरुको अवलोकन गरेकी हुन् । तिहार विदाको सदुपयोग गर्दै मन्त्री केसी प्रदेश ५ बाट कर्णाली प्रदेशमा आएकी हुन् । सो अबसरमा बड्डस्चौरमा रहेको जनज्योति माध्यामिक विद्यलायकका प्रधानध्यापक नारायण सिग्देलले जनजिविका संग सम्बन्धीत काम गरे तीनै तहका सरकार जनताको नजरमा हाइ हाइ हुने बताएका थिए ।

त्यसको प्रतिक्रिया दिदै मन्त्री पौडेलले आफ्नो क्षेत्रमा आफुले सकेको काम गर्ने र कृषी क्षेत्रमा आमुल परिवर्तन गर्ने बताईन । मन्त्री पौडेलले समग्र जनताको माग र अपेक्षाका आधारमा आफुले योजना छनौट गर्ने काम गरेको र सोहि बमोजीम आफुले बजेट खर्च गर्ने धारणा राखीन् ।