२०७७ मंसिर १६, मंगलवार

जीप दुर्घटना हुँदा पाँच जना घाईते

imagesजाजरकोट, भदौ १० । यातायात चलाउन अनुमती नभएको सडकमा चलाउदै आएको जीप दुर्घटना हुँदा ५ जना घाईते भएका छन् ।

खगेनकोट ८ बगराबाट रग्दा तर्फ जाँदै गरेको ग १ ज. ५८१२ नम्बरको जीप रग्दा गाविस वडा नं ४ मा दुर्घटना हुँदा रग्दा ४ बस्ने बर्ष ३० को बुद्धि राउत , १८ वर्षिय भविन्द्र राउत, २७ वर्षिय सुरेन्द्र थापा, २८ वर्षिय महेश राउत र २९ वर्षिय अर्जुन राउत घाईते भएका छन् ।

घाईतेको रुकुमको राडीवजारमा रहेको सिस्ने पोलिक्लिनिकमा उपचारका लागी पठाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । जीप सडकवाट झण्डै ५० मिटर तल भेरी नदीमा खसेको थियो ।