२०७७ कार्तिक १०, सोमबार

कर्णाली प्रदेश सरकारको अनुदानका भैंसी, कोही थारै, दुई भैंसी मरे

सुर्खेत । कर्णाली प्रदेश सरकारले गएको जेठ २३ गते बराहताल गाउँपालिकाको वडा नं. ८ सुनद्वारी दुग्ध उत्पादन समुहमा रहेको जनज्योति कृषि तथा पशुपालन सहक ारी स ंस्था लिमिटेडले ओदानतालमा एक सय भन्दा बढी भैंसी वितरण ग¥यो । भूमि व्यवस्था कृषि तथा सहक ारी मन्त्रालयको ७० प्रतिशत कैलालीबाट भैंसीहरु खरिद गरिए । बराहतालको १० ओदानतालमा ४१ ओटा भैंसी तथा एक राँगा वितरण गरियो । बराहताल गाउँपालिका वडा नम्बर ८ सुनद्वारीमा ६० वटा भैंसी सुनद्वारी दुग्ध उत्पादन तथा पशुपालन समूहले वितरण ग¥यो ।

समूहले भैंसी वितरण गर्दा स्थानीय धनबहादुर सुनार अत्यन्तै हर्षित भए । २५ हजार रुपैयाँ लगानी गरेर १ लाख १८ हजारको भैंसी पाउँदा खुशी लागेको उनले बताए । ‘भैंसी ल्याएको पाँच महिनासम्म मैंले घरमा भैंसी पालेँ,’ उनले भने, ‘तर भैंसी थारो नै रह्यो, पाँच हजार नाफा खाएर ३० हजारमा भैंसी बेचिदिएँ ।’ उनले भैंसी लिँदा २५ हजार मात्र दिएका कारण पाँच हजार नाफा खाएर विक्री गरेका हुन् । तर उक्त भैंसीको मूल्य १ लाख १८ हजार थियो । यसले गर्दा अनुदान दिने प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई सोझै ८८ हजार घाटा प¥यो । ‘घरमा राखेर मात्रै के गर्नु उत्पादन नै नदिने भएपछि थारो नै भएका कारण ऋण बढदै गयो ।’ आम्दानीको अन्य श्रोत नभएका कारण उनी अर्को भैंसी खरिद गर्ने निष्कर्षमा पुगिन । ‘मैले भैंसी ४० हजारमा विक्री गरें र थप ४० हजार थप गरेर मैले गाउँबाटै अर्का भैंसी खरिद गरेकी हुँ ।’ उनले पाएको भैंसीका मूल्य एक लाख १५ हजार भएपनि उनले भने उक्त भैंसीका कारण थप ४० हजार तिर्नुप¥यो ।

‘नाम संस्थाको भएपनि मैले भैंसीका लागि ६५ हजार रुपैंया तिरें । मेरालागि अनुदान भन्ने कुराले केहि अर्थ राखेन ।’ बराहताल कै १० न म्ब रक ा े घौंचापानीका भत्त बहादुर शाहीले पनि एक भैंसी पाए । उनले पाएको भैंसीले न घाास नै खायो न त भैंसी साय नै गयो । उनले पनि ६ महिनासम्म भैंसी पाले तर भैंसी पालेर आम्दानी नहुने देखेपछि उनले उक्त भैंसी विक्री गर्ने निष्कर्षमा पुगे । ‘भैंसी पालेर मात्रै केही आम्दानी नभएका कारण मैले अर्को भैंसी खरिद गर्ने निर्णय गरें ।’ उनले भने, ‘थप चालीस हजार खर्च गरेर अर्को भैंसी ल्याएको छु । पौस महिनामा भैंसी ब्याउनेछ ।’ उनले संस्थाहरुको लापरवाहीका कारण आफूहरुले भैंसीमा नोक्सान व्यहोर्नुपरेको बताए । बराहतालमा मात्रै तीन ओटा भैंसी थारो रहेका छन् भने ५ ओटा भैंसी फेरबदल वा विक्री वितरण गरिएको पाइएको छ । सुनद्धारीमा दुइ ओटा भै ंसीक ो मृत्यु भइसकेक ो छ । सुनद्धारीमा मृत्यू भएका भैसी पाडो जन्माउन नसकेका कारण भएको स्थानीयको भनाई छ ।

‘हावापानी नमिलेका कारण भैंसीले पाडा पाडी जन्माउन सकेनन् ।’ स्थानीयले भने, ‘दुइ ओटा भैंसी मरेका छन् ।’ अहिले सुन्द्धारीमा ५८ ओटा भैंसी रहेका छन् । जनज्योती सहकारीका सचिव मेखलाल सलामीले पशु विज्ञ केन्द्रका कारण राम्रा भैंसी ल्याउन नसकिएको बताउँछन् । ‘गाउँमा कैलालीबाट ल्याइएका भैंसीहरुको अधिकतम मूल्य ७० हजार हुनुपर्ने थियो तर हामीलाई १ लाख १५ हजार रुपैंया पारिएको छ ।’ उनले भने, ‘हामीले कर्णाली प्रदेश बाटै भैंसी खरिद गरौं भन्दा केन्द्रले मान्दै मानेन । बाहिरबाट मात्रै भैंसी ल्याउनुपर्ने र भ्याट विल अनिवार्य चाहिने भनेका कारण हामीले यस्तो भैंसीलाई राख्न बाध्य भएका हौं ।’ स्थानीय खिमबहादुर सलामीले आफुहरुले एक लाख १५ हजार रुपैंया भैंसी पालकलाई नै दिन भनेपनि केन्द्र तथा सहकारी संस्थाका अध्यक्षले बाहिरबाट मात्रै भैंसी ल्याउनुपर्ने बताएको आरोप लगाए ।

‘हामीले पहिले नै भनेका थियौं । हामीलाई नगद दिनुहोस १५ दिनभित्र भैंसी ल्याउँछौं ।’ उनले भने, ‘तर उहाँहरुले मान्नु नै भएन । अहिले न त भैंसीले पर्याप्त दुध दिएका छन् न त भैंसी साय गएका छन् ।’ उनले जथाभावी भैंसी खरिद गरेका कारण रुपमा किसानले लाभ लिन नसकेको उनको भनाई छ । सहकारी संस्थाका अध्यक्ष इन्द्रभक्त सुनारले हतार भएका कारण भैंसीहरु खरिद गरिएको बताए । ‘सुरुमा ल्याएका १२ ओटा भैंसीको अवस्था राम्रै थियो ।’ उनले भने, ‘तर त्यसपछि ल्याइएका भैंसी बाध्यतावस खरिद गर्नुपरेका कारण केहि भैंसी थारो रहेको र केहि मरेका हुन ।’ यद्यपी उनले कर्णाली प्रदेशमा ती भैंसीको मूल्य बढिमा ७० हजार सम्म पर्ने स्वीकार गरे । ‘पहिलो चरणमा ल्याएका भैंसी ठिकै थिए ।’ उनले भने, ‘दोश्रो चरण्मा ल्याइएका भैंसी बाध्यताबस ल्याएका हौं । या त बजेट फिर्ता गर्नुपर्ने थियो या त भैंसी ति बाहेक अन्य ल् याउन सकिन े अवस् था थिएन ।’ उनले भैंसी विक्री गर्न नपाइने, विक्री गरेपनि भैंसीको स्थानमा भैंसी नै तीनवर्षसम्म ल्याउनुपर्ने प्रावधानका साथ भैंसी वितरण गरिएको दाबी गरे । यता, तत्कालिन पशु सेवा विज्ञ केन्द्रका प्रमुख कपिल उपाध्यायले भने भैंसी खरिदमा कार्यालयको कुनै पनि संलग्नता नरहेको बताए । ‘हामीले ती सहकारी संस्थाहरुसँग स्वस्थ्य भैंसी खरिद गर्न सम्झौता गरेका थियौं ।’ उनले भने, ‘सोही बमोजिम भैंसी आएपछि भ्याट विलको आधारमा हामीले भुक्तानी दिएका हौं ।

हामीले उहाँहरुलाई भैंसी छानेर ल्याउन भनेका थियौं ।’ उनले सहकारी संस्थामा खरिद समिति समेत गठन गरिएको र उहाँहरुले के कस्तो भैंसी ल्याए र कसरी ल्याए भन्ने बारेमा आफूहरु जानकार नभएको बताए । ‘भैसी उहाँहरुले नै रोजेर ल्याउनु भएको हो ।’ उनले भने, ‘त्यसमा हाम्रो कुनै पनि हात छैन । हामी गएको बेलामा उहाँहरु खुशी नै हुनुहुन्थ्यो ।’ तर प्रमुख उपाध्यायले सबैं भैंसीको आफूहरुले अनुगमन गर्न कामको बोझका कारण नसकेको स्वीकार गरे । ‘कर्मचारी कम थिए । दैलेख र सुर्खेतका सबै स्थानमा पुग्नुपर्ने बाध्यता थियो ।’ उनले भने, ‘त्यो बेला समय अभाव र हतार भएका कारण हामीबाट पनि केहि कमजोरी भएका होलान तर हामीले कसैबाट कुनै कमिसन खाने वा जर्बजस्ती भैंसी भिडाउने काम भने गरेनौं ।’ उनले सुर्खेतमा दुध उत्पादन बढाउने भनेको र त्यहि आधारमा अन्य प्रदेशबाट भैंसी थपेको खण्डमा दुधको मात्रा बढने भएका कारण आफुहरुले अन्य प्रदेशबाट भैंसी खरिद गरि ल्याउन आग्रह गरेको बताए ।