२०७७ कार्तिक ७, शुक्रबार

रोजीरोटी नै खोसियो – फुटपात व्यावसायी

सुर्खेत ।
विरेन्द्रनगर नगरपालीकाले मंगलगढी क्षेत्रको फुटपाट खाली गरेसंगै फुटपाट व्यवासायीहरुले त्यसको विरोध गरेका छन । फुटपात व्यावसायवाट दैनिकी चलाउदै आएकोमा आफुहरुको रोजीरोटी नै खोसको भन्दै व्यबसायिहरु आक्रोशित बनेका हुन् ।


करिव १ सय ५ को संख्यामा फुटपातमा व्यावसाय गर्दै आएका उनीहरुले नगरपालिकाले वैकल्पीक व्यवस्था गर्नुपर्ने समेत माग गरेका छन् । फुटपात व्यवसायले सडक अस्त व्यस्त बनेको स्वीकार गर्दै उनीहरुले वैकल्पीक व्यवस्था नगरे आफुहरु आन्दोलनमा जाने चेतावनी समेत दिएका छन । मंगलगढी फुटपात व्यावसायी संघका अध्यक्ष प्रदिप माकुनेले आफुले रहरले फुटफातमा व्यावसायी नगरेको बताउदै वैकल्पीक व्यवस्था नगरे आफुहरुको दैनिकी नै चल्न नसक्ने बताए ।
सोही क्षेत्रमै कस्मेटीक व्यवासया गरिरहेकी हेम कुमारी शारुले फुटफात व्यावसायले नै परिवार पाल्दै आएको बताए । आक्रोशित रुपमा देखीएका व्यवासयीहरु वैकल्पिक व्यवास्था नगरे जुनसुकै कदम चाल्ने पनि चेतावनी दिएका छन । रुपमा नगरपालिकाले वैकल्पिक व्यवस्था गर्नुपर्ने बताए ।
एक महिला भएकोले आफ्नो घर नै नभएको उनले बताईन । ८ ,१० वर्ष देखी रोजीरोटी गर्दै आएकोमा नगरपालीकाले एक्कासी मारमा पारेको आरोप लगाउनुभयो । भाडामा वस्न नसक्ने स्थिीती रहेको उनको भनाई छ ।
अर्कि व्यावसायी सुनिता शाहीले सामान्य सूचना दिएर उठाएको बताईन । हिजो साढे ६ बजे एक्कासी डोजर लगाएको बताइन । बाध्यताले सडक छेउमा व्यावसाय गर्न बाध्य भएको उनको भनाई थियो ।
फुटपाटमा व्यवासाय गर्न नपाउदा आफुहरुको रोजीरोटी नै खोसिएको उनिहरुको गुनासो छ । बालबच्चा नै विचल्लीमा पर्ने उनिहरुको गुनासो छ । एकल महिला भएकोले भाडामा व्यापार गर्न नसक्ने समेत बताएका छन । व्यापार शुरु गर्दा ५ सय लिने गरेको उनिहरुको गुनासो छ ।