२०७७ कार्तिक ४, मंगलवार

आज सुर्खेतमा ‘सप्तरंग’ ७ कलाकारको प्रस्तुती एउटै मन्चबाट

सुर्खेत ।
शान्ति र सद्भावका लागी सप्तरंग यात्राका क्रममा राष्ट्रिय स्तरका कलाकारहरुले सुर्खेतमा सांगितिक प्रस्तुती देखाउने भएका छन् । उक्त कार्यक्रमलाई कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेनद्रबहादुर शाहीले उदघाटन गर्ने आयोजकले जानकारी दिएको छ ।

पर्यटन वर्ष २०२० लाई प्रवद्र्घन गर्ने उदेश्यले पहिलो पटक राष्ट्रिय स्तरका अनुहारहरु सुर्खेत आएका छन । कलाकारहरु महानायक राजेश हमाल, हास्यकलाकार जितु नेपाल, लोक गायक प्रकाश सपुत, मेलीना राई, सुगम पोख्रेल, र नेपाल आईडल रबि ओडको कार्यक्रममा उपस्थिति रहनेछ ।

गृष्मा ब्रोडकास्टीग नेपालको आयोजनामा काफिया मिडिया सेन्टर नेपाल, सुर्खेतले कार्यक्रमको संयोजन गरेको हो । हाम्रो नयाँ नेपाल दैनीक र प्रदेश एफ एम नेटवर्कको मिडिया पार्टनको भूमिका निर्वाह गरेको कार्यक्रममा उल्लेख्य दर्शकको सहभागी रहने आयोजकले विश्वास लिएको छ ।

सरकारले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन विभिन्न क्षेत्रबाट प्रचार प्रशार गरिरहेको छ ।

नेपाल भ्रमण वर्षलाई लक्षित गरी सात वटै प्रदेशमा कलाकारहरुले सप्तरंग यात्रा मार्फत प्रस्तुती दिदै आएका छन । आज दिउँसो साढे २ बजे देखी सुर्खेत स्थिीत सामाजिक विकास मन्त्रालय नजिकको खुल्ला मैदानमा कार्यक्रमको आयोजना गरिएको काफिया मिडिया सेन्टरका संचालक गणेशकन्चन भारतीले जानकारी दिए ।
‘सप्तरंग’ मार्फत् सातै प्रदेशमा जोडिएर कलाकारको सहकार्यमा सचेतना फैल्याउने कार्यक्रम रहेको गृष्मा ब्रोडकास्टिङका अध्यक्ष गृहेन्द्र घिमिरेले बताए ।

साथै सातै प्रदेशमा रहेका समस्यालाई सचेतनामार्फत् समधान गर्ने हाम्रो प्रयास पनि सो क्रममा गरिने आयोजकले जनाएको छ । कला संस्कृतिलाई उजागर गर्दै गत बुधवार देखी झापाको बिर्तामोडबाट कार्यक्रम शुरु गरिएको थियो ।

विर्तामोडलगत्तै कात्तिक २२ मा वीरगन्ज, २४ मा चितवन, २६ मा नेपालगन्ज, २८ भोली सुर्खेत , ३० गते मा महेन्द्रनगर र मंसिर ४ गते पोखरा पुगेर कार्यक्रमको समापन हुनेछ आयोजकले जनाएको छ । कलामार्फत समस्या समाधान गर्न सकिने अपेक्षासहित आफुहरु कर्णाली आएको उनीहरुको भनाई थियो ।

कार्यक्रममा सहभागि हुन कलाकारको आग्रह

कार्यक्रममा सहभागि भइ मनोरञ्जन लिन कलाकारहरुले आग्रह गरेका छन् । महानायक राजेश हमाललगायतका कलाकारले निःशुल्क रहेको उक्त कार्यक्रममा सहभागि बन्न आग्रह गरेका हुन । नेपाल आइडल पछि पहिलोपटक सुर्खेत आएका सुदुर पश्चिमका चेला रवि ओडले आफुले देउडा गाउने बताउँदै सबै देउडापारखीहरुलाई उपस्थित भइदिन आग्रह गरेका छन् । कार्यक्रम दिउसो साढे दुइ बजे मंगलगढी चोकबाट ¥याली सुरु भइ आँखा अस्पताल नजिकको मैदानमा सम्पन्न हुने बताइएको छ ।