२०७७ कार्तिक ९, आईतवार

कोरिया रिर्टन्स ग्रुप गठन

सुर्खेत ।
दक्षिण कोरियामा रोजागारी गरेर फर्केका सुर्खेती युवाहरुले ‘कोरिया रिर्टन्स ग्रुप’ (कोरियाबाट फर्किएका युवाहरुको समूह) गठन गरेका छन् । दक्षिण कोरियामा आर्जन गरेको सीप र आम्दानीलाई सामूहिक रुपमा लगानी गरेर उद्यम गर्ने, रोजगारी सृजना गर्ने, सामाजिक सेवा गर्नेलगायतका उद्देश्य राखेर कोरियाबाट फर्केका युवाहरुले उक्त समूह गठन गरेका हुन् ।

निरेन्द्रबहादुर थापा (सानु)को अध्यक्षतामा गठन गरिएको समूहमा टोपबहादुर गरंजा उपाध्यक्ष, डायमण्डज्योति शर्मा महासचिव, कृष्ण अधिकारी सचिव र अशोक रावत कोषाध्यक्ष छन् । यस्तै जीवन रोकाय, सुनिल गहतराज, प्रकाश जोली, डिल्ली प्रसाद अधिकारी, रुद्र अधिकारीलगायत समूहको सदस्य रहेका छन् ।

दक्षिण कोरियाबाट घर फर्केका र दशैं तथा तिहारको विदामा घर आएका युवाहरुबीच बुधबार भएको भेलाले कार्यसमिति चयन गरेको हो । दक्षिण कोरियामा क्रियाशिल सुर्खेती समाज दक्षिण कोरियाको सहकार्य रहने गरी सुर्खेतमा समूह गठन गरिएको जनाइएको छ ।
सुर्खेती समाज दक्षिण कोरियाका निर्वतमान अध्यक्ष तुलस गुरुङको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरिएको छ । सल्लाहकार समितिमा लक्ष्मीनारायण वस्नेत, केशव तिवारी, लक्ष्मी ढकाल, विकास मल्ल, लोकेश खत्रीलगायत रहेका छन् ।