२०७७ कार्तिक ६, बिहीबार

नन्दा बस्याल धिरेन शाक्यकी ‘गाजले’ बनेपछि

खेलाडी तथा नायिका नन्दा बस्याल चर्चित तथा सदाबहार नायक धिरेन शाक्यकी ‘गाजलेको रुपमा सार्वजनिक हुनुभएको छ । लामो समयपछि पुनरागमन गर्नुभएका शाक्य पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वत, तनहुँ, कास्की, बाग्लुङ्, प्युठान लगायत नेपालको पश्चिम क्षेत्रमा गाइने मौलिक झ्याउरे लयको गीत ‘गाजले’मा सार्वजनिक हुनुभएको छ ।

चर्चित गायक अर्जुन कौशलको गीत ‘गाजले’ मा कौशल र चर्चित गायिका शान्तिश्री परियारको स्वर रहेको छ । लय संयोजनसमेत कौशलले गर्नुभएको गीतको शव्दसमेत कौशल र पवन परियारले गर्नुभएको हो । उच्च गुणस्तरमा तयार भएको गीतको भिडियो शिव वि.क.ले निर्देशन गर्नुभएको हो भने सम्पादन पदम सुवेदीले गर्नुभएको छ । नायिका बस्यालकाअनुसार यो भिडियो अहिले सम्मकै उच्च गुणस्तरका सामग्री र मेहनतका साथ तयार गरिएको छ । साथै नेपाली लोक संगीतमा मौलिकता हराउन नदिन पनि यसले मद्दत गर्ने अपेक्षा गरिएको नायिका बस्यालले बताउनुभयो । हेर्नुहोस् भिडियोः

https://youtu.be/AjWjvYHK6Z8