२०७७ कार्तिक ५, बुधबार

नेपाल भ्रमण वर्ष २०२०ः कर्णालीमा कमजोर तयारी, चहल पहलै भएन

सुर्खेत । कर्णाली प्रदेश सरकार गठन भएको २० महिना पुगेको छ । यो अवधिमा कर्णाली प्रदेश सरकारले धेरै मन्त्री परिषदका बैठक बोलाई विभिन्न निर्णय गरिसकेको छ तर ती निर्णयहरु कार्यान्वयनमा भने सरकारको अवस्था दयनीय नै बनेको छ । कर्णाली प्रदेश सरकारले २०७४ फागुन ६ गते बसेको बैठकबाट एक महत्वपूर्ण निर्णय ग¥यो । उक्त निर्णय अनुसार कर्णाली सरकार पर्यटन कर्णाली समृद्धिको आधारको रुपमा लिदैं २०७५ बैशाख देखि चैत सम्मलाई कर्णाली भ्रमण वर्षको रुपमा मनाउने गरि अघि बढ्यो । वैशाख एक गते कर्णाली भ्रमण वर्षको प्रधानमन्त्री केपि शर्मा ओलीले विधिवत रुपमा उद्घाटन गरेका थिए ।

उनले उद्घाटन गरेसँगै कर्णालीमा पर्यटकको संख्यामा भारी वृद्धि हुने अपेक्षा कर्णाली प्रदेश सरकारको थियो, अहँ तर त्यसो हुन सकेन । प्रदेश सरकारले उतिबेला निर्णय नै गरेको थियो, एक वर्षको अवधिमा हामी पाँच लाख पर्यटक भित्र्याउँछौं भनेर तर उक्त निर्णय अध्ययन विनै गरिएको स्वयं मन्त्री नै स्वीकार्छन । ‘हामीले हतारमा निर्णय गरेका थियौं ।’ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले एक सार्वजनिक कार्यक्रममा भनेका थिए, ‘त्यसैले यो वर्ष हामीले त्यो संख्या घटाएर एक लाख बाह्य पर्यटक मात्रै ल्याउने टार्गेट सार्वजनिक गरेका हौं ।’ यद्यपी कर्णाली प्रदेशमा अहिले बढिमा २० हजार जति मात्रै विदेशी पर्यटक आउने तथ्यांक रहेको बताउँछन् ।

‘अहिले कर्णालीमा बढिमा २० हजार जति बाह्य पर्यटक आउने गरेको विभिन्न तथ्यांकले देखाएका छन् ।’ उनले भने, ‘चार गुणा बढी पर्यटक ल्याउनु हामी सबैका लागि चुनौतीनै छ ।’ पर्याप्त मात्रामा कर्णालीमा पर्यटक भित्र्याउन नसकिनुको कारण यहाँको भौगोलिक अवस्था अप्ठ्यारो हुनु र कर्णालीमा कमजोर तयारी, चहल पहलै भएन सरकारको प्रचार प्रसार गर्ने तरिकामा मेल नहुनु नै भएको होटल व्यवसायी तर्कबहादुर शाहीको भनाई छ । ‘सरकारे नीजि क्षेत्रको साथ लिने भनेर घोषणा गरेपनि प्रदेश सरकारले साथ लिनै सकेन वा चाहेन ।’ शाही भन्छन्, ‘अर्कातिर भौतिक पूर्वाधार अभाव भएको सन्देश बाहिर जानु पनि कर्णालीमा पर्यटक आउन नसकेका हुन् ।’ सरकारले कर्णाली भ्रमण वर्ष २०७५ मनाईरहँदा राराबाट फर्केका पर्यटक निराश भएको, कर्णाली राजमार्गमा गइरहने पहिरोका कारण पर्यटकले सास्ती खेप्नु परेको, सरकारले राराबाहेक अन्य पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्न नसकेको जस्ता कारणले पर्यटकहरु कम आएको हुनसक्न उद्योग वाणिज्य संघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीको भनाई छ । ‘सरकारले शेफोक्सुण्डो तथा रारातालमा मात्रै ध्यान दिएको पाइयो ।’ उनले भने, ‘तर त्यहाँ पर्यटकहरुलाई उपयुक्त गास बास र कपासको व्यवस्थ ागर्न नसकेको समाचारहरु बाहिर आउँदा त्यसले कर्णाली भ्रमण वर्षलाई नै असर पारेको मैले महसुस गरें ।’ उनका अनुसार सल्यानको कुभिण्डे दह, सुर्खेतका बुलबुले ता, देउती बज्यै, बाँक्रेविहा र, दैलेखक ा विभिन्न पञ्चदेवल, ऐतिहासिक गढी, पञ्चकोशी तिर्थस्थल, क ालिकोटका े पिली, जुम्लाको चन्दननाथ, मुगुको छायानाथ जस्ता पर्यटकीय गन्तब्य ओझेलमा परेका छन् । ‘राज्यले सबैभन्दा पहिले भौतिक पूर्वाधारको विकास गर्नुपर्छ ।

हामी अन्य क्षेत्रमा लगानी गर्न तयार छौं भनेकै छौं ।’ अध्यक्ष शाहीले भने, ‘तर राज्यले पर्याप्त लगानी गर्न नसक्दा हामी पनि केहि गर्न सक्ने अवस्थामा पुगेनौं ।’ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट संघीय राजधानी जोडन बुद्ध एअरको एक जहाजको विकल्प छैन । ‘वीरेन्द्रनगर देखि काठमाडौंँ जानु भन्दा नेपालगञ्ज भएर काठमाडौं हवाई सेवामार्फत जान सस्तो हुन्छ ।’ यात्रु लक्ष्मी वली भन्छिन्, ‘यहाँबाट काठमाडौंको कम्तीमा साढे सात हजार भाडा लाग्छ भने नेपालगञ्जबाट काठमाडौंँ जाँदा ३२ सय सम्ममा जान पाईन्छ । अत्यन्तै महँगो भाडादर भएका कारण पनि कर्णालीमा पर्यटकको संख्यामा कमि भएको हो कि?