२०७७ कार्तिक १५, शनिबार

नेपाल भ्रमण वर्षका कर्णालीमा गफ मात्रै ठुलाः ‘पर्यटन क्षेत्रमा झिँगा नमार्ने’

सुर्खेत । आगामी जनवरी एक तारिख देखि नेपालमा २० लाख विदेशी पर्यटक भिœयाउने भन्दै सरकारले नेपाल भ्रमण वर्ष मनाउने तयारी जोरसोरका साथ चलिरहेको छ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले आफ्ना पर्यटकीय क्षेत्रको बारेमा पर्चा निकाल्ने, तस्वीर राख्ने, मिडियामा विज्ञापन दिने, पर्यटकीय गन्तब्यको परिचय सहितको भिडियो डकुमेन्ट्री बनाउने जस्ता कामहरु गरिरहेका छन् । कर्णाली प्रदेश सरकारले १५ लाख रुपैंया यसैका लागि विनियोजित गरेको छ ।

स्थानीय सरकारहरु पनि सकेजति बजेट भ्रमण वर्षका लागि छुट्याउन े तया री गरिरहेका छन् । कर्णाली प्रदेशमा अहिले खासगरी राराताल, शे–फोक्सुण्डो, काँक्रेबिहार, बुलबुले तालको व्यापक प्रचार प्रसार भएपनि त्यहाँ भौतिक पूर्वाधारको अभाव छ । ‘दोश्रो लुम्बिनीको उपमा पाएको काँक्रेबिहारमा घुम्न आएका थियौं ।’ बुटवलबाट आएका पर्यटक रीता कार्कीले भनिन्, ‘तर यहाँ बस्नहोलागि उपयुक्त स्थान नै रहेनछ् । ढुंगामा रहेको माटो पुछेर बस्नु पर्दो रहेछ ।’ दोश्रो लुम्बिनी भन्दै प्रचार प्रसार व्यापक भएपनि काँक्रेविहार क्षेत्रमा शौचालय छैन । खानेपानीको व्यवस्था पनि छैन । बस्नको लागि सामान्य टेबुल वा बेन्च पनि छैन अथवा भनौं मन्दिर, वाल, गेट र सिंढीबाहेक अन्य कुनै पनि संरचना त्यहाँ छैनन् ।

भोक लागेको खण्डमा त्यहाँ क्यान्टीन नै छैन । केहि व्यापारीहरुले चाउचाउ भने चौतारीमा बसेर विक्री गरिरहेका छन् । काँक्रेविहार वीरेन्द्रनगरमा पर्दछ । कर्णालीको अर्को चर्चित ताल हो राराताल । यसलाई स्वर्गकी अप्सराको उपमा दिने गरिएको छ । सुर्खेतको वीरेन्द्रनगरका यज्ञ खत्री भन्छन्, ‘रारा गइयो । बाटोको अवस्था दयनीय रहेछ ।’ उनी भन्छन्, ‘रारा जान कति किलोमिटर बाँकी छ भन्ने कुरा कहिँ कतै पनि राखिएको देखिएन । सबैलाई सोध्दै जाँदै गरियो । थोरै बाँकी छ ‘पर्यटन क्षेत्रमा झिँगा नमार्ने’ भनेपनि समय भने धेरै नै लाग्यो ।’ राराताल वरिपरि साइकल लेन बनाउने भनिएको थियो । रारामा सुविधा सम्पन्न होटल वा हामस्टे सञ्चालन गर्ने भनियो तर अहिलेसम्म न साइकल लेन नै बनाइएको छ न सुविधासम्पन्न होटल नै सञ्चालनमा आएका छन् । ‘निकुञ्ज भित्र रहेको उक्त तालमा दुइ होटल रहेछन् ।’ उनी भन्छन्, ‘भनेजति पैसा दिएपनि सोचेअनुसारको सेवा सुविधा पाइदैन रहेछ ।’

कर्णाली प्रदेश सरकार, सथानीय सरकारहरुले पर्यटकीय क्षेत्रको विकास गर्ने र समृद्धीतर्फ जाने भन्ने चिल्ला भाषण गर्ने गरेपनि पर्यटकीय क्षेत्रमा झिाँगासम्म मार्न नसकेको उनको टिप्पणी थियो । राराताल मुगु जिल्लाको छायानाथ रारा नगरपालिकामा पर्दछ । रारा तालको वरिपरि बेन्च टेबुलको व्यवस्था छैन । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ढुंगाको सिरानी राखेर सुत्न सक्ने पर्यटक कर्णालीमा आउनुपर्ने भन्दै सार्वजनिक रुपमा आफ्ना सरकारले केहि गर्न नसकेको कुराको संकेत गर्दछन् । ‘कर्णालीको विकास एकै रातमा गर्न सकिने अवस्था छैन । थोरै बजेटमा केहि काम भने गर्न सकिन् थ्या े ।

’ मध्यपश्चिम ाञ्चल विश्वविद्यालयमा आमसञ्चार तथा पत्रकारिता अध्यापन गर्ने उपप्राध्यापक भानु अधिक ारी भन्छन्, ‘संघीय सरकारकै मुख ताक्ने प्रवृत्तिका कारण बेन्च राख्ने वा अन्य सामान्य संरचना बनाउने काम हुन सकेको छैन ।’ कम्तिमा आफ्नो क्षेत्रमा पर्ने पर्यटकीय गन्तब्यलाई सुरक्ष ागर्ने, संरक्षण गर्ने तथा प्रवृद्धन गर्ने कार्य स्थानीय सरकारले पनि गर्न सक्ने उनको भनाई छ । ‘पर्यटकीय स्थलमा सबैभन्दा पहिले भौतिक संरचना निर्माण गर्न आवश्यक छ ।’ उनी भन्छन्, ‘कम्तीमा पर्यटकलाई उचित वातावरण, गास बास, कपासको आवश्यकता पुर्ती हुने खालका संरचना निर्माण गर्न जरुरी छ । मात्र प्चार प्रसार गर्ने गरेको खण्डमा एक पटक आएको व्यक्ति फेरि उक्त स्थानमा जान मान्दैन । राराताल र काँक्रेविहारको अवस्था यस्तो भइसकेको मैले देखेको छु ।’पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल कर्णाली प्रदेशको राजधानीका पर्यटकीय स्थल हेरु हेरु लाग्ने बनाउनु पर्ने बताउँछन् ।

‘राजधानीका पर्यटकीय स्थलमा पर्याप्त पूर्वाधार छैन । सबैभन्दा पहिले यहाँका पर्यटकीय स्थलको स्तरन्नोती, पूर्वाधारको विकास गर्न तीनै तहका सरकारको ध्यान जानुपर्छ ।’ उनले भने, ‘राजधानीका पर्यटकीय स्थलहरुका े अवस्था कमजा ेर भएक ो खण्डमा अन्य जिल्लाको अवसथा के होला भनेर पर्यटक नजाने सम्भावना हुनसक्छ ।’ यतातर्फ सरोकारवाला निकायको ध्यान जानुपर्ने उनको भनाई छ । यता, वीरेन्द्रनगर नगरपालिकाका उपप्मुख मा ेहन माया ढक ालले आफ्ना े कार्यकाल भरि सबै संरचना निर्माण गरिसक्ने दाबी गरिन । ‘मंगलगढी काँक्रेविहार सडक निर्माण र मन्दिर निर्माण गर्ने मुख्य काम हो ।’ उनी भन्छिन्, ‘त्यसपछि अन्य संरचना बनाउने गरी हामी योजना बनाउँछौं ।’ यद्यपी पर्यटकहरुको मागलाई ध्यानमा राखेर नेपाल भ्रमण वर्षको सुरुवात हुनु अघि नै केहि बेन्चहरु काँक्रेविहार क्षेत्रमा राख्न सकिने उनको भनाई छ ।