२०७७ कार्तिक ६, बिहीबार

खार्पुनाथको मतगणना शुरु

खार्पुनाथ गाउँपालिकाको मतगणना भर्खर शुरु भएको छ । बिहान सात बजेदेखि शुरु हुने भनिएपनि मतगणना सम्बन्धमा स्थानीय राजनतिक दलहरू बिच सहमती हुन नसकेपछि लामो समयदेखि अवरुद्ध भएको मतगणना अहिले भर्खर शुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय खार्पुनाथले जनाएको छ ।

खार्पुनाथ गाउँपालिकाको केन्द्र यांचुमा बिहान ८ बजेदेखि बैठकमा बसेका दलहरूले प्रत्येक मतदान केन्द्रको बेग्लै मत गणना गर्ने माग राखेपछि मतगणनामा सहमती जुट्न सकेको थिएन । निर्वाचन टोलीले मतदाताको सुरक्षाको कारण देखाउँदैं कम्तीमा दुईवटा मतदान केन्द्र मत मिसाएर गणना गर्न किने प्रस्तावमा दलहरूले सहमती नजनाएपछि मत गणनाा ढिलो भएको मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिए । उनका अनुसार अहिले १२ बजेतिरदलहरूले निर्वाचन कनून बमोजिम सहमती जनाएपछि मत गणना कार्य सूचारु गरएको हो ।

मुख्य निर्वाचन अधिकृत पौडेलका अनुसार खार्पुनाथ १ र ४ को मतपेटिकालाई एक ठाउँमा गणना गर्न थालिएको छ भने २, ३ र ५ को मतपेटिका एक ठाउँमा राखेर गणना गर्न थालिएको छ । अहिले वडा नम्बर १ लाली र ४ छिप्राको मतपेटिकाको मतलाइ पट्याउने काम भैरहेको छ ।

दुई ठाउँमा गणना गर्न शुरु गरिएको खर्पुनाथको मत परिणाम आउन कम्तीमा २ घण्टा लाग्ने अनुमान गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीको गएको असार ३ गते जिप दुर्घटानमा ज्यान गएपछि रिक्त रहेको उपाध्यक्ष पदकालागि शनिबार उपनिर्वाचन भएको थियो ।