२०७७ मंसिर ९, मंगलवार

मेलमिलापकर्ताहरुलाई पुनर्ताजगी तालिम

cropped-logosसुर्खेत, भदौ ११ । छाप्रे गाविसका मेलमिलापकर्ताहरुका लागि चार दिने पुनर्ताजगी तालिम शुक्रबार वीरेन्द्र्रनगरमा सम्पन्न भएको छ ।

युएसएआइडीको आर्थिक सहयोगमा सञ्चालित साझेदारी विकास परियोजनाअन्तर्गत सेलर्ड सुर्खेतद्वारा सञ्चालित बैकल्पीक द्वन्द्व व्यवस्थापन कार्यक्रमका गाविसस्थित मेलमिलाप कार्यकर्ताहरुका लागि तालिमको आयोजना गरिएको थियो ।

कार्यक्रममा गाउँ स्तरमा कस्ता खालका विवादहरु आउँछन् र त्यस्ता विवादहरुलाई कसरी सहज र सरल ढङ्गबाट समाधान गर्ने लगायतका विषयहरुमा छलफल गरिएको थियो ।

२४ जना मेलमिलाप कार्यकर्ताहरुको सहभागिता रहेको कार्यक्रममा सेलर्डका कार्यक्रम संयोजक उमा भट्टराई, जिल्ला प्रशिक्षक राजेन्द्र भारती र लोकेन्द्र वलीले सहजीकरण गरेका थिए । तालिमको समापन छाप्रे गाउँ विकास समितिका सचिव टोपबहादुर बयकको अध्यक्षतामा भएको थियो ।