२०७७ कार्तिक ७, शुक्रबार

बसपार्क तत्काल सञ्चालनमा ल्याऊ

कर्णाली प्रदेशको राजधानी विगत लामो समयदेखि अस्थायी बसपार्कको भरोसामा चलिरहेको छ । कर्णालीको राजधानी बनेसँगै सवारी साधनहरुको चाप अत्यन्तै बढेको छ । उक्त चापका कारण बसपार्क क्षेत्रमा दैनिक कुनै न कुनै समस्या आइरहेका छन् । अझ भनौं कुनै न कुनै दिन कोही न कोही दुर्घटनामा परेको अवस्था छ । बसपार्क भित्र यात्रुहरुले समेत असुरक्षित महसुस गर्ने गरेका छन् । बसपार्क भित्र भीडभाड निरनतर बढिरहेको छ ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सिटी बसपार्क तयार भएको सात महिना भन्दा बढि भएको छ । यो सात महिनामा बसपार्क सञ्चालन हुन सकेको छैन । नगरको मुटुमा रहेको सिटी बसपार्क सञ्चालनमा नआएको कारण यसले बाहिर सकारात्मक सन्देश दिन सकेको छैन । उसो त नगरपालिकाले केहि दिन अघि मात्रै बसपार्क सञ्चालन कार्यविधि पारीत गरि टेण्डर पनि आव्हान गरिसकेको छ ।
अब नगरपालिकाले तत्काल बसपार्क सञ्चालन गर्नुको विकल्प छैन । चौतर्फि रुमा आलोचना नभएसम्म नटेर्ने नेपाली सरकारको भूमिका नगरले देखाउन उचित हुँदैन । प्रादेशिक राजधानी रहेको नगरपालिकाले बसपार्कमा रहेका विवाद समाधान गर्दै सञ्चालनमा ल्याओस, शुभकामना ।