२०७७ कार्तिक ११, मंगलवार

नियम विपरित पश्चिम सुर्खेतमा पसल सञ्चालन

सुर्खेत ।सुर्खेतको पश्चिम भेगमा नियम विपरित पसलशहरुसिञ्चालनमा भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतको अगुवाईमा बुधवार गरेको अनुगमनमा १२ वटा पसलहरु यस्ता भेटिएका हुन । पञ्चपुरी नगरपालिका–२ सालको र चौकुने गाउँपालिका–८ विशालबजारमा गरिएको अनुगमनमा ८ वटा नियम विपरित सञ्चालन भएका पसलहरुलाई ७ दिन भित्र जिल्ला प्रशासन कार्यालय उपस्थित हुन निर्देशन समेत दिइएको छ । यस्तै ४ वटा कुनैपनि कागजात र प्रक्रिया नपुगेका पसलहरुलाई तिन दिनभित्र आवश्यक प्रक्रिया पुर्याई सञ्चालनमा ल्याउन निर्देशन दिइएको छ ।
एग्रोभेटको प्रमाणपत्र लिएर भेटेनरीको सामान राखिएको वीरेन्द्र एग्रोभेट तथा खाद्यखुद्रा पसलले राखेका भेटेनरी सामाग्रीहरु समेत जफत गरिएका छन् । अनुगमनका क्रममा दर्ता नगरेका ढक तराजु र ढुंगाका ढक राखिएका तिन वटा तराजु तथा एक वटा सुनचाँदी पसलको तराजु समेत जफत गरिएको छ । ‘चौकुनेको गुटु र पञ्चपुरीको सालकोटमा गरी जम्मा १२ वटा पसल अनुगमन गरियो जहाँ दर्ता नगरिएका, साइनबोर्ड नराखिएका, ढक तराजु समेत ढुंगाको प्रयो गरिएको पाइयो ।’ जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत तथा सुचना अधिकारी उत्तम शर्माले भने, ‘खाद्य र अखाद्य वस्तुहरु एउटै ठाउँमा राखेर बिक्रि वितरुण गरेको पनि पाइयो ।’
उनका अनुसार अहिले पहिलो चरणमा अनुगमन गरि एक हप्ता भित्र सबै प्रक्रिया पुरा गर्न निर्देशन गरिएको छ । त्यसपछि पनि अटेर गरी पसलहरु सञ्चालन गरे कानुन बमोजिम अगाडी बढ्ने शर्माको भनाई छ । सुनचाँदी पसल, खुद्रा खाद्य पसल, इलेक्टोनिक र फेन्सी पसलमा अनुगमन गर्दा म्याद नाघेका सामागथ्री समेत भेटिएका थिए । अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख भेष बहादुर थापा, गुणस्तर तथा नापतौल कार्यालय सहायक निरीक्षक टोपेन्द्र विक, उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयकी अधिकृत रिमा कुमारी कँडेल, प्रहरी प्रशासन, वडा कार्यालय र पत्रकारहरुको उपस्थितिमा अनुगमन गरिएको हो ।