२०७७ कार्तिक ७, शुक्रबार

कोहलपुुर घटनाप्रति ध्यानाकर्षण

सुर्खेत । बाँकेको कोहलपुरमा हिजो आईतबार भएको घटनामा बालअधिकार हनन् भएको भन्दै कर्णालीका १४ वटा सरोकारवाला संस्थाहरुले ध्यानाकर्षण जनाएका छन् ।
सोमवार एक पे्रस विज्ञप्ती जारी गर्दै सरोकारवालाहरुले बाल अधिकारमाथी हस्तक्षेप भएको भन्दै ध्यानाकर्षण भएको बताएका हुन् ।
बाल अधिकारका लागि कर्णाली प्रदेश स्तरिय नागरिक समाज, सञ्जाल, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति, गैर सरकारी संस्था महासंघ सुर्खेत, बाल अधिकार सञ्जाल सुर्खेत लगायत १४ वटा विभिन्न सरोकारवाला संस्थाहरुले संयुक्त विज्ञप्ती जारी गरि आगामी दिनमा यस्ता कार्य नगर्न स्सथानीय प्रशासनलाई सचेत बनाएको छ ।
घटना पश्चात विद्यार्थीहरुले गरेको आन्दोलनको क्रममा स्थानी प्रहरी प्रशासन विद्यालय हाताभित्र प्रवेश गरी शिक्षक तथा विद्यार्थीमाथी हातपात गरेको, आन्दोलनरत विद्यार्थी, शिक्षक, अविभावकमाथी धरपकट गरी अश्रुग्यास र हवाई फाइरिङ गरिएको घटनाले बालअधिकार हनन् भएको छ । विज्ञप्तीमा भनिएको छ ।
यस्तै, घटनालाई अतिरञ्जित बनाई राजनितिकरण गर्न खोजिएको भन्दै गम्भीर ध्यानकर्षण भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
घटनामा घाइते भएकी छात्रा प्रकृति चन्द र अन्य घाइतेहरु प्रति सिग्र स्वास्थ्य लाभको कामना समेत विज्ञप्तीमा गरिएको छ ।
आइतबार बिहान एक ट्रकले ठक्कर दिएर कक्षा सातमा अध्ययनरत कोहलपुर १० की प्रकृति चन्द गम्भीर घाइते भएपछि नेपालगञ्ज कोहलपुर सडकखण्डमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले रबरका गोली, लाठी र अश्रुग्यास प्रहार गर्दा विद्यार्थीहरुसहित एक दर्जनभन्दा बढी घाइते भएका छन् ।
प्रदर्शनकारीको आक्रमणबाट इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी हेमराज शाहीसहित ९ प्रहरी पनि घाइते भएका छन् । कोहलपुर अशान्त भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ