२०७७ मंसिर १६, मंगलवार

म्यामलाई भन्दिउँ – कथा

ws_Three_Trees_Horizon_1600x1200२०६८ सालतिर जुम्ला बसपार्कमा हामी तीन जना थियौँ । रमेश, रबिन अनि म । हामीलाई ४र५ दिनको जुम्ला बसाइँपछि कतिखेर सुर्खेत पुगौंला भन्ने भइरहेको थियो । लोकसेवा आयोगले लिने सहायक कम्प्यूटर अपरेटरको परीक्षा सिध्याएर हामी सुर्खेत फर्किनको लागि हतारमा थियौँ । मनमा एउटा छुट्टै आनन्द थियो । घरबाट कहिल्यै २÷४ दिन पनि टाढा नबसेको म भित्रभित्रै छिट्टै घर पुग्न पाए हुन्थ्यो जस्तो लागिरहेको थियो ।

साँझको त्यस्तै ४ बजेको हुँदो हो । बसपार्कमा तीन जना त पुग्यौँ तर यात्रु कम भएको भन्दै गाडी सुर्खेतको लागि जान मानेन । हामी मान्छे खोज्न लाग्यौँ मानौं हामी नै यातायात व्यवसायी संघसँग आबद्ध कर्मचारी हौँ र हामीलाई यात्रुको खाँचो छ । विस्तारै बसमा मान्छेहरु आउन थाले । अलि–अलि गर्दागर्दै बसमा १५÷२० भए ।

यत्तिकैमा दुई जना अलि टाढाबाट बसपार्कतिर आउँदै गरेको जस्तो लाग्यो मलाई । मैले उनीहरुतिरै आँखा दौडाएँ । उनीहरु नजिकै आइसकेपछि मैले सोधेँ, ‘कहाँ जान लाग्नुभएको रु’

उनले सहजै उत्तर दिइन्, ‘सुर्खेत ।’

उनलाई त्यसभन्दा अगाडि मैले कहिलेकतै देखेजस्तो लाग्यो, प्रत्यक्ष नदेखे पनि सायद मन उड्दै गएर कहिल्यै उनलाई देखेको पो थियो कि रु पहिलोपटक देख्दै गरेको उनलाई पहिला कतै देखेजस्तै लाग्यो । खै किन हो, ‘लभ अन फस्र्ट साइट’ भनेजस्तै भयो ।

पहिलो नजरमै उनीप्रति माया लाग्न थाल्यो । न अगाडि देखेको छ, न धेरै कुरा गरेको छ, न भावना मिल्छ भन्नु, यत्तिकै यो मनले उनलाई राम्रो मान्यो र भित्रभित्रै जुम्लादेखि सुर्खेतसम्म मात्र होइन, मण्डपमा सातफेरोदेखि मसानघाटसम्म सँगै यात्रा गर्न मन लाग्यो ।

जिन्दगीको छोटो यात्रा होइन, श्वास रहेसम्म सँगै यात्रा गर्न मन लाग्यो र भगवान्ले मलाई र उनलाई लामो आयू दिए हुन्थ्यो जस्तो लाग्यो । मनले त उनलाई जसरी पनि अब आफ्नो बनाउँछु भन्ने अठोट लियो । न जात थाहा छ, न नाम थाहा छ, न घर कहाँ हो थाहा नै छ, यात्रा गर्ने मात्र हो सुर्खेतसम्म बस यति थाहा छ । केही थाहा नपाइ यो मनले त उनलाई मनको रानी बनाइसकेछ ।

बसमा मान्छे भरिएपछि बस हिँड्न थाल्यो । त्यस्तै साँझको ६ बजेतिर बसले आफ्नो गति विस्तारै लिन थाल्यो । म बसको अगाडि ढोका नजिकै बसेको थिएँ । मसँग अरु पनि साथी भएकाले उनीसँगै बस्न जाने आँट आएन । उनी अलि ढिला आएकाले अलि पछाडि परिन् । मनले त उनीसँगै एउटै सिटमा बसेर यात्रा गरिरहेको थियो । तर तन भने एउटा साथीसँग थियो ।

बेला–बेलामा अरु पछाडि रहेका साथीहरुसँग कुरा गर्ने बाहाना बनाएर पछाडि फर्कन्थेँ र उनले थाहा नपाउने गरी उनलाई हेर्थेँ । उनलाई त मेरो प्रवाह नै थिएन । उनी आफ्नै धुनमा मस्त थिइन् ।

बसले आफ्नो गति लिँदै थियो । जुम्ला–सुर्खेतको बाटो अप्ठ्यारो भएकोले बस विस्तारै चल्दै थियो । यत्तिकैमा तातोपानी भन्ने ठाउँ आइपुग्यो । सबैले नुहाउने त्यहाँ स्वस्थ भइन्छ रे । भनेर बस रोक्न लगायौँ । बस रोकियो । खाना पनि त्यहीँ खाने निधो गरियो । बसबाट म ओर्लेँ अनि मेरा साथीहरु पनि । उनी पनि बसबाट ओर्लिन् । बसबाट ओर्लिसकेपछि नजिकै होटल रहेछ र होटलभन्दा अलि तल तातोपानीको धारा रहेछ ।

जब हामी होटेलमा पुग्यौँ । उनी त त्यो बसमा एक्ली महिला यात्रु रहिछन् । त्यतिबेलासम्म त मलाई त्यो कुराको हेक्का नै रहेनछ । खै किन हो कुन्नी, उनलाई एक्लै देखेपछि त्यो रातको समयमा दया जागेर आयो, तर त्योभन्दा धेरै माया थियो । त्यो होटेल सञ्चालन गर्ने महिला पनि रै’छन् । त्यसैले खासै डर त थिएन तैपनि मलाई मनमनै डर लाग्यो । कतै उनलाई कसैले केही गर्छ कि भन्ने ।

मैले कसैलाई केही भनिन मेरो मनले यो सोच्यो भनेर । र विस्तारै मेरो साथी रमेश र रबिनलाई जाउँ हिँड छिटो, नुहाउँ अनि आएर बसौँला, मलाई कस्तो भोक लागिसक्यो भनेँ । खाना पाक्दै थियो । त्यसैले उनीहरुले पनि मेरो कुरामा सहमति जनाए । र म उनलाई हेर्दै तातोपानीमा नुहाउनको लागि तल झरेँ । तल गएर हतार–हतारमा नुहाएर फर्कियौँ हामी ।

माथि आउँदासम्म खाना पाकिसकेको रहेछ । अब खाना खाने भनेर हामी तीन र उनी खाना खान थाल्यौँ । हामीसँगै यात्रा गरेकाहरु केहीले रक्सी खान थालेपछि भने मलाई अलि–अलि रिस उठ्न थाल्यो र मेरा साथीहरुलाई ल अब जाऔँ बसमा भन्यौँ र उनलाई पनि जाउँ हिँड्नु भनेर बसमा गएर बस्यौँ । उनी फेरि आफ्नो सिटमा गएर बसिन् । हामी तीन जना पनि बस्यौँ ।

यतिबेलासम्म उनीसँग केही कुरा नै हुन पाएन । हामी तीन जना बोलिरह्यौँ । सायद उनले सुनिरहिन् वा मोबाइलको इयरफोन कानमा घुसारेर गीतमा मस्त भइन् । कहिलेकाहीँ मानिसहरु कानमा इयरफोन घुसारे जस्तो गरेर अरुको कुरा सुन्छन् रे † मेरो मनले पनि त्यस्तै सोच्यो, सायद उनले मेरो कुरा सुनिरहेकी छन् कि ?

केही समयपछि बसमा सबै यात्रु आइपुगे र ड्राइभरले आफ्नै गतिमा बस गुडाउन थाले । विस्तारै बस गुड्यो । ठाउँ–ठाउँमा ड्राइभरले बस रोकी निदाउने कोशिस गर्थे । म त निदाउन नै सकिन । खै किन हो उनी र मेरो पहिला चिनजान पनि होइन, नाता सम्बन्ध पनि होइन, उनी अलि पछाडि र म अगाडि बस्न मलाई धेरै गाह्रो भइरहेको थियो । मानौ वर्षौंदेखि सँगै रहेका हामी परिस्थिति अनि हामी दुईको मनस्थितिले गर्दा टाढा बसिरहेका छौँ । मन कटक्क खायो । सँगै यात्रा गर्न पाएको भए हुन्थ्यो जस्तो लाग्यो ।

बसले आफ्नै गतिमा भोलिपल्ट बिहान १०र११ बजे बल्ल कालिकोटको मान्म पु¥यायो । अब त्यहाँबाट अगाडि सुर्खेतसम्मको लागि त्यो बस नजाने भयो । बाटो बिग्रिएको छ अगाडि जान सकिंदैन भन्यो । अब हामीलाई त्यहाँबाट सुर्खेतसम्म जानको लागि सवारी साधनको आवश्यकता प¥यो । त्यहाँको बस काउण्टरमा गएर बुझ्याँै उनीहरुले बस त जाँदैन, ट्रक, जीप जान सक्छ भने । हामीले बुझ्न सक्ने ठाउँमा बुझ्यौँ । गाडीको अत्तोपत्तो भएन । अब कालिकोटमा बस्नुभन्दा खाना खाने अनि आफ्ना दुई खुट्टाको साहरामा गन्तव्यको यात्रा सुर्खेत पुग्ने सबै साथीबीच सल्लाह भयो ।

मान्ममा खाना खायौँ र खाना खाएर एकछिन टहलिसकेपछि अब विस्तारै हिँड्ने सल्लाह भयो । उनी पनि त्यो कुरामा राजी भइन् । सायद आँटिली र आत्मविश्वासी थिइन् उनी । एक्लै वर्षाको समयमा जुम्ला गएर परीक्षा दिने अठोट गरेकी थिइन् उनले ।

अब भने मेरो मन खुसी थियो । अब बाटो अलि लामो हुने भयो । धेरै समय यात्रा गर्न पाउने भएँ उनीसँगै जस्तो लाग्यो तर फेरि भित्र–भित्रै कतै उनलाई हिँड्न गाह्रो हुन्छ कि त्यो कोमल पाउले । कालिकोटको मान्मबाट झर्ने ओरालो अनि पुल तरेपछि फेरि उकालो बाटोमा उनलाई हिँड्न गाह्रो हुन्छ कि भनेर सोधेँ, ‘हजुरलाई हिँड्न गाह्रो त हुँदैन निरु’

उनले जवाफ दिइन्, ‘ह्या किन गाह्रो हुनु नि ? बरु हजुरलाई होला ।’
मैले भने, ‘बाटो अप्ठ्यारो छ, विस्तारै हिँड्नु है त ।’
उनले भनिन्, ‘हवस् ।’

यत्तिकैमा मेरो साथी रमेशले उसका दुई बहिनी, जो कालिकोटबासी नै हुन् उनीहरु पनि सुर्खेत जाने खबर सुनाए । अब हिँडेर नै जाने भएपछि हामी अलि धेरै भयौँ । एउटा गोरखाको साथी पनि थिए, उनी पनि लोकसेवाको परीक्षा दिन आएका रहेछन् हिँडेर जाने भन्ने क्रममा परिचय भयो । अब रबिन, गोरखाको साथी उमेश, दुई बहिनी, रमेश, उनी अनि म सुर्खेतको लागि हिँडेरै यात्रा गर्ने साथी भयौँ ।

रमेश अनि उनका दुई बहिनी, रबिन भाइको साथी उमेश सँगसँगै हिँड्न थाले भने मलाई पनि ‘को खोज्छस् काँनो, आँखा’ भनेको जस्तै भयो ।
छोटो बाटोका लागि गाडी हिँड्ने बाटो होइन हामी मान्छे हिँड्े बाटो हिँडिरहेका थियौँ । एक जना अगाडि र अरु त्यसको पछाडि हिँड्नु पथ्र्यो । संयोगले हामी दुई सबैभन्दा पछाडि प¥यौँ । उनीभन्दा पछाडि म थिएँ ।

म पनि उनी सँगै उनको पाइला पछ्याउँदै ओरालो झर्न थालेँ ।
साथीहरुको अगाडि भनौँ या मलाई मानिसहरुसँग त्यति कुरा गर्ने बानी छैन आजसम्म पनि । मेरो यो घमण्डी स्वभाव हो वा एकान्तप्रेमी र हल्लाखल्ला मन नपराउने बानी । मैले आजसम्म बुझ्न सकेको छैन ।

तर उनीसँग भने सबैको अगाडि खुलेर कुरा गरौँ जस्तो भइरहेको थियो । मनमा माया भएपछि कुरा गर्ने आँट आउँदो रहेछ । माया र युद्धमा सबै कुरा जायज हुन्छ भनेझैं मलाई पनि मैले माया गरेको छु एकतर्फीरुपमा भए पनि मैले कुरा गर्दा के नै हुन्छ र जस्तो लाग्यो ।

अब भने विस्तारै कुरा गर्नको लागि म तम्सिएँ । अनि कुरा निकाले ।
मैले भनेँ, ‘अब त सुर्खेतसम्म सँगै जाने भयौँ, यात्रा लामो छ, अलिकति परिचय गरौँ कि रु’
उनले भनिन्, ‘हुन्छ ।’

मैले भनेँ, ‘हजुरको घर कहाँ हो ?’
उनले भनिन्, ‘सुर्खेत ।’
मैले सोधेँ, ‘नाम के हो नि ?’ उनले भनिन्, ‘मेरो नाम साया बि.सी. अनि हजुरको ?’
मैले भनेँ, ‘क्षितिज न्यौपाने ।’

अब उनको नाम र घर थाहा भयो मलाई । मनमनै खुसी भएँ मेरो पनि सुर्खेत नै हो घर । अब सुर्खेतमा गएपछि भेट हुने भयो । यत्तिकै कुराकानी गर्दागर्दै कर्णाली नदीमाथि रहेको पुल आइपुग्यो । हामी सबैले पुलमा फोटो खिच्ने निधो ग¥यौँ । फोटोहरु खिच्यौँ । उनको एउटा फोटो मैले खिचिदिएँ । अलि ढिलो गरेर फोटो खिँचे ।

ढिलो गरेको देखेर उनले भनिन्, ‘अझै खिच्नु भएन फोटो ?’ मैले भनेँ, ‘यहाँ क्यामेराको डिस्प्लेमा देखाको नै छैन । एकछिन हैन त ? ’
त्यसपछि फोटो खिचिदिएँ ।
अब हिँड्ने भनेर तरखर गर्दै थियौँ ।

यत्तिकैमा एउटा ट्रक आइपुग्यो । ट्रकभित्र त ढुङ्गा राखेको रहेछ । धेरै थाकियो, अब हिँड्न सकिँदैन । यसमै जाउँ भन्ने सल्लाह भयो । सबै ट्रकमा चढ्ने निधो ग¥यौँ । ट्रकमा ढुङ्गा देखेर मैले भने उनलाई अगाडि चढ्नु ठाउँ होला भने ।

ड्राइभरले पनि सहमति जनाए । उनी अगाडि बसिन् भने अरु बाँकी सबै पछाडि बस्यौँ । मनमा त अब उनी अगाडि छन्, कसरी बोल्नु सोचिरहेको थिएँ । उनको सुरक्षाको लागि मैले त्यो मूल्य चुकाउनु नै थियो । ढुङ्गामाथि हामी सबै बसिरहेका थियौँ । ट्रक गुड्न थाल्यो । बाटोमा ठूला–ठूला ढुङ्गा थिए । ट्रकलाई गुड्न गाह्रो भइरहेको थियो ।

घरी यता घरी उता भइरहेको थियो । यत्तिकैमा ट्रकमा राखिएको ढुङ्गा यताउता सर्न थाल्यो, धन्न ति दुई बहिनीलाई लागेन । त्यसपछि त हामी असुरक्षित भयौँ सोचेर अब हिँडेर जाने भनेर ड्राइभरलाई ट्रक रोक्न लगायौँ । उनी पनि अगाडिबाट ओर्लिइन् ।

अब फेरि सँगै हिँड्ने भइयो । बाटोमा सँगै हिँड्दा कहिलेकाहीँ अलि पछाडि हिँड्थे म । उनी अगाडि हिँडिरहन्थिन् । पछाडिबाट हेर्दा उनीसँगै सधैँ यसरी पछि–पछि हिँड्न पाए, उनका हरेक गतिविधिलाई नजिकैबाट नियाल्न पाए म कति भाग्यमानी हुन्थेँ जस्तो महशुस हुन्थ्यो ।
धेरैबेरको हिँडाईपछि साँझको समयमा रामाघाट आइपुग्यौँ ।

रामाघाटमा खाजा खाइसकेपछि अलि अगाडि गएर बास बस्ने निधो गर्यौँ । रामाघाटबाट अगाडि हिँडेपछि अलि टाढा घरहरु देखिए । बाटोमा नै बास बस्ने निधो ग¥यौँ । एक जनालाई सोध्यौँ र उनले घरको माथि आँगनमा सुत्नको लागि सहमति जनाए । हामी सातै जना सँगै एकै ठाउँमा सुत्यौँ ।

बहिनी र उनी अलि टाढा हामी केटा जति अलि टाढा । हामीलाई आफ्नो सगोलका साथीजस्तो भान भयो । कसैले कसैप्रति नराम्रो सोच राखेन ।

दिउँसभरीको हिँडाईको थकाईले राती मिठो निद्रा लागेछ । बिहान उठ्यौँ । हातमुख धोयौं । अनि त्यहाँको मान्छेलाई सोधेको त रामाघाटबाट एउटा बस आउँदैछ, त्यसैमा जानुहोला भन्यो । हिँड्न साह्रै गाह्रो हुने मलाई त भित्रभित्रै उनलाई गाह्रो नभएको भए त हिँड्न रमाइलो हुन्थ्यो जस्तो लागिरहेको थियो ।

जोश, जाँगर आईरहेको थियो हिँड्नलाई किनकी साथमा त उनी थिइन् । बिहानको करिब ८ बजेतिर बस आयो । अब भने बसमा सँगै एउटा सिटमा यात्रा गर्ने सोचेँ मैले । अनि उनलाई पहिला सिटमा गएर बस्न भनेँ किनकी उनी जुन सिटमा बस्छिन् म पनि त्यही सिटमा गएर बस्नु थियो । सोचे बमोजिम नै भयो । उनीसँगै सिटमा बसेँ म । बस गुडिरहेको थियो । बाहिर पानी परिरहेको थियो ।

करिब दुई घण्टाको बसको यात्रा पछि ड्राइभरले खाना खाने ठाउँमा बस रोके । खाना खाउँ भनेर ओर्लियौं । खाना खान थाल्यौँ । कर्णालीको माछा मिठो हुन्छ भनेर माछा पनि मगायौं । माछा साथीहरुले खाईरहेका थिए । मैले पनि खाइरहेको थियो । उनले त खानुभन्दा अगाडि माछालाई राम्रोसँग हेरिछन् र माछामा त किरा परेको रहेछ । विस्तारै मलाई देखाईन् । मैले खाईरहेको माछामा पनि किरा रहेछ । मैले खान छोडेँ । अनि साथीहरुलाई पनि भनेँ । साथीले पनि छोडे ।

माछा खाने आशमा रहेका हामीलाई निराशाले छोयो । एकछिनमा बस स्टार्ट हुन थाल्यो । हामी बसमा चढ्यौँ र निरन्तर यात्रामा लाग्यौँ । बाटोमा उनी निदाइन् । विस्तारै उनको टाउको मेरो कुममा आएर अडियो । मनमा खुसी छाउँथ्यो, जब उनको टाउको मेरो कुममा अडिन्थ्यो । अनि फेरि उनी ब्युँझिन्थिन् र सिधा हुने कोशिस गर्थिन्, त्यसबेला म भने निदाएको झैँ गर्थेँ । फेरि उनी निदाउँथिन्, टाउकोले मेरै कुमको साहरा खोज्थ्यो । म साहरा दिन तत्पर हुन्थेँ ।

यत्तिकैमा एउटा साथीले फोटो खिचिदियो र उनी मेरो कुममा अडेस लागेर निदाको तस्विर आजसम्म मसँग सुरक्षित छ, फोटो हेर्नेबित्तिकै उनको मायाले सताउँछ ।

यसरी यात्रा गर्दागर्दै तल्लो डुंगेश्वर आइपुग्यो अनि विस्तारै स्याउले अनि बड्डीचौर । अब सुर्खेतको वीरेन्द्रनगर नजिकै आइपुग्न थालेको थियो । मलाई भने यात्रा निरन्तर जारी रहोस् भन्ने लागिरहेको थियो । के गर्नु मनले सोचेको पूरा हुने भए ?
विस्तारै बस बांगेसिमल आइपुग्यो । चेकपोष्टमा चेक भइसकेपछि अब वीरेन्द्रनगर बजारतर्फ हानियो ।

मंगलगढी चोकमा आएर बस रोकियो । अब उनी झर्ने भइन् अनि म पनि । उनी बसबाट ओर्लेर हिँड्न थालिन्, मलाई लिन दाई जानुभएको थियो, मैले म मोटरसाइकलमा पुर्याइ दिन्छु नि भनेँ । उनले नाइ पर्दैन भनिन् । अनि उनी लागिन् दक्षिणतिर म उत्तरतिर ।

त्यत्रो लामो यात्रामा धेरै कुरा भयो तर मोबाइल नम्बर आदान–प्रदान गर्ने फुर्सद भएन वा सकिएन भनौँ वा हाम्रो भाग्यमा अब कुरा गर्न लेखिएको छैन भन्ने लेखिएको थियो र मोबाइल नम्बर आदान–प्रदान भएन । उनलाई फेसबुकमा पनि खोजेँ । सायद उनले फेसबुक चलाएकी थिइनन् त्यो बेलामा ।

एउटै ठाउँको हामी विगत ६ वर्षको अवधिमा ३÷४ पटक मात्र भेट भयो, त्यसमा पनि उभिएर कुरा गर्ने अनि मोबाइल नम्बर साटासाट गर्ने अवसर पनि मिलेन ।

म मोटरसाइकलमा हुन्थेँ उनी पैदल, म हाँस्न खोज्थेँ, उनी टाउको बटारेर हिँड्थिन्, सोच्थेँ त्यो यात्रामा मैले धेरै बोलेर गल्ती गरेकीँ, उनलाई मन दुखाउने केही काम गरेकीँ तर त्यो मेरो गल्तीको उत्तर पाउन समय नै मिलेन । भेट हुँदा सधैँ तर्किएर हिँडिन् उनी । आजसम्म पनि त्यसको जवाफ पाउन सकेको छैन, त्यो समय किन तर्किएर हिँडिन् उनी ।

आज समय फेरिएको छ । परिस्थितिले मलाई गाँजेको छ । तर पनि जुम्लादेखि सुर्खेतसम्ममको यात्राले मलाई हरपल झटारो हानिरहन्छ र भन्छ, ‘तँ सँगै यात्रा गरेकी तेरी उनी कता गइन् रु किन छुट्टियौ तिमीहरु रु’

मेरो विवाह भएको पनि ३ वर्ष पुगिसक्यो । त्योभन्दा अगाडि धेरै खोजेँ उनलाई । घर खोज्दै पनि हिँडे तर भेट्न सकिनँ । धेरैसँग नबोल्ने स्वभावले गर्दा नै उनलाई भेट्न नसकेको भान हुन्छ आजभोलि र धिक्कार लाग्छ आफैदेखि । नत्र सानो ठाउँ सुर्खेतमा एक जनाको घर नभेट्ने कुरै हुन्थेन ।

भर्खरै उनले मेरो फेसबुकमा फोटो लाइक गरिन् । अचम्म लाग्यो अनि खुसी पनि धेरै तर दुःखी पनि भएँ, मेरो विवाह भइसक्यो, सायद उनको भएको छैन होला । मनमनै सोचेँ विवाह माथिबाटै लेखेर आउँछ रे । त्यसैले यतिका वर्ष हराएकी तिमी आज आएर मेरो फोटो लाइक गर्यौ । यो ६ वर्ष अगाडि गरिदिएको भए ?

सायद तिम्रो र मेरो सम्बन्ध बसको यात्रा टुङ्गिएजस्तै गरेर टुङ्ग्याउन खोज्यौ तिमीले । तर मैले निरन्तर बगिरहने भेरी नदीसरह यात्रा जोड्न खोजेको थिएँ ।

आजभोलि हाम्रो फोनमा कुरा हुन्छ र म सबै कुरा खुलस्त भन्छु । कति माया गर्छु उनलाई भनेर र उनी सबै कुरालाई हाँसोमा उडाउँदै भन्छिन्, ‘म्यामलाई भन्दिउँ ।’