२०७७ कार्तिक १४, शुक्रबार

सुर्खेत विमानस्थलमा उडान स्थगित हुने खतरा

सुर्खेत ।
कर्णाली प्रदेशको सबैभन्दा ठूलो सुर्खेत विमानस्थल अवरुद्ध हुने खतरा बढदै गइरहेको पाइएको छ । हाल बुद्ध एअरले मात्रै उडान भरिरहेको बेला सडक डिभिजन कार्यालय सुर्खेतले बारम्बार सडकको ९ मिटर जग्गा खाली गर्न भन्दै पत्र पठाउने गरेका कारण यस्तो हुनसक्ने आशंका सुर्खेत नागरिक उड्डयन प्राधिकरणका प्रवन्धक उमेश कुमार पन्थीले त्यसका कारण जग्गा खाली गर्नु परेको अवस्थामा विमानस्थलको रनवे सानो हुने हुँदा विमान अवतरण नहुने खतरा बढेको हो । ‘हामीलाई सडक डिभिजन कार्यालयले आफ्नो जग्गा खाली गर्न पत्र पठाइरहेको छ । यदि उक्त जग्गा खाली गरेको खण्डमा विमान बस्नसक्ने अवस्था छैन ।’ उनले भने, ‘ठूला जहाज ल्याउँदा विमानस्थल वरिपरि हाल बनाइएका संरचनाले पनि समस्या पार्ने देखिएको छ । यसका लागि सम्वन्धित पक्षको ध्यान जान जरुरी छ ।’
उनले सुर्खेतमा तीन महिना भित्रै एटीआर ७२ उडाउन सकिने भएपनि त्यसको अध्ययन नहुँदा अलपत्र परेको छ । कर्णालीको पर्यटनको आधार स्तम्भको रुपमा लिइदै आएको उक्त विमानस्थल विस्तारका कुरा दुइ वर्ष देखि चल्दै आएपनि बारम्बार ओझेल पर्दै गएको छ । अहिले सुर्खेत देखि काठमाडौंका लागि एक मात्र ४७ सिटे बुद्ध एअरको जहाजले अवतरण र उडान भर्दै आएको हो ।

‘सुर्खेतमा सुर्य रहेसम्म मात्र विमान चलाउन सकिन्छ । त्यसकालागि थोरै खर्च गर्न सकेपनि राती पनि चलने बनाउन सकिन्छ ।’ विमानस्थलका प्रवन्धक उमेश कुमार पन्थ भन्छन्, ‘१५ अर्बको कुरा गर्नु भन्दा १५ लाख रुपैंया लगानी गरेर विमान परिक्षण गर्ने, सम्भाव्यता अध्ययन गर्न सकेको खण्डमा तत्कालै एटीआर विमान उडान र अवतरण गर्न सकन्छि ।’ उनका अनुसार विस्तार विस्ता भन्नु भन्दा पनि कुन विमान ल्याउने हो,कति लागत लाग्छ वा कसरी सहज हुन्छ भन्ने कुराको सबैभन्दा पहिले निक्र्यौल निकाल्न जरुरी छ ।

ठूलो जहाज ल्याउन कता रनवे विस्तार गर्ने, एटीआर पुरा भारी बोकेर आउन कति आवश्यक पर्छ भन्ने अनुसन्धान र सम्भाव्यता अध्ययन गर्न पन्ध्र लाख भएपुग्छ ।’ उनले भने,‘तर उत्तः जहाज अहिले पनि सुर्खेतमा अवतरण गर्न सक्छ बरु भारी बोकेरजान कठिन छ । त्यसैले विमानलाई भारी बोकाउन सक्ने बनाउन कति क्षेत्रमा विमानस्थलको विस्ता गर्नुपर्ने हो त्यसको तीन महिना भित्र अध्ययन गर्न सकिन्छ र तत्काल एटीआर ७२सिटे विमाउन उडाउन सकिन्छ ।’
उनले तत्कालका लागि उक्त उपाय अपनाउन सकिएपनि यहाँको पर्यटन प्रवृद्धनका लागि विमानस्थल विस्ता अनिवार्य रहेको बताए । ‘यहाँ आउन र जान महंगो छ । तीन घण्टाको यात्रापछि नेपालगञ्ज विमानस्थल पुग्नुपर्ने बाध्यता छ । एक मात्र जहाज आउने हुँदा कर्णालीमा कोही कसैलाई हर्ट अट्याक भएको खण्डमा उसको ज्यान जोगाउन मुश्किल छ ।’ उनले भने, ‘त्यसकालागि विमानस्थलमा राती पनि उडान भर्न सकिने खालका संरचना निर्माण गर्नुपर्ने देखिन्छ । यो पनि सानै खर्चमा सम्भव छ ।’ उनले सुर्खेतमा भिएफआर विमान उडान भर्नको लागि आवश्यक पर्ने रनवे अहिले नभएको बताए । ‘भिएपआरका लागि कम्तिमा ७५ मिटर दायाँ र ७५ मिटर बाँया रनवेको आवश्यक पर्छ ।’ उनले भने, ‘तर अहिले विमानस्थलमा ४९ मिटर दाँयाँ र ४९ मिटर बाँया मात्रै रनवे छ ।’