२०७७ कार्तिक ११, मंगलवार

साझा सहकारीको १८ प्रतिशतले शेयर बृद्धिः पत्रकार रिमाल सम्मानित

 

 

 

 

 

सुर्खेत । साझा बचत तथा ऋण सहकारी संस्था लिमीटेड विरेन्द्रनगरले यस वर्ष १८ दशमलव ४० प्रतिशतले शेयर पूजी बृद्घि गरेको छ । सस्थाको ९ औ बार्षिक साधारण सभामा सार्वजनिके वार्षिक प्रगति प्रतिवेदनमा गत वर्ष भन्दा आचु आर्थिक वर्षमा शेयर पुजीमा उल्लेख्य सुधार आएको जनाईएको छ ।

गत आर्थिक वर्षमा जम्मा ६० लाख ६३ हजार १ सय रेहेको शेयर पुजी रहेकोमा यस वर्ष त्यसमा वृद्घि भई ७१ लाख ७६ हजार १ सय रहेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । चालु आर्थिक वर्षको अषाड मसान्त सम्ममा २ हजार सेयर सदस्यको लक्ष्य लिएको संस्थाले १७४० सदस्य संख्या पु¥याउन सफल भएको जनाएको छ । आर्थिक वर्ष २०७५÷७६ मा कल आय २२ करोड ८० लाख ४५ हजार ४ सय ६७ रुपैया ७० पैशा रहेको छ ।
वार्षिक साधारण सभामा संस्थाले विभिन्न क्षेत्रवाट सहकारीलाई सहयोग गर्ने व्याक्तित्व हरुलाई सम्मान समेत गरेको छ । यसैविच संस्थाले आजै ७ सदस्यीय नयाँ संचालक समिति चयन गरेको छ । मदन वहादुर खड्काको अध्यक्षतामा ७ सदस्यीय संचालक समिति गठन गरिएको हो ।
संस्थाको उपाध्यक्षमा देव कुमारी बुढा, सचिवमा ओम जंग रोकाय, कोषाध्यक्षमा मुक्ति वहादुर गुरुङ,सदस्यहरुमा दीपेन्द्र वहादुर खड्का , ऋषि प्रसाद शर्मा र शेर सिंह रोकाय रहेका छन ।
संस्थाको ३ सदस्यीय नयाँ लेखा समिति संयोजकमा खगेन्द्र रिमाल, सदस्यमा पृथ्वी बहादुर खड्का र रक्षा रोकाय रहेका छन ।

शेयर लगानी बढाँऊ – अध्यक्ष खड्का

श्री साझा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मदन खड्काले सेयर सदस्यहरुलाई लगानी बढाउन अनुरोध गरेका छन । ९ औ वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष खड्काले व्यावसायीक पक्षमा जोड दिने संस्थाको लक्ष्य रहेको बताए ।
उनले भने यस अघि १ सय लगानी रहेको सेयरलाई १ लाख बनाउने उदेश्य संस्थाले लिएको समेत बताए । विभिन्न चुनौतीका बाबजुत पनि संस्थाले प्रगति गरेको बताएका छन । आर्थिक विकासको तेस्रो खम्बा मानीएको सहकारी क्षेत्रको कुल ग्राहस्थ उत्पादनको ५ प्रतिशत हिस्सा ओगटेको बताए ।
नेपालमा करिव ६३ लाख व्यक्तिहरु सहकारीमा आवद्घ रहेको र करिव ६० हजारले प्रत्येक्ष रोजगारी पाएको उनको भनाई थियो ।साधारण सभामा बोल्दै राष्ट्रिय सहकारी बैकका सञ्चालक हरिहर नाथ योगीले सहकारी क्षेत्रले व्यावसायिक क्षेत्रमा ध्यान दिने बेला आएको बताए । सन्तुलित पुजीलाई परिचालन गरी सदस्यहरुलाई व्यावसायीकतामा जोड्नुपर्ने उनको भनाई थियो ।

पत्रकार रिमाल सम्मानित

यसैविच कार्यक्रममा पत्रकार हृदय रिमाललाई  साझा बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगरले सम्मानित गरेको छ । सहकारीका क्षेत्रमा पत्रकारिता मार्फत योगदान गरेको भन्दै  सहकारीले उनलाई पुरस्कार सहित सम्मान गरेको हो । रिमाल प्रदेश एफ एम नेटवर्क तथा हाम्रो नयाँ नेपाल दैनिकमा कार्यरत छन् ।