२०७७ मंसिर १०, बुधबार

मप विश्वविद्यालयमा आज स्ववियु निर्वाचन, प्रत्यक्षतर्फ ८ संगठनका ६९ जनाले प्रतिस्पर्धा गर्दै

muसुर्खेत, भदौ १२ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा पहिलो पटक आज (आइतबार) स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ । शनिबार साँझसम्म निर्वाचनको सबै तयारी पुरा भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

देशकै पूरानो र ठूलो त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि चुनाव हुन नसकिरहेको बेलामा मध्यपश्चिम विश्वविद्यालयमा निर्वाचन हुँदा त्रिविलाई समेत दवाव बढ्ने विश्लेषण गरिउको छ । स्ववियुको नेतृत्व हत्याउनका लागि पहिलो पटक हुन लागेको निर्वाचनमा मप विश्वविद्यालयमा विभिन्न ८ वटा विद्यार्थी संगठनबाट ६९ जनाले प्रतिस्पर्धा गर्दैछन ।

त्रिविले मिश्रित प्रणालीमा निर्वाचन गर्ने तयारी गरेपनि कार्यान्वयन नगरेकाबेला मप विश्वविद्यालयले भने मिश्रित प्रणालीमै निर्वाचन गराउन लागेको छ । यो प्रणाली अनुसार अध्यक्ष, सचिव र कोषाध्यक्ष र सात जना सदस्य प्रत्यक्ष निर्वाचनबाट छनौट हुनेछन । जसका लागि विभिन्न ८ संगठनबाट ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । बाँकी पदमा संठनले प्राप्त गरेको मतको आधारमा छनौट गरिने निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा सहभागी आठ वटा संठनमध्ये तीन वटाले मात्रै प्रत्यक्षतर्फको १० सीटमा उम्मेदवारी दर्ता गराएका छन ।

नेकपा माओवादी केन्द्रको अखिल (क्रान्तिकारी), एमाले निकट अनेरास्वविय र नेपाली काँग्रेसको नेपाल विद्यार्थी संघले मात्रै प्रत्यक्षतर्फका सबै १० सिटमा उम्मेदवारी दिएका हुन् । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबाट अध्यक्षमा राजेन्द्र बुढा, सचिवमा रवि केसी र कोषाध्यक्षमा जानकी रेग्मी तथा नेपाली कांग्रेस निकट नेपाल विद्र्याी संघबाट अध्यक्षमा झक्कबहादुर शाही, सचिवमा सन्तोषकुमार उपाध्याय र कोषाध्यक्षमा सुशील भट्टराईले उम्मेदवारी दिएका छ भने अखिलबाट अध्यक्षमा प्रभात पोख्रेल सचिवमा भरत शाहरु र कोषाध्यक्षमा अनु आकुराले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी नेपाल मजदुर किसान पार्टी निकट नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट अध्यक्षमा भरतप्रसाद दाहाल, सचिवमा नविनप्रसाद जैसी र कोषाध्यक्षमा कमला शाही, नयाँ शक्ति विद्यार्थी युनियनबाट अध्यक्षमा तिर्सना हमाल, सचिवमा उमेश शाही र कोषाध्यक्षमा पुष्करदेव गिरी, अखिल (छैठौ) बाट अध्यक्षमा शिल्पा रावल, सचिवमा टेकबहादुर वि.क. र कोषाध्यक्षमा भूमिका थापा उम्मेदवार बनेका छन ।

अखिल (क्रान्तिकारी) बाट अध्यक्षमा भीमबहादुर कठायत र कोषाध्यक्षमा शुद्धधन रोकामगर उम्मेदवार बनेका छन भने राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट आदित्यराज उपाध्यायले अध्यक्ष, नवराज गिरीले सचिव र गणेश थापाले कोषाध्यक्षमा उम्मेदवारी दिएका छन । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा क्रियाशील विद्यार्थी सङ्गठनहरूबीच प्रतिस्पर्धा हुने स्ववियु निर्वाचनले यतिबेला जिल्लाकै राजनीति तातेको छ ।

आआफ्ना संगठनलाई जिताउन जिल्ला र केन्द्रबाट नेताहरुले सुर्खेतमा अड्डा जमाएर विताएका छन् । त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयले लामो समयदेखि स्ववियु निर्वाचन गर्न नसकिरहेका बेला मध्यपश्चिम विश्वविद्यालयले निर्वाचन गर्न लागेकाले पनि यसले चर्चा पाएको हो । सबै विद्यार्थी संगठनले आ–आफ्नो जीत सुनिश्चित भएको दाबी गर्दै आएका छन । तर मओवादी केन्द्रको अखिल –क्रान्तिकारी), नेपाली काँग्रेसको नेविसंघ र नेकपा –एमाले) को अनेरास्ववियु बीचनै त्रिपक्षीय प्रतिष्पर्धा हुने देखिएको छ ।

विश्वविद्यालयमा एक हजार ६ सय ९३ जना विद्यार्थी रहेको जनाइएको छ । तर नामावली भएका सबै विद्यार्थीहरुले मतदाता परिचय पत्र नलिएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन आज –आइतबार) विहान ८ बजेदेखि साँझ ४ बजेसम्म हुने छ ।