२०७७ कार्तिक ५, बुधबार

महिला जेसीजको पद हस्तान्तरण : वर्ष २०१९ मा एतिहासिक सफलता

सुर्खेत । सर्खेत महिला जेसीजको पद हस्तान्तरण तथा र पुरस्कार वितरण सम्पन्न कार्यक्रम सम्पन्न भएको छ । शनिवार वीरेन्द्रनगरमा आयोजित एक विषेश समारोहका बिच वर्ष २०१९ की शाखा अध्यक्ष लक्ष्मी कार्की प्रधानले वर्ष २०२० की नव निर्वा्चित अध्यक्ष प्रमि शाक्यलाई चेन हस्तान्तरण गर्दै सपथ ग्रहण गराउनु भएको थियो ।

पद हस्तान्तरण पश्चात भोल्दै वर्ष २०१९ का अध्यक्ष लक्ष्मी कार्की प्रधानले आफनो कार्यकालमा शाखालाई देशकै उत्कृष्ट महिला शाखाको उपाधि दिलाएको भन्दै शाखाको नाममा ५० हजारको अक्ष कोषको समेत स्थापना गरिएको बताउनुभयो । प्रत्यक्ष महशुस गर्ने खालका केही फरक र नयाँ कार्यक्रम सञ्चालन गरेको उल्लेख गर्नुभयो ।
त्यस्तै नेपाल जेसिज वर्ष २००५ का राष्ट्रिय अध्यक्ष गेहेन्द्र प्रसाद दहालले महिला जेसिजले चुलो, चौकोमै सिमित रहेका महिलाहरूलाई एकबद्ध गराउँदै उनिहरुको नेतृत्व र ब्यक्तित्व बिकास गरि नेतृदायी भुकिकामा पु¥यायको दावी गर्नुभयो । उहाँले सुर्खेत महिला जेसिजले २०१९ ले एतिहाँसिक सफल्ता प्राप्त गरेको भन्दै सोही अनुरुप काम गर्न २०२० लाई आग्रह गर्नुभयो ।
उता, नव नवनिवाचित अध्यक्ष शाक्यले कार्यक्रमलाई सम्वोधन गर्दै युवाहरुको व्यक्तित्व र नेतृत्वको क्षमता अभिबृद्धि गराइ समाजमा सकारात्मक परिवनर्तन निम्ती अग्रसर रहने बताउनुभयो । अध्यक्ष शाक्यले आफ्नो समितिमा निवाचित भएका अन्य पदाधिकारीहरुलाई सपथ ग्रहण गराउनु भएको थियो ।
शाखाको नवनिवाचित कार्यकारिणी उपाध्यक्षमा क्रमशः लक्ष्मी गुरुङ्ग र पवित्रा गुरुङ्ग रहनु भएको छ भने उपाध्यक्षमा क्रमशः रञ्जना बुढा, मिना गुरुङ्ग, सिता भण्डारी र गंगा रोकाय रहनु भएको छ । संस्थाको महासचिवमा मनिसा कौसल चयन हुनुभएको छ ।