२०७७ कार्तिक ५, बुधबार

ओयसिसको वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमाःभण्डारी


सुर्खेत ।
ओयसिस बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिवार वीरेन्द्रनगरमा गरिएको साधारण सभाले भद्र भण्डारीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो । जसको उपाध्यक्षमा रामकुमारी थापा, सचिवमा श्याम कुमार थापा, कोषाध्यक्षमा कटक थापा, सदस्यमा विनु सिवि भास्कर, मनिषा कौशल, अशोक केसी चयन भएका छन् । यस्तै कपिलमणि सुवेदीको संयोजकत्वमा रमा भण्डारी र सुर्य बहादुर खड्कालाई लेखा समितिमा सभाले चयन गरेको हो । संस्थाका कोषाध्यक्ष कटक बहादुर थापाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुसार १२ करोड ३० लाख ८१ हजार ७ सय ६० वार्षिक आयव्यय रहेको छ । जिल्ला समन्वय समितिका संयोजक छविलाल सिग्देलले सहकारीबाट आम नागरिकले दुःख पर्दा होस या सुख पर्दा फाइदा लिन सक्ने भएकोले सही रुपमा सदुपयोग गर्नुपर्ने बताए ।
जिल्ला वचत तथा ऋण सहकारी संघ सुर्खेतका अध्यक्ष पदम दाहालले सहकारी समृद्धिको मेरुदण्ड भएकाले सम्पूर्ण सहकारीमा आवद्ध व्यक्तिहरुलाई सहकारीका माध्ययम बाट सामुहिक आर्थिक विकासमा जोड दिने बताए । दाहालले सहकारीको प्रगतिका लागि आफ्नो तर्फबाट कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता जाहेर गरे ।

‘स्वरोजगार विकास र आत्मनिर्भरता, आर्थिक उन्नतिका लागि सहकारिता’ भन्ने नारा सहित २०६४ सालमा स्थापना भएको सहकारीले मध्यम तथा निम्न आय भएका वर्गसंग रहेको पूँजीलाई उचित व्यवस्थापन गरेर यथासक्य उत्पादनशील सुनिश्चित गर्नका लागि मुनाफा योग्य क्षेत्रमा लागनी गरेको संस्थाका अध्यक्ष भद्र भण्डारीले बताए । स्थापना काल देखि नै आफ्ना सदस्यहरुको जीवनस्तरमा सुधार ल्याउनेखालका कार्यक्रमहरु ल्याएको भण्डारीले जानकारी दिए । संस्थाका अहिले ८ सय४२ जना रहेको र दिनप्रतिदिन यो संख्या बढ्दो रहेको संस्थाका सचिव रामबहादुर खड्काले जानकारी दिए । कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई समेचत सम्मान गरिएको थियो ।