२०७७ माघ ९, शुक्रबार

गढि र लेखगाउमा घरघरमा धारा, ३२ वर्षदेखिको सपना पुरा

tap-water-430x316सुर्खेत, १२ भदौ । करिब ३२ वर्षदेखी आगनमै धाराबाट आएको खानेपानी पिउने गढिका सर्वसाधारणको सपना पुरा भएको छ ।

स्थानिय उपभोक्ताहरुको पहल र राष्ट्र संघिय विकास कार्यक्रम युएनडिपीले आर्थीक सहयोग गरेर खानेपानी आयोजना सम्पन्न गरेपछि गढिबासीको सपना पुरा भएको हो ।

गढिमा करिब १२ किलोमिटर टाढा चन्दनेबाट खानेपानी ल्याएर रिर्जरभ ट्याकीमार्फत वितरण गर्ने गरिन्छ । आयोजना सम्पन्न गरिसकेपछि आयोजनाबाट २ सय ५० घरपरिवार लाभान्वीत भएका छन । गढि गाउ विकास समितीका पुर्व अध्यक्ष हरि हमालका अनुसार ५ घण्टासम्म खानेपानी लिन कुवामा लाईन बसेर १ गाग्री पानी लिनुपर्ने बाध्यता समेत हटेको छ ।

चन्दने खानेपानी आयोजना बन्नु अगाडि १ घण्टा टाढा पर्ने मुहानबाट पानी लिन स्थानिय महिलाहरु डोकोमा गाग्री हालेर जानुपर्न बाध्यता थियो । सोहि आयोजनाले वर्षौदेखि खानेपानीको समस्यासगँ जुध्दै आएका सुर्खेतको कुनाथरी,लेखगाउँ र गढी गाविसमा खानेपानी आयोजना निर्माण गरिदिएपछि स्थानिय समेत खुसी छन ।

लेखगाउमा ३३ लाख ९७ हजार र गढीमा २३ लाख ३ हजारको लागतमा खानेपानी आयोजना निर्माण भएपछि स्थानीय खानेपानीको समस्यावाट मुक्त भएका छन । घरआगनमै चौवीसै घण्टा खानेपानीको सुविधा पाएपछि स्थानिय वासीले आफुहरुको समय बचत भएको र शुद्ध पिउने पानी पाइने समेत आशा गरेका छन ।

खानेपानीको सुविधा नहुदा वर्षेदेखि डेढघण्टा तलवाट पानी वोकेर खान वाध्य थियौ, पानी भर्नलाई पनि पालो कुरेर बस्नु पर्ने अवस्था थियो, सवैजसो समय पानी बोक्नमै बित्यो अब दुखका ति दिनहरु गए लेखगाउकी स्थानीय सुनिता लामिछानेले ति दिन सम्झदै खुसी व्यक्त गर्छिन ।

पानीको सुविधासगै समयको बचत भएको र शुद्ध पानी खान पाएको पनि लामिछानेले बताईन । ९३ मटिर तलवाट पानी तानेर लेखगाउँमा खानेपानी वितरण गरिएको छ । लिफ्टवाट पानी तानेर ९५ घरपारिवारलाई खानेपानीको सुविधा पुरयाएको युएनडिपीले जनाएको छ । लिफ्टवाट तानिएको पानीलाई ४ लाख लिटरका क्षमताका टंकीहरुमा जम्मा गरेर व्यवस्था मिलाइएको युएनडिपीका बरिष्ठ कार्यक्रम संयोजक दिपक केसीले जानकारी दिए ।

पानी तानेर ल्याएको मुहान बस्तीभन्दा सिधै ९३ मिटर र धुमाएर ल्याउदा ७ सय ५० मिटर तल रहेको बताए । लेखगाउँको गाविस, उच्च माध्यामिक विद्यालय, स्वास्थ्य चौकी र बजारवस्तीलाई एक÷एक वटा धाराहरु दिइएको जानकारी दिए । ३३ लाख रुपैया खर्च भएको खानेपानी आयोजना निर्माणको लागि युएनडिपीले १९ लाख ९५ हजार रुपैया सहयोग गरेको छ । आयोजना निर्माणमा स्थानीयले १३ लाख २ हजार र अन्य निकायको १ लाख रुपैया खर्च गरेका थिए ।

यस्तै युएनडिपीकै सहयोगमा २३ लाख रुपैयाको लागतमा गढी गाविसमा पनि खानेपानी आयोजना निर्माण भएको छ । गढिमा बयलकाँडामा वनाइएका तीनवटा टंकीमा पानी जम्मा गरेर २ सय ९४ घरधुरीलाई खानेपानीको सुविधा पुरयाइएको छ । वर्षोसम्म खानेपानीको समस्या भोगेका गढीवासीले खानेपानीको लागि गाविस, जिविस हुदै विभिन्न संघसंस्थाको दैलो धाएपनि कतैवाट सहयोग नपाएको गुनासो गरेका छन । उनीहरुले अहिले युएनडीपीले घरघरमै खानेपानीको पुरयाएपछि आफुहरुलाई भगवानै आए जस्तो लागेको उल्लेख गरेका छन ।

घर आगनमै खानेपानीको सुविधा भएपछि अहिले गढी र लेखगाउँको मुहार नै फेरिएको छ । निमाण भएका खानेपानी आयोजनाहरुको अनुगमन र आयोजना हस्तान्तरण गर्न त्यहा पुगेका युएनडिपीका सहायक राष्ट्रिय निर्देशक बिजय सिँहले जलवायुजन्य जोखिम व्यवस्थापन तथा जिविकोपार्जन सुधार परियोजना अन्तर्गत खानेपानी आयोजनाहरु निर्माण गरिएको जानकारी दिए ।

उनले वर्षैदेखि खानेपानीको असुविधा हुदै आएको गाउँमा खानेपानीको सुविधा पुरयाउन पाउदा निकै खुशी लागको बताए । सिहंका अनुसार ति गाउ विकास समितिहरुमा थप आयोजनाहरु समेत सञ्चालन गर्ने युएन डिपिको तयारी छ । सुर्खेतका स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले असम्भव जस्तै कामलाई सम्भव वनाएर देखाएको भन्दै युएनडिपीको प्रशंसा गरेका छन ।

जिल्लाकै नुमना आयोजनाको रुपमा युसलाई लिइने उल्लेख गदै उनले गढी र लेखगाउँ जोडने सडकको स्तरउन्नति गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । लेखगाउँमा खानेपानीको टंकी वनाउने लागि बिनीसरा लामिछाने र गढीमा टंकीहरु वनाउनको लागि टीका गौतमले निशुल्क जग्गा प्रदान समेत गरेका छन ।

निशुल्क जग्गा प्रदान गर्ने दुवै जनाले समुदायको विकास र भलाईको लागि निशुल्क रुपमा जग्गा दिएको वताए । निशुल्क जग्गा दिने लामिछाने र गौतम दुवै जनालाई सवैले मुक्त कन्ठले प्रशंसा समेत गरेका छन ।