२०७७ कार्तिक १०, सोमबार

देउती बज्यै मन्दिर नीजि कम्पनी जस्तै गरी सञ्चालन : कसैको कुरा सुन्दैनन् पुजारी

सुर्खेत । शनिबार बिहान देउती बज्यै मन्दिर परिसरमा माग्न निषेध गर्ने बोर्डको अनावरण गर्ने कार्यक्रम थियो । सामाजिक विकास मन्त्रालयका सचिव डा. मानबहादुर विके, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाल, मानव सेवा आश्रमका कर्मचारीलगायतको उपस्थिति थियो ।

बोर्ड अनावरण गर्ने स्थानमा एक घुम्टी थियो । उक्त घुम्टी अन्त कतै सार्न सिडियोले निर्देशन दिए । उनको निर्देशनपश्चात् आफूलाई रोजगारी दिए मात्रै छोड्ने घुम्टी सञ्चालक खगिसरा बरालले बताइन् । मन्दिरका पुजारी टंक राजीकी उनी छोरी रहिछिन् ।

 

खगिसराले प्रजिअ सँग कुराकानी गरिरहँदा उनका भाई जनक राजी मन्दिरको गेट नजिकै आए । उनी चर्को स्वरमा बोल्न थाले । टंक र उनकी श्रीमती पनि त्यहाँ आइन् । सिडियोसँग उनीहरुले ठूलो स्वरमा कराए । ‘‘मेरा तीन छोराछोरी छन् । मलाई रोजगारी दिनुहोस् । म हटाउँछु ।’’ खगिसराले भनिन्, ‘‘मैले के खाने ? छोराछा ेरीलाई के खुवाउने ?’’ प्रत्युत्तरमा सिडियोले निर्देशन दिए, ‘‘तपाई मन्दिरको मूल प्रवेशद्वारभन्दा बाहिर व्यापार गर्न पाउनुहुन्छ । यहाँबाट सार्नुहोस् ।’’ सिडियो अधिकारीले कुरा गरिहँदा उनका भाई जनक कड्किए, ‘‘हामीले पसल सञ्चालन गर्ने नपाउने ? सरकारले हामीलाई रोजगारी दिनुप¥यो । अन्यथा हामी हटाउँदैनौ ।’’ उनी सिडियोसँग यसरी कुरा गरिरहेका थिए की मानौं त्यो जग्गा उनको लालपुर्जावाला हो ।

 

‘‘तपाई चुप लाग्नुस् । तपाईले यो हटाउनैपर्छ ।’’ सिडियोले जनकलाई भने । आस्थाका आधारमा भक्तजनहरु आउने र मन्दिर स्थल साझा क्षेत्र भएकाले मन्दिर व्यवस्थापन गर्नु, मन्दिर परिसर स्वच्छ राख्नु सबैको दायित्व भएको बताउँदै उनले घुम्टी हटाउनैपर्ने बताईरहँदा पुजारी परिवार भने आफ्नै अडानमा रहिरह्यो । सिडियोसँग हात जोडेर आफ्नो छोरालाई केही नगर्न बारम्बार पुजारी टंक अनुरोध गरिरहे । देउती बज्यै मन्दिर नीजि कम्पनी जस्तो शनिबार बिहानै पुजा गर्न आएका वीरेन्द्रनगर–११ की रजनी शाही देउती बज्यै मन्दिर व्यक्तिगत नीजि कम्पनी जस्तो भएको बताउँछिन् ।

 

‘‘यहाँ कोही कसैले कसैलाई हिसाब देखाउनु पर्दैन । मन्दिर बाहिर र भित्र एकनाश पुजारीको हाली मुहाली छ । सरकार निरीह छ उनीहरुका सामु ।’’ उनले भनिन्, ‘‘जसले उनीहरुको विरोध गर्छन् । उनीहरुलाई देउती बज्यैको पुजा गरेर भष्म पारी दिने भन्दै धार्मिकरुपमा ब्ल्याक मेलिङ्ग गर्छन् । जसका कारण धर्मावलम्बीहरु उनीहरुको विरुद्ध आवाज नै उठाउँदैनन् । तैं चुप मै चुपको अवस्था छ ।’’ देउती बज्यैको मन्दिरमा पुजा गर्न पाँच जना पुजारी छन् । टंक राजीले १५ दिन पुजा गर्छन् भने उनका भाई तिलक राजीको मृत्यु भएका कारण हाल तिलकका तीन छोरा चक्र, चित्र र किरणले पाँच– पाँच दिन गरी १५ दिन पुजा गर्न पाउँछन् । पुजारी मन्दिरमा बसेको दिन सङ्कलन भएको जम्मा रकमको आधा भाग सोही दिन लिएर जाने निर्णय समितिको बैठकले नै गरेको स्वीकार गरेका मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष पदमबहादुर ओलीका अनुसार पाँच जना पुजारीलाई समितिकै निर्णयले कुन दिनको बस्ने तालिका निर्धारण गरिएको थियो ।

निर्णय अनुसार हरेक महिनाको १ गतेदेखि ८ गते टंकबहादुर राजी, ९ गतेदेखि १५ गतेसम्म जनकबहादुर राजी नाम गरेका पूजारी मन्दिरमा बस्छन् । यसैगरी, हरेक महिनाको १६ गतेदेखि २० सम्म चक्रबहादुर राजी, २१ गतेदेखि २५ गतेसम्म चित्रबहादुर राजी र २६ देखि महिनाको अन्तिम दिनसम्म करन राजीलाई मन्दिरको पूजा गर्ने ड्युटी व्यवस्थापन समितिका े बैठकले निर्धारण गरेको छ । मन्दिर व्यवस्थापन समितिको निर्णय अनुसार मोटरसाइकल र स्कुटर अटोको २ सय, ट्रयाक्टर÷जिप÷फोर्स गाडीको ५ सय, त्यसभन्दा ठूला ट्रक÷बसको पूजा गर्न एक हजार र बली चढाएबापत् एक सय र त्यसको टाउको बिक्री गरे पाँचसय रकमका दरले मन्दिरले बिल काटेर रुपैयाँ उठाउने गरेको छ । मन्दिर क्षेत्रमा उठ्ने दान भेटी तथा पुजाआजा गर्दा लाग्ने शुल्क करोडौं भएपनि हालसम्म उक्त रुपैयाँ हिनामिना भएको छ । पुजारीले आलिशान महल ठड्याई सक्दा पनि सरकारी तथा देउती बज्यै मन्दिर व्यवस्थापन समिति चुपचाप छ । २०५२ सालदेखि मन्दिरमा कति रुपैयाँ सङ्कलन भएको हो कतैपनि तथ्याङ्क भेटिएको छैन । त्यसअनुसार मन्दिरमा सवारी साधनको पुजा र बली काटेको मात्रै दैनिक २० हजार बढी रकम उठ्नुपर्ने देखिन्छ । यसले मन्दिरको हरेक महिनाको आम्दानी ६ लाख हुन्छ भने वर्षको ७२ लाख हुनुपर्ने हो । मन्दिरमा भएको सबै प्रकारको आम्दानीलाई जम्मा गर्न देउतीबज्यै मन्दिर व्यवस्थापन समितिको नाममा सा ंग्रीला ब ंैक सुर्ख ेत शाखामा ० १ ५ ० ० ८ ० ० ० ६ ७ १ ६ १ ० ० ० ० ० १ नम्बरको बचत खाता खोलिएको छ । व्यवस्थापन समितिले आर्थिक वर्ष २०७३ ÷०७४ देखि हालसम्मक ो मन्दिरमा सङ्कलित आर्थिक अवस्था र खर्चको विवरण समावेश भएको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छैन । यसले मन्दिरमा कति रकम सङ्कलन भया े भन्ने कसैलाई ज ा नक ा र ी छ ै न   । स िम ितक ा पदाधिकारीहरुले नै समयमा चासो नदेखाउँदा सङ्कलित रकमका े एकातर्फे लेखापरीक्षण (अडिट) भए पनि मन्दिर व्यवस्थापन समितिले अनुमोदन नगरेको देउती बज्यै म न् िद र िवक ा स स िम ितक ा कोषाध्यक्ष पदमबहादुर ओलीले जानकारी दिए । समयमा नै समितिका े बैठक नबसेको कारण आर्थिक प्रगति निकाल्न नसकिएको बताएका ओलीले भन े, ‘ ‘अ हिलेस म्म अ ध् यक्ष् ाल े समितिको बैठक बोलाउनु भएको छैन   ।

 

बैठक नबस ेक ा क ा र ण मन्दिरको आर्थिक लेखाजोखादेखि सबैको कामका बारेमा समिक्षा हुन नसकेको साँचो हो ।’’ स्थानीय तहको निर्वाचन भए यता २ पटक मात्रै मन्दिर व्यवस्थापन समितिको बैठक बसेको उनले बताए । यता, वीरेन्द्रनगर नगरपालिकाले नगरभरीका मन्दिर व्यवस्थापन गर्नको लागि केही दिनमै ऐन ल्याउने बताएको छ । नगर उपप्रमुख मोहनमाया ढकालले ऐन नबनाएका कारण यस्तो भएको बताइन् । ‘‘नगरभरीका धार्मिक क्षेत्र व्यवस्थापन गर्न हामी तत्काल मन्दिर सञ्चालन, व्यवस्थापनसम्बन्धी नयाँ ऐन ल्याउँछौँ ।’’ उनले भनिन्, ‘‘मन्दिरको प्रकृति हेरेर पुजारीको मासिक तलब तोक्ने र उनीहरुलाई कानूनी दायरामा ल्याउने गरी अघि बढ्छौँ । कुनै पनि मन्दिरमा हामी अब मनमर्जी चल्न दिने छैनौँ ।’’ प्रमुख जिल्ला अधिकारी बसन्त अधिक ा रीले मन्दिरमा आर्थिक पारदर्शीता आवश्यक रहेको बताए । ‘‘मन्दिर सबैको आस्थाको धरोहर हो । सार्वजनिक सम्पत्ति हो ।’’ उनले भने, ‘‘यहाँ कसैको लुटतन्त्र क ा य म गर्न ह ु ँदैन   । अ ा िर्थक पारदर्शिता कायम हुन आवश्यक छ । व् या पा र ीक प्रय ा ेजनक ा रुपम ा मन्दिरलाई प्रयोग गर्न पाईदैन ।’’ मन्दिरमा परिवारवाद हावी भएको आफूलाई पनि महसुस भएको उनको भनाइ थियो । ‘‘मन्दिर वरिपरि रहेका अ वै धा निक घु म्ट ीहरु ह ाम ी हटाउँछौं । कसैको दबाब या प्रभावमा हामी पर्दैनौं ।’’ उनले भने, ‘‘मन्दिरको सुरक्षा गर्नु हामी सबैको दायित्व हो ।’’ उनले त्यहाँ भइरहेक ा आर्थिक अनियमितता तथा मनपरितन्त्रलाई तोड्ने प्रतिबद्धता जनाए ।