२०७७ कार्तिक ११, मंगलवार

भेरीगंगा नगरपालिकाको अनौठो बजेट, पूँजीगतभन्दा चालु खर्च धेरै : माछाका भुरा खरिद गर्न १२ हजार

सुर्खेत । भेरीगंगा नगरपालिकाले कर्णाली प्रदेशमै अनौठो बजेट तयार गरेको देखिएको छ । नगरपालिकाभरीका लागि भन्दै आर्थिक वर्ष २०७६÷०७७ का लागि मत्स्य विकास कार्यक्रमअन्तर्गत भुरा खरिद अनुदानमा १२ हजार बजेट विनियोजन गरिएको पाइएको हो ।

नगरपालिकाका १२ वडामा उक्त क ार्यक्रम लागू गर्न सा े बजेट विनियोजन गरेको पाइएको हो । नगर पशु विकास कार्यदलको बैठकका लागि भने ४५ हजार रुपैयाँ विनियोजन ग िरएक ा े छ   । नगरपालिक ाले कर्मचारीको भत्ताका लागि पर्याप्त बजेट विनियोजन गरेको छ भने कुखुराको चल्ला ढुवानीका लागि भन्दै ४० हजार रुपैयाँ विनियोजन गरेको छ । भ्रमण खर्चका लागि ६० हजार विनियोजन गरेको नगरपालिकाले कार्यक्रम अनुगमन खर्चमा ४० हजार विनियोजन गरिएको हो ।

कृषकको प्रदेश स्तरको क्षमता विकास गर्न भन्दै नगरपालिकाले १६ हजार बजेट विनियोजन गरेको छ तर कर्मचारीको क्षमता विकास गर्न भनेर तीस हजार रुपैयाँ विनियोजन गरेको छ । कृषकमुखीभन्दा पनि बजेट कर्मचारीमुखी बनाइएको पाइएको हो ।

नगरपालिकाले पशु विकास शाखाका लागि भन्दै चालु तथा पूँजीगत खर्च गर्न भन्दै जम्मा २५ लाख बजेट विनियोजन गरेकोमा चालुतर्फ २१ लाख १३ हजार विनियोजन गरेको हो । बर्डफ्लुलगायत अन्य रोगहरुको नियन्त्रणका लागि बैठक गर्न र नमूना सङ्कलन गरी केन्द्र तथा प्रदेशमा रिपोर्टिङ्ग गर्न भन्दै ७५ हजार बजेट छुट्याएको नगरपालिकाले पशुपंक्षी तथा मत्स्य उपचार सेवाका लागि भन्दै ६० हजार रुपैयाँ विनियोजन गरेको छ । नगरपालिकाले पशु शाखाका लागि विनियोजन गरेको बजेट हचुवाका आधारमा निर्माण गरेको पाइएको हो । नगरपालिकाले कृषकमुखी नभई कर्मचारीमुखी बजेट बनाउँदा कृषि क्षेत्रको विकास नै ओझेलमा पर्ने देखिएको हो । राँगा खरिद अनुदानका लागि ३० हजार बजेट विनियोजन गरेको शाख ाले समस्य ामा आधा िरत स्थलगत तालिम गर्न भन्दै ५० हजार विनियोजन गरेको छ ।

भैंसीपालन फ्लोअप भिमपुरको सहकार्यमा च्यापकटर वितरण गर्न जम्मा ६५ हजार बजेट विनियोजन गरेको नगरपालिकाले पशुपंक्षीको उपचार गर्न भन्दै औषधि खरिदका लागि २ लाख ९७ हजार रुपैयाँ विनियोजन गरेको छ । पशु बन्ध्याकरण गर्न १५ हजार छुट्याएको नगरपालिकाले पशुपंक्षी महामारी रोग नियन्त्रक खोप लगाउन भन्दै जम्मा १५ हजार विनियोजन गरिएको छ । पशु स्वास्थ्य शिविर गर्न भन्दै शाखाले एक लाख ८० हजार रुपैयाँ विनियोजन गरेको छ । पशु विकास शाखाले बनाएको उक्त बजेट तयार गर्ने विष्णुप्रसाद ढकाल हुन् भने स्वीकृत गर्ने प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेल हुन् । यसबारेमा प्रतिक्रिया लिन खोज्दा नगर प्रमुख भुपेन्द्रबहादुर चन्द र कार्यकारी प्रमुख पौडेलले फोन उठाएनन् ।