२०७७ कार्तिक ७, शुक्रबार

वीरेन्द्रनगरमा नवजात शिशु र आमाको हेरचाहसम्बन्धी तालिम सम्पन्न

सुर्खेत, ७ माघ ।
नवजात शिशु र आमाको हेरचाहसम्बन्धी (हेल्पिङ बेबी व्रिथ÷हेल्पिङ मदर सर्भाइभ) तालिम वीरेन्द्रनगरमा सम्पन्न भएको छ । सफा सुनौलो नेपालको आयोजना तथा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको सहकार्यमा चार दिने तालिम सम्पन्न भएको हो । माघ ४ गतेदेखि सुरु भएको तालिम मंगलबार सम्पन्न भएको हो । तालिममा कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेशर पाँच नम्बर प्रदेश भित्रका ८० जना स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो ।
प्रदेश भरिका विभिन्न ४० ओटा नीजि तथा सरकारी अस्पताललाई नवजात बच्चाले जन्मिने वित्तिकै श्वास फेर्न नसकेको सहयोग गर्ने यन्त्र र सुत्केरी आमाको ब्लडिंग रोक्न प्रयोग गरिने सामाग्रीहरु प्रदान गरिएको थियो ।
प्रदेश सभा सदस्य पदमा खड्काले मातृ मृत्यूदर कम गर्नको स्वास्थ्यकर्मीको महत्वपूर्ण भूमिका रहेको बताईन । ‘यहाँहरुले जुन तालिम लिनु भएको छ । त्यो तालिमले कर्णालीका कोही पनि नवजात शिशुको ज्यान नगुमोस ।’ उनले भनिन्, ‘तपाईहरु फिल्डमा गएर आम जनताको स्वास्थ्य बचाउन लाग्नु होला ।’ उनले कर्णालीका आमा तथा नवजात शिशुहरुको अवस्था दयनीय भएको बताईन ।
प्रदेश सभा सदस्य तथा प्राकृतिक श्रोत समितिका अध्यक्ष अम्मरबहादुर थापाले कर्णालीमा सुत्केरी गराउन हेलिकप्टरबाट उद्धार गर्नुपर्ने अवस्थाको अन्त्य गर्न आग्रह गरे । ‘यहाँ दिनहुँ जसो हेलिबाट सुत्केरी महिलाको उद्धार गर्ने गरिएको छ ।’ उनले भने, ‘यहाँहरुले सिकेको सीपले स्थानीय तहमै सुत्केरी महिला तथा नवजात शिशुले राम्रो सेवा पाउन सकुन । उनीहरुको ज्यान जोखिममा पर्नबाट बचोस ।’
कार्यक्रममा विभिन्न ४३ ओटा स्वास्थ्य संस्थालाई एक एक ओटाको दरले ७० हजार पर्ने मोडल आमा र तीस हजार पर्ने मोडल शिशुको वितरण गरिएको छ । उक्त मोडलले महिलाको रक्तपात भएको छ वा छैन भन्ने कुरा स्वास्थ्यकर्मीले सुत्केरी महिलालाई सिकाउने छिन भने बच्चाको अवस्थाबारे पनि जानकारी दिने छिन् । कार्यक्रमको सञ्चालन रिता चन्दले गरेकी थिईन ।