२०७७ कार्तिक ६, बिहीबार

राष्ट्रियसभा निर्वाचन : कर्णालीमा नेकपाका शर्मा र विसी विजयी

सुर्खेत । राष्ट्रिय सभा निर्वाचनमा कर्णाली प्रदेशबाट नेकपाका उम्मेदवार विजय भएका छन्।

नेकपाका उम्मेदवार मायाप्रसाद शर्माले ३ हजार ६ सय १८ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्दी नेपाली काँग्रेसका डिल्लीराम पाठकले १ हजार २६ मत ल्याए।

त्यस्तै नेकपाका अर्का उम्मेदवार सुमित्रा विसीले ३ हजार ६ सय ८४ मत ल्याइन्।

नेपाली काँग्रेसका उम्मेदवार गणेशकुमारी बस्नेत १ हजार २६ मत ल्याएको निर्वाचन अधिकृत डा. राजेन्द्रप्रसाद आचार्यले जानकारी दिए।

खसेको कुल मतमध्ये दुई बदर भएको थियो।

कर्णालीमा कुल १ सय ९८ जनामध्ये १ सय ९५ जनाले मतदान गरेका थिए।

कर्णालीमा कुल मतदातामध्ये तीनजना मतदानमा सहभागी भएका थिएनन्।