२०७७ मंसिर १३, शनिबार

सामग्रीको मुल्य भन्दा ढुवानी भाडा धेरै

cropped-cropped-logos-1.jpgभदौ १३ जाजरकोट । डोल्पा जुफालका मानवहादुर वुढा घर निर्माणका लागी नेपालगन्जवाट सरिया लिन आउनुभयो । उहाँले लिने सरियाको मुल्य भन्दा हवाई मार्गवाट लिने भाडा धेरै लाग्ने भएपछि वुढा निकै समस्यामा परेको वताउनुहुन्छ ।

त्यस्तै त्रिपुराकोटका रामचन्द्र न्यौपाने विद्यालयको कर्कट पाता लिने तयारी भएको वताउनुहुन्छ , उहाँको पिडा पनि कर्कट पाता खरिद गरेको मुल्य भन्दा ढुवानी भाडा वढी पर्ने भएपछि तनावमा पर्नुभएको छ । नेपालगन्जवाट डोल्पाको जुफाल विमानस्थल सम्मा सामान ढुवानी गरि लिन प्रतिकेजी १०० रुपैया पर्दछ ।

यदि हवाई मार्ग नभई स्थलमार्ग वाट लिर्ने हो भने कम्तिमा २० दिन भन्दा वढी लाग्ने भएका कारण डोल्पामा भौर्तिक संरचना देखी अन्य दैनिक उपभोग्य सामग्री लिन निकै समस्या छ ।
हुनेखानेले मात्र डोल्पामा वलिया भौर्तिक संरचना निर्माण गर्न सक्ने अवस्था छ । गरिव, सामान्य परिवारले डोल्पामा भौर्तिक संरचना निर्माण गर्न निकै चुनौति रहेको डोल्पावासीहरु वताउँछन् । डोल्पामा निर्माण गरिने विद्यालय, अन्य संरचना निर्माण गर्दा महगो पर्ने भएका कारण तोकिएको मापदण्ड अनुसार निर्माण गर्न निकै चुनौति रहेको स्थानियहरु वताउँछन् ।

नुन,तेल र खाद्यान्न लिन नै मुस्किल छ अन्य वस्तु कसरी लिनु लिकुका रामवहादुर शाहीले रासस संग भन्नुभयो । सामानको मुल्य ,भाडा र व्यापारीले लिने नाफाका कारण मुल्य आकासियको हुन्छ तर पनि सामान डोल्पामा पाउँनै मुस्किल छ ।

डोल्पाका अधिकांश स्थानियहरु हवाई मार्गवाट नै दैनिक उपभोग्य सामग्रीहरु ढुवानी गर्ने गर्दछन् । जाजरकोट र रुकुमवाट डोल्पा लिने सामग्रीहरु मात्र स्थलमार्ग मार्फत मानिसले, खच्चडमा वोकाएर लिने गर्दछन् । चीनले सिमा क्षेत्र वाट केही सामग्री ल्याएपनि नाँका वन्द भएपछि त्यो वन्द हुँने र हिमपात, सुरक्षाका कारण सामग्री ल्याउन चुनौति भएको माथेल्लो डोल्पाका ईगुरुगले वताउनुभयो ।

जाजरकोटको सिमाना सम्मा यातायातका साधन जाँने भएपनि रुट प्रमिट विना नै यातायात सञ्चालन गरेको भन्दै अहिले यातायात ठप्प भएपछि थप डोल्पावासी मारमा परेका छन् । जाजरकोट देखी डोल्पा विचमा पुल निर्माण नभएका कारण सामग्रीहरु लोड ,अनलोड गर्दा निकै समस्या हुँने गरेको छ । हवाई मार्गवाट वाट पनि नियमित जहाज सञ्चालन नहुँदा तोकिएको काम नहुँने अर्को समस्या हो ।