२०७७ कार्तिक ६, बिहीबार

प्राकृतिक विपदबाट आठ बर्षमा कर्णालीका ८८७ ले ज्यान गुमाए, १० अर्ब बढीको आर्थिक नोक्सान

सुर्खेत ।
कर्णाली प्रदेशका दश जिल्लामा आएको विभिन्न विपदले सन् २००९ देखि २०१८ सम्म ८८७ जनाको ज्यान गएको छ । डि आर पोर्टल नेपाल सरकार गृह मन्त्रालयको एक रिर्पोटका अनुसार १३१३ ओटा विदका घटना घटेकोमा १९ हजार ३५५ परिवा प्रभावित भएका थिए । ७५३ जना घाइते भएका थिए भने १५७ जना वेपत्ता भए । विपदबाट सो अवधिमा ८ हजार ८६१ भवन क्षति भएका थिए ।

कालिकोटमा १०० घटना घट्दा ८४ ले ज्यान गुमाउनुपरेको थियो । ९८ घाईते तथा २१ बेपत्ता भएका थिए । जाजरकोटमा २४१ ओटा घटना घटेकोमा २५५को मृत्यू भयो भने ९७ जना घाइते र ११ जना वेपत्ता भए । जुम्लामा ४९ घटनामा परि ३१ को ज्यान जाँदा ५ बेपत्ता भए भने १७ को ज्यान गयो ।

सोही अवधिमा डोल्पामा ७४ ओटा घटना घटे । ५६ को ज्यान गयो भने १३ बेपत्ता भए अनि २३ जनाको मृत्यू भयो । दैलेखमा घटेका १५० घटनामा परि ९८ को ज्यान गुम्यो, ७० घाईते भ एभने ९ जना वेपत्ता भए । मुगुमा ५२ घटना घटेको थियो भने ३६ को र्मत्यू भयो, ११ घाइते हुँदा ६ जना बेपत्ता हुन पुगे । रुकुममा १८८ घटना हुँदा एक सयले ज्यान गुमाए, ६० घाइते भए १६ जना बेपत्ता भए ।

सल्यानमा १४२ घटनामा परि ६७ को मृत्यू भयो भने ४६ घाइते हुँदा ६ जना बेपत्ता भए । सुर्खेतमा १४५ घटना हुँदा ७१ जनाको ज्यान गयो भने ८६ घाइते भए । १०५ जना वेपत्ता भए र हुम्लामा १७२ घटना हुँदा ८९ जनाको ज्यान गयो । २४५ जना घाइते भए भने पाँच जना वेपत्ता भए ।

गृह मन्त्रालयको उक्त रिर्पोट अनुसार कर्णालीमा सोही अवधिमा सबैभन्दा बढी आगलागीका घटना भएका छन् । आगलागीका घटना ३३७ घटे भने ५९ को ज्यान गएको छ र ८५ जना घाइते भए । महामारीका २३३ घटना घटदा ३९० को ज्यान गएको छ भने २३२ जना घाइते भए ।

पहिरोको पनि उच्च जोखिममा प्रदेश देखिएको छ । १६५ ओटा पहिरोका घटना घटेकोमा १४८ को मृत्यू भयो भने ९७ घाइते हुँदा १७ बेपत्ता भए । १५३ ओटा भीषण वर्षाका घटनामा परि१० ले ज्यान गुमाए, ३४ घाइते भए । १२८ ओटा बाढीका घटना घटदा ९८को मृत्यू भयो । ३६ घाइते भए १६३ जना बेपत्ता भए । सोही अवधिमा ११७ ओटा चट्यांगका घटना हुँदा ३९ को मृत्यू भएको छ भने १९१ घाइते भए ।

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव विरेन्द्रकुमार यादवले कर्णालमिा प्राकृतिक विपदको अवस्था जोखिम एवम डरलाग्दो भएको बताए ।

‘आठ बर्षको अवस्था हेर्दा प्राकृतिक विपद पनि दुर्घटनाकै रुपमा आएको देखियो ।’ उनी भन्छन्, ‘यसबाट कर्णाली वासीलाई कसरी जोगाउन सकिन्छ भन्ने बारेमा स्थानीय तहका जनप्रतिनिधि, सरोकारवालासँग हाम िसुझाव संकलन गरिरहेका छौं ।’ उनले दश बर्षे नीति तथा रणनीति बनाउने गरी मन्त्रालय अघि बढिसकेको बताए । ‘हामीले प्राकृतिक विपत्तीबाट हुने नोक्सान क मगर्न नीति तथा रणनीति बनाउन सुरु गर्दैछौं ।’ उनले भने, ‘के गर्दा जोखिम न्यूनिकरण गर्न सकिन्छ, त्यसबारेमा सुझाव दिन सबैलाइृ आग्रह गर्दछु ।’ उनले मन्त्रालयको नीति वेवसाइटमा राखि सकिएको बताउँदै उक्त वेवसाइट खोली अध्ययन गरी सुझाव दिन आग्रह गरे ।