२०७७ मंसिर ८, सोमबार

जितेजुवामा बाह्र भदौ मेला सुरु

cropped-cropped-logos-1.jpgसुर्खेत, भदौ १३ । सुर्खेत रानीबास–४ जितेजुवामा आइतबारदेखि बाह्र भदौ मेला सञ्चालन भएको छ । हरेक वर्ष भदौ १२ गते लाग्ने मेला यो वर्ष थप व्यवस्थापनका साथ सञ्चालन भएको मेला आयोजक समितिले जनाएको छ ।

विभिन्न खेलकुद प्रतियोगिता र साँस्कृतिक कार्यक्रम सहितको मेलाको उद्घाटन मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका सदस्य प्रदिप केसीले गरेका हुन् ।

विभिन्न साँस्कृतिक कार्यक्रमसहित भएको कार्यक्रममा पहिलो दिन भलिबलका खेलहरु पनि भएका छन् । आइतबार भएका खेलहरुमा देउती बज्यै युवा क्लव नागाउँ, प्रगतिशिल युवा क्लव खानीखोला, जम्काभेट क्लव गोगने र चुली युवा क्लब मटेला विजयी भएका छन् ।

देउतीले प्रगतिशिल युवा क्लव घोरेटा, खानीखोलाले खार्लिक युवा क्लब रजेना, जम्काभेटले दाजुभाई युवा क्लब पाम्का र चुलीले उच्च मावि मटेलाको टिमलाई पराजित गरेको हो । भलिबलमा १४ टिमको सहभागिता रहेको छ ।

बाँकी खेल आज (सोमबार) हुने आयोजक समिति सदस्य लोकबहादुर खत्रीले जानकारी दिए । महिला र पुरुष सटफुटका खेलहरु पनि आज (सोमबार)देखि सुरु हुनेछन् ।