२०७७ कार्तिक १०, सोमबार

फागुनमा ‘कर्णाली एक्स्पो’ सञ्चालन हुने

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघले आउँदो फागुनमा महोत्सव सञ्चालन गर्ने भएको छ ।
फागुन ६–१७ गते सम्मद उवाले ‘कर्णाली एक्स्पो’ सञ्चालन गर्ने भएको हो । महोत्सव वीरेन्द्रनगर स्थित खुलामञ्चमा सञ्चालन गरिने आयोजकले बताएको छ ।
संघले वृहत्तर रुपमा अक्षय कोष स्थापनाको लक्ष्य लिएको र करिब ५० लाख रुपैयाँ सम्मको अक्षय कोष स्थापना गरि कोषबाट बर्षेनी व्याज बापत आउने रकम मध्येबाट पीडितहरुलाई राहत तथा सहयोग गर्न सकिए प्रकोप पीडितहरुको ठूलो समस्या लामो समयका लागि समाधान हुने भएकाले यस वर्षको कर्णाली एक्सोबाट आम्दानीका रुपमा प्राप्त हुने रकमबाट कोषका लागि रकम जुटाइने आयोजकले जनाएको छ ।
यस महोत्सवका क्रममा प्रदर्शनीमा सहभागी हुने उद्यमी, व्यवसायीहरुको बस्तु तथा उत्पादनहरुको सुरक्षाका लागि यस अघिका महोत्सवका क्रममा डोम प्रविधिको स्टल, सीसी क्यामेरा लगाएतका प्रविधिको समुचित प्रयोग गरि सुरक्षाको प्रत्याभूति गरेको संघले आगामी महोत्सवमा पनि सुरक्षाको सवाललाई उच्च प्राथमिकतामा राखेको छ । महोत्सवमा पानी छल्ने ९वाटरप्रुफ स्टलहरु निर्माण गरिने पनि आयोजकले जनाएको छ। संघका अध्यक्ष धनबहादुर रावतका अनुसार सुर्खेतको प्रख्यात देउती बज्यैको मन्दिरको झल्को दिने गरी मुख्य प्रवेश गेट निर्माण गरिनेछ भने विगतमा सामान्य रुपमा सजाईएका बाँसका गेटहरुको साटो यस महोत्सवमा बेलायतको लण्डनस्थित लण्डन ब्रिज को आकार प्रकार र संरचनाअनुसारकै महोत्सव स्थल प्रवेश गेट निर्माण गरिनेछ ।
होत्सव स्थलभित्र दुबईको बुर्ज खलिफा र मलेसियाको ट्विन टावर अनुसारकै संरचना बनाई सेल्फी पोइन्टका रुपमा निर्माण गरिने रावतले बताए ।

कृषिलाई विशेष ग्राहयता , पहिचालाई प्राथमिकता

महोत्सवमा बेग्लै कृषि परिसरको अवधारणा अघि सारिएको आयोजकले बतायो । कर्णाली प्रदेश सरकारको, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसंगको सहकार्य तथा साझेदारीमा करिव १ सय वटा अलगै स्टलहरुको कर्णाली अर्गानिक कृषि परिसर स्थापना गरिनेछ । जहाँ कर्णालीका दश वटै जिल्लाका कृषक उद्यमीहरुले उत्पादन गरेका रैथाने तथा अर्गानिक कृषि उपजहरुको प्रदर्शनी गरिने छ ।
महोत्सवमा कर्णालीको रहन सहन, कलासंस्कृति, पर्यटकीय स्थल कर्णालीका रैथाने उत्पादन जस्तै अल्लोका टोपी र कोट लगायत कर्णालीका साना, मझौला घरेलु उद्योगका उत्पादनहरुका साथै यस प्रदेशको आर्थिक समृद्धिको मेरुदण्डका रुपमा रहेका बहुमूल्य जडिबुटी र रत्नपत्थरहरुपनि प्रदर्शनीका लागि बेग्लै पवेलियन राखिनेछ ।
भिजीट नेपाल २०२०, भिजीट कर्णालीको प्रवद्र्धन

नेपाल सरकारको भिजीट नेपाल र भिजिट कर्णाली लाई प्रवद्र्धन गर्न महोत्सवले सहयोग गर्ने आयोजकको विश्वास छ । कर्णाली प्रदेशका धार्मिक, ऐतिहासिक, प्राकृतिक पर्यटकीय स्थलहरुको प्रचार प्रचार एवं प्रवद्र्धन गरी आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गरी कर्णालीलाई पर्यटन व्यवसायमार्फत आर्थिक रुपले सबल बनाउने उद्देश्यले कर्णालीका विभिन्न पर्यटकीय स्थलहरुलाई एकापसमा जोड्ने गरी टुर प्याकेज एवं सहुलियत घोषणा गरी भ्रमण वर्ष सरकारी अभियानलाई सफल बनाउन महत्वपूर्ण टेवा पुर्याउने छ ।
नगरपालिका कार्यालयदेखि दक्षिणतर्फको मैदानमा वर्ष कर्णाली एक्स्पो २०२०, अन्तर्राष्ट्रिय व्यापार मेला संचालन हुने संघका कोषाध्यक्ष भद्र भण्डारीले बताए । महोत्सवको मुख्य आयोजक सुर्खेत उद्योग वाणिज्य संघ, आयोजक नेपाल उद्योग वाणिज्य महासंघ र प्रस्तावित सह आयोजक भूमि व्यवस्थापन तथा सहकारी विकास मन्त्रालय कर्णाली प्रदेश रहेको उनले बताए ।
उनका अनुसार प्रस्तावित सह आयोजक सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर नगरपालिका, सुर्खेत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रहेका छन ।
प्रस्तावित प्रवद्र्धकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन वोर्ड, कृषि क्षेत्र विकास कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र रहजे छन ।
सुर्खेत जिल्लामा रहेका सम्पूर्ण उद्योगी व्यापारीहरुको हकहीत र अधिकार संरक्षण, विशुद्ध व्यवसायिक एकता तथा आपसी सद्भाव र सहकार्यलाई सम्वद्र्धन गर्दै स्थानीय, आर्थिक, सामाजिक, सांस्कृतिक विकासको माध्यमबाट राष्टिय अर्थतन्त्रको विकासमा योगदान पुर्याउने उद्देश्यका साथ विसं २०३८ माघ १ गते स्थापना भएकोसुर्खेत उद्योग वाणिज्य संघले विगत तीन दशकअघि स्थापना भई सुर्खेतमा आर्थिकका साथै स्थानीय उत्पादन, कलासंस्कृति, पर्यटन तथा खेलकुदलाई समेत प्रवद्र्धन एवं विशिष्टिकरण गर्ने उद्देश्यका साथ संघले हालसम्म जिल्ला, क्षेत्रीय, प्रदेश तथा अन्तर्राष्टियस्तरका समेत गरी चार वटा महोत्सव भब्य सफलताका साथ सम्पन्न गरिसकेको संघका अध्यक्ष धनबहादुर रावलले बताए ।