२०७७ कार्तिक ११, मंगलवार

टिकट बिक्रीमै सीमित हुलाक निर्देशनालय

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको हुलाक निर्देशनालयको सेवा सुविधा तथा भरोसा खुम्चिदै गएको छ । साविक मध्यपश्चिमाञ्चल विकास क्षेत्रका पन्ध्र जिल्ला हेर्दै आइरहेको निर्देशनालयमा कार्यरत कर्मचारी काम नपाई बसिरहेको अवस्था छ भने हुलाक सेवा मार्फत प्रदान गरिने सेवा सुविधा उपयोगमा सेवाग्राहीहरुको मोह भंग हुँदै गइरहेको छ ।

निर्देशनालयले रजिष्ट्री चिठी आदान प्रदान, साधारण चिठी आदान प्रदान गर्ने काम गरिरहेको छ । दैनिक रुपमा बढिमा ६ ओटा मात्रै साधारण चिठि हुलाकबाट पठाउन भन्दै ग्राहक आउने गरेका छन् । अनलाईन माध्यमबाट चिठी दर्ता गर्ने गरेको हुलाकले २०७४ माघ २ देखि २०७५ माघ दुइ गते सम्मको अवधिमा १४ हजार ४४१ वटा मात्र रजिष्ट्री पत्र पठाउने काम गरेको छ । सो वापत पाँच लाख १८ हजार हुलाक सेवालाई कसले ग¥यो ‘लक’ ६६६ रुपैंया राजश्व संकलन गरेको थियो ।

२०७५ माघ २ देखि २०७६ माघ २ गतेसम्म हुलाकले १७ हजार ३२९ वटा त्यस्ता चिठि पठाएको छ । चिठि पठाए वापत हुलाकले ६ लाख ५६ हजार २५१ रुपैंया राजश्व असुलेको हो । भेरी, राप्ती र कर्णालीका पन्ध्र जिल्लामा नीजि कुरियर सर्भिस ,च्याउसरि उम्रिदै फस्टाइरहेका बेला हुलाकको भने दयनीय अवस्था देखा परेको हो । संघीय सरकारको अधिनमा रहेको निर्देशनालयले टिकट विक्री गर्दै दिन विताउँदै आइरहेको छ । आर्थिक वर्ष २०७४÷०७५ मा २३ लाख ७७ हजार ९१० रुपैंयाको टिकट विक्री गरेको निर्देशनालयले आर्थिक वर्ष २०७५÷०७६ मा २५ लाख ८६ हजार ८६५ र चालु आर्थिक वर्षको पुस मसान्तसम्म १३ लाख ७२ हजार एक सय रुपैंया संकलन गरेको छ । यता, सुर्खेत डाक सेवा कार्यालयले बचत बैंक खाता कार्यक्रम सञ्चालन ल्याउँदा पनि आम नागरिक खुशी हुन सकेका छैनन् । आम नागरिक तथा हुलाक कर्मचारीले रु पाँच सय तिरेर जहिले पनि बैंक खाता खोल्न सकिने र अन्य बैंक भन्दा बढि ६ प्रतिशत व्याज दिने गरेको भएपनि सेवाग्राही खाता खोल्न आकर्षित हुन सकेका छैनन् । बचत खाता खोल्न सुरु गरिएको अवधि देखि हालसम्म ७८० जनाले मात्रै हुलाकमा बचत खाता खोलेका थिए । आर्थिक वर्ष २०७४÷०७५ मा ११ करोड ९८ लाख १० हजार १७ बचत भएको थियो । हुलाक बचत बैंकमा आर्थिक वर्ष २०७५÷०७६ मा गत आर्थिक वर्षको बचत रकम भन्दा घटेर ९ करोड ३१ लाख पाँच सय १७ मात्र जम्मा भएको थियो । चालु आर्थिक वर्षको हालसम्म आइपुग्दा बैंकमा २ करोड ४८ लाख २४ हजार ८९४ रुप्ैंया मात्र जम्मा भएको छ । हुलाक बचत बैंकमा अहिले निक्षेप तीन करोड दश लाख रहेको छ । दुइ करोड ६० लाख रुपैंया जनताको निक्षेप रहेको छ । बैंक पचास लाख नाफामा देखिएको हुलाक बचत बैंक सुर्खेत शाखाका नासु टेकबहादुर दर्लामीले जानकारी दिए । ‘‘आर्थिक वर्ष २०७५÷०७६ मा तर यो वर्ष बचत गर्न र खाता खोल्न वा नयाँ रकम लगानी गर्न सरकारले बन्द गरेका कारण कम बजेट बचत भएको हो ।’’ दर्लामीले भने, ‘‘सायद प्रचार प्रसार कम भएका कारण पनि जनताको लगानी बढन नसकेको होला ।’’ यता, हुलाक निर्देशनालयका सूचना अधिकारी एवम शाखा अधिकृत ध्रुवप्रसाद अधिकारी भने जनताको हुलाक सेवाले विश्वास गुमाउँदै लगेका कारण यस्तो भएको बताउँछन् । ‘‘भारत तथा अन्य देशहरुमा हेर्नुभयो भने अहिले पनि सरकारी हुलाकप्रति जनताको भरोसा देखिन्छ । कुनै कुनै देशमा त मानिसलाई पनि हुलाक सेवा दिइ सम्बन्धित स्थानमा पु¥याउने बरु त्यसको उचित रुपैंया लिने प्रचलन रहेको मैले सुनेको छु ।’’ उनले भने, ‘‘तर हाम्रो देशमा हुलाक सेवालाई ‘लक’ अवस्थामा राखिएको छ । सेवा प्रवाहमा ध्यान दिन नसक्दा र जनताको छिटो सेवा पाउने अपेक्षा पुरा गर्न नसक्दा टिकट बेच्ने थलोका रुपमा हुलाक कार्यालयहरु बनेका छन् ।’’ उनले आफू यहीको कर्मचारी भएपनि कर्मचारीले खाने तलब बराबरको राजश्व संकलन नहुँदा दुःख लागिरहेको बताउँछन् । ‘‘नीति निर्माण गर्ने तहले हुलाक सेवालाई प्रभावकारी बनाई छिटो भनेकै हुलाक सेवा भन्ने गरी अघि बढेको भए सायद यस्तो समस्या आउँदैनथ्यो ।’’ उनले भने, ‘‘कर्मचारीहरु काम नपाएर बस्नुपर्ने अवस्था छ । यदि जनतामा विश्वास बढाउँदै नीजि क्षेत्र भन्दा पृथक ढंगबाट अघि बढन सकेको भए अहिले नीजि क्षेत्रले पाइरहेको सफलता हुलाक सेवाकै काँधमा हुन्थ्यो ।’’ उनले समयक्रम अनुसार हुलाक सेवालाई परिमार्जन गर्दै, आम जनतामा विश्वास बढाउँदै र सेवा प्रवाहमा चुस्त तथा व्यापक प्रचार प्रसार गर्दै अघि बढनुको विकल्प नभएको बताए । ‘‘हामी एकाध कर्मचारीले मात्रै अब गुमेको हुलाकको शाख उठाउन सक्ने अवस्था कम भएको छ । मुलुक पहिलृेको अवस्थामा छैन । व्यापक प्रविधिको प्रयोगको चरणमा छ ।’’ उनले भने, ‘‘सरकारले नै अब हुलाक सेवालाई प्रभावकारी बनाउन लाग्नु पर्छ । प्रविधिमैत्री बनाउन लाग्नुपर्छ ।’’