२०७७ कार्तिक ११, मंगलवार

सुर्खेतमा लिडरसिप तालिम संचालन

सुर्खेत । सुर्खेतमा लिडरसिप तालिम संचालन भएको छ । नोभा हेल्पिङ फाउन्डेसनकाे आयोजनामा वीरेन्द्रनगरमा आइतबारदेखि सुरु भएको कार्यक्रम सोमवार समापन भएको हो । कार्यक्रममा विभिन्न कलेजहरूबाट करिब ५० जना युवायुवतीहरूकाे सहभागिता रहेको फाउन्डेसनका अध्यक्ष सुमित काफ्लेले बताए ।
फाउन्डेसनले विशेषगरि युवा तथा बालबालिकाहरूलाई लक्षित गर्दै र समाजमा रहेका विकृति विरूद सम्बन्धित जानकारी र समाजिक कार्य गर्दै आएकाे छ ।