२०७७ कार्तिक ८, शनिबार

प्रदेश सभाको बैठक आज बस्दै

सुर्खेत । कर्णाली प्रदेश सभाको बैठक आज (शनिबार) बस्ने भएको छ । बिहीबार जनयुद्ध दिवस परेको र अधिकांश सांसदहरु कार्यक्रममा जाने भएक ा े हुँदा सूचना निक ालेर सचिवालयले बैठक स्थगित भएको जानकारी दिएको थियो । बिहीबार स्थगित भएको प्रदेश सभा बैठक आज (शनिबार) दिउँसो ३ बजे बस्ने सभामुख राजबहादुर शाहीले जानकारी दिए ।

बैठकमा प्रदेश सभा सदस्यहरुले आफ्नो निर्वाचन क्षेत्रमा भएका समस्या तथा अन्य विविध विषयमा सरकारको ध्यानाकर्षण गराउने कार्यसुचि रहेको छ । शुन्य समयमा सदस्यहरुले बोल्ने छन् ।

वातावरणसम्वन्धि विधेयक पनि सदनमा टेवल हुने कार्यसुचि रहेको सभामुख शाहीले बताए । यसअघि प्रदेश सभा सदस्यले सरकारको काम कारवाही बारे सदन बाहिर चर्को आलोचना गर्ने गरेको पाइएपनि आज बस्ने बैठकमा संसदको आक्रोशबारे थाहा हुनेछ । केहि दिन अघि मात्रै नेकपाको संसदीय दलको बैठकमा प्रदेश सभा सदस्यहरुले सरकारप्रति तिखो आलोचना गरेका थिए ।

उक्त बैठकमा संसदहरु सन्तुष्ट भएको खण्डमा सरकारको विरोध गर्ने छैनन तर सरकारको जवाफबाट असन्तुष्ट भएको खण्डमा आज बस्ने संसद बैठक सत्तापक्ष र विपक्ष नभएर सत्तापक्षीय सांसदपनि सरकारको विरोधी कित्तामा उभिन बेर छैन । चालु आर्थिक वर्षको बजेट पारीत गर्ने समयमा पनि प्रदेश सभामा सरकार एकातिर र संसद अर्कैतिर भएको देखिएको थियो ।