२०७७ मंसिर ९, मंगलवार

भूकम्प प्रतिरोधी भवन निर्माणमा हाम्रो सहयोग…

14087450_1796513590578795_2115029249_oनेपालमा सन १९९० को भूकम्प ८.४ रेक्टर स्केल र २०७२ वैशाख १२ को ७.६ रेक्टर स्केलको विनाशकारी भूकम्पवाट जनधनको अतुलनिय एवं अपुरणीय क्षति भएको छ । आवास, शैक्षिक, स्वास्थ्य, व्यापारिक प्रतिष्ठान तथा कार्यालय भवनहरु, वस्तीहरु, खानेपानी, सिंचाई, वाटो, पुल जस्ता भौतिक संरचनाहरु तहसनहस भएका छन ।

यस पृष्ठभूमिलाई ध्यानमा राखी नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले राष्ट्रिय भवन संहिता २०६० तथा भवन सम्वन्धि परिमार्जित मापदण्डहरुलाई शहरी विकास मन्त्रालयको प्राविधिक सहयोग र समन्वयमा सवै नगरपालिका तथा गाउँ विकास समितिहरुमा कार्यान्वयन गरी सुरक्षित एवं भूकम्प प्रतिरोधात्मक आवास, व्यवस्थित वसोवास प्रवर्धनको निमित्त यो वस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्वन्धि आधारभूत मार्गदर्शन, २०७२ जारी गरिएको छ ।

नेपाल सरकारवाट लागु गरिएको मापदण्ड अनुसार भूकम्प प्रतिरोधात्मक भवनको नाप नक्शा, डिजाईन, इष्टिमेट, सुपरिवेक्षण तथा मूल्यांकन कार्यका लागि वीरेन्द्रनगर नगरपालिका कार्यालयवाट सूचिकृत गरिएका परामर्शदाता संस्थाहरुको संगठन इन्जिनियरि¨ परामर्श सेवा समितिले नेपाल सरकारको वस्ती विकास, शहरी योजना तथा भवन निर्माण निर्देशिका( २०७२ लाई कार्यान्वयन गर्नमा नेपाल सरकारका सुर्खेत स्थित सम्पूर्ण कार्यालयहरु, राजनीतिक पार्टीहरु, निजी संस्थाहरु, गै.स.स.हरु, लगायत सम्पूर्ण दाजुभाई तथा दिदी वहिनीहरुलाई आ(आफ्नो ठाउँवाट सहयोग गरिदिनु हुन हामी हार्दिक अनुरोध गर्दछौ ।

यस सचिवालयले वीरेन्द्रनगरमा भूकम्प प्रतिरोधात्मक भवन निर्माणमा सहयोग पुर्याउनका लागि दलित, महिला, अपांग, सुकुम्वासी, वाढीपिडीतहरुका लागि विशेष छुटमा भवनको नक्शा वनाई सहयोग गरीरहेको छ । भूकम्प सम्वन्धि निशुल्क परामर्श दिईरहेको व्यहोरा जानकारी गराउँदछौ ।

साथै भूकम्प प्रतिरोधी भवनको नाप नक्शा, डिजाईन, इष्टिमेट, सुपरिवेक्षण तथा मूल्यांकन कार्यका लागि दक्ष, अनुभवी तथा विज्ञ इन्जिनियरहरुवाट गुणस्तरिय सेवा उपलव्ध गराईने र भवन निर्माण गर्न ईच्छुक महानुभाव तथा व्यक्तिहरुले सचिवालयमा सम्पर्क राख्नु हुन विनम्र अनुरोध छ ।

मुलुकका विभिन्न ठूला १२ वटा शहरहरुमा गरिएको अध्ययन अनुसार कुनै पनि शहर भूकम्पीय हिसावले सुरक्षित छैनन । भूकम्पीय जोखिममा नेपाल र भूकम्पीय दृष्टिकोणले पश्चिम नेपालमै सुर्खेत उच्च जोखिममा पर्छ । यस शहरमा पुराना एवं भूकम्प प्रतिरोधी घरहरु नभएका कारण सुर्खेत भूकम्पको उच्च जोखिममा रहेको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

विश्वमा गएको पछिल्लो भूकम्प त्यसको विनास हेर्दा यसले मानव सभ्यतालाई तहसनहस वनाएको छ । थुप्रै मुलुक भूकम्पकै कारण मानव विकास सूचांकमा दशकौ वर्षपछि धकेलिएका छन । यसवाट आफू र आफ्ना सन्ततिलाई जोगाउंने हो भने हामीले भवन निर्माण गर्दा वेलैमा सावधानी अपनाउनु जरुरी हुन्छ किन कि नेपालको इतिहासमा धेरैपटक प्रलयकारी भूकम्प गएको छ र सुर्खेत लगायत अरु धेरै शहरहरु अहिले पनि भूकम्पीय जोखिमका हिसावले खतरामा रहेका छन ।